Advertisement
Advertisement

स्याङ्जा भिरकोट आठथर तमू समाजद्धारा कोरियामा हर्षोल्लासका साथ ल्होसार सम्पन्न

Advertisement
Advertisement

बोम्जन गुरुङ:स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले यही डिसेम्बर २८ तारिक शनिवार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई विदाई र सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो ।

सोही समाजका संस्थापक अध्यक्ष तथा संरक्षक परिषद् प्रमुख नर कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिहरुमा समाजका परिकल्पनाकार एवं तमू धीं दक्षिण कोरियाका पूर्वाध्यक्ष लेसन गुरुङ, समाज घर व्यवस्थापक तथा तमू धींका महासचिव वाईबि गुरुङ, समाजका निवर्तमान अध्यक्ष विजय गुरुङ, स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष सुशील गुरुङ र सोही संस्थाका पूर्वाध्यक्ष युवराज गुरुङ, समाजका वरिष्ठ सल्लाहकार खुशी गुरुङ लगायत अतिथिहरुमा सोही समाजका समाजमा आबद्ध सल्लाहकारहरु र सदस्यहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो । कार्यक्रममा वक्ताहरुले ल्होसारको अवसरमा समाजले गरेका हरेक कार्यक्रम र गतिविधिहरुको प्रशंसा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो तमू (गुरुङ) समुदायको नयाँ वर्षको शुरुवातसँगै वर्ग अर्थात् ल्हो जाने व्यक्तित्वहरु लेसन गुरुङ, जगदिश गुरुङ र मौसमी गुरुङ र ल्हो जाने व्यक्तित्व अस्मी गुरुङलाई रिपा लगाई शुभकामना (स्याई स्याई) गरिएको थियो । सो कार्यक्रमका विच समाजका अध्यक्ष मनोज गुरुङ विदामा नेपाल जानुहुने भएकोले शुभयात्राको कामना गर्दै विदाई कार्यक्रम जोडिनुका साथै समाजका विविध गतिविधिलाई समाचार सम्प्रेषण गरेबापत गोर्खाली रेडियो दक्षिण कोरिया संवाददाता बोम्जन गुरुङ र कोरियामा स्नातक तह उत्तीर्ण गर्न सफल समाजका कार्यसमिति सदस्य अस्मी गुरुङलाई सम्मान गरिएको थियो ।

“आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसर रहँदै सन् २०१५ मा कोरियामा स्थापित आठथर क्षेत्रको तमू (गुरुङ)हरुको साझा संस्था स्याङ्जा भिरकोट आठथर तमू समाजले सउल दोङ्देमुनमा समाज घर (सेल्टर) समेत सञ्चालनमा ल्याउँदै सेवा प्रदान गरिरहेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष तोरण गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा समाजका सचिव सेकेन्द्र गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने सनमाया गुरुङ, नुतन गुरुङ, सरीता श्रेष्ठ र देवी पाईजा मगर सहितको सुन्दर सामूहिक नृत्यले कार्यक्रममा थप रौनकता थपिएको थियो । स्याङ्जा भिरकोट आठथर तमु समाज दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसार कार्यक्रम २०८१ लाई सफल बनाउन उपस्थित आमन्त्रित सम्पूर्ण अतिथि साथै संस्था सम्बद्ध महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×