Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

जनवरी २८ तारिख सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” का लागि कलाकार कोरिया आइपुगे

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिखका दिन सउलमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌का लागि मुख्य तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।  दीर्घकालीन शैक्षिक कल्याणकारीको सहयोगार्थ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको आयोजनामा जनवरी २८ तारिख मङ्गलबारका दिन सउलको HW convention hall 컨벤션센터 서울특별시 종로구 지하문로 255(부암동 165-3) मा हुने सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्। मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”‌ सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङताङ लगायत पद...
दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

दक्षिण कोरियामा खिचिएको गीति नाटक “अमर प्रेम” आउँदो जनवरी २९ तारिक सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा खिचिएको गीति नाटक "अमर प्रेम" आउँदो जनवरी २९ तारिक सार्वजनिक हुँदैछ । कोरियामा कार्यरत नेपाली हरु र केही कोरियन हरुको मिलेर यो गीत नाटक बनाइएको हो । नेपालबाट कोरियन सङ्ग बिहे गरेर कोरिया आएकी महिला पात्र को प्रेम कथामा आधारित छ । कोरियन सङ्ग बिहे गरेर आएको कथा छ भन्ने बितिकै भिडियोमा महिला पात्रलाई नकारात्मक भूमिकामा देखाएको होला भन्ने गलत अनुमान गर्नेहरूलाई पूरा भिडियो आएपछि हेरेर मात्र आफ्नो धारणा बनाउन निर्माण टिमले आग्रह गरेको छ ।भिडियोमा महिला पात्र लाई नकारात्मक देखाइएको छैन । लोक माया चेम्जोङ को लगानीमा बनेको यस गीति नाटक मा विनोद बान्तावा राई को लेखन निर्देशन रहेको छ । मुख्य भूमिकामा गायक मैकाश राई मिनु लामा , आकाश राई , ऋतु थापा मगर छन् भने सहायक भूमिकामा कोरियन हरु र नेपाली हरु रहेका छन् । यो भिडियो आउँदो सालनाल २०२५ को जनवरी २९ तारिक दक्षिण कोरियाको राजधा...
राष्ट्रिय कलाकारहरूको साथमा जेजुमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” को तयारी अन्तिम चरणमा

राष्ट्रिय कलाकारहरूको साथमा जेजुमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” को तयारी अन्तिम चरणमा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया,जेजु शाखाको आयोजनामा जनवरी ३० तारिखका दिन जेजुदोमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। “भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजु शाखाको आयोजनामा जनवरी ३० तारिख बिहिबारका दिन जेजुदो स्थित Astar Hotel मा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” आयोजना हुने भएको हो। नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम दिउँसो १२:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। “तामाङ भाषा, धर्म, संस्कार, सं...
विपिन कुमार गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा राजदूत सँग शिष्टाचार भेटघाट सहित ज्ञापनपत्र हस्तान्तरण

विपिन कुमार गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा राजदूत सँग शिष्टाचार भेटघाट सहित ज्ञापनपत्र हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
हालै मात्र आउनुभएको कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फे सँग शिष्टाचार भेटघाट गरी विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले नेपाली राजदूतावास, दक्षिण कोरियालाई विभिन्न महत्वपूर्ण विषयमा सचेत गराउँदै ज्ञापनपत्र हस्तान्तरण गरेको छ । महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फे सचिव पुष्पराज भट्टराई र नवनियुक्त द्वितीय सचिवको उपस्थितिमा गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका तर्फबाट समग्र नेपाली समुदायको समस्या र समाधानका सम्बन्धमा रही ज्ञापनपत्र हस्तान्तरण भएको हो। NRNA र नेपाली राजदूतावासबीच आपसी सम्बन्ध सहकार्यमा राजदूतसँगको भेटले थप ऊर्जा थपेको अध्यक्ष विपिन कुमार गुरुङले बताउनुभएको छ। एनआरएनएको तर्फबाट एनआरएनए आईसीसी केन्द्रीय सचिव जुनु गुरुङ, एनआरएनए–एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिन कुमार गुरुङ, महासचिव प्रशान्तराज...
जनवरी २५ तारिख नोनसानमा हुने संयुक्त ल्होसार/ल्होछार/माघी साथै डान्स पार्टीको सम्पूर्ण तयारी पूरा

जनवरी २५ तारिख नोनसानमा हुने संयुक्त ल्होसार/ल्होछार/माघी साथै डान्स पार्टीको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: कोरियन नयाँ वर्ष सलनाल तथा नेपालको राष्ट्रिय चाड तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसार र माघीको अवसरमा नोनसानमा जनवरी २५ मा हुने शुभकामना आदानप्रदान साथै डान्स पार्टीको सम्पूर्ण तयारी पुरा भएको छ।  कोरियन नयाँ वर्ष सलनालको अवसरमा नोनसान स्थित नोन्सान नेपाली समाज दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २५ तारिख शनिबार सलनाल, नेपाली चाड ल्होसार/ल्होछार/माघी लगायत विभिन्न सांस्कृतिक चाडहरूको शुभकामना आदानप्रदान साथै डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम पहिले छुसक डान्स पार्टी भएको हल 충남도 논산시 중앙로 480번길 5 मा हुने आयोजकले जनाएको छ। बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजेको साथमा हुने डान्स पार्टी को प्रवेश शुल्क २० हजार कोरियन वन तोकिएको छ ‌। कार्यक्रममा उपस्थित हुनेलाई खाप्से, अचार कोदोको छङ्गुल साथै एउटा ड्रिंक...
LAURE & BAD KOMPANY को साथमा जनवरी २९ मा हुने “नेपकोर नाइट” को सम्पूर्ण तयारी पूरा

LAURE & BAD KOMPANY को साथमा जनवरी २९ मा हुने “नेपकोर नाइट” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने नेपकोर नाइट को सम्पूर्ण तयारी पूरा भएको छ। कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा नेपकोर नाइट गर्न लागेको हो। सउल स्थित 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) को भव्य भेन्युमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्‍यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प...
“ मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक -अडियो सहित_

“ मकवानपुरको डाँडैमा” बोलको सेलो गीतको अडियो सार्वजनिक -अडियो सहित_

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
दक्षिण कोरिया । शुभराज भोम्जनको शब्द, संगीत गायक आस्मान लोप्चन र गायिका सुमिना लोको स्वरमा रहेको “मकवानपुरको डाँडैमा” बोलको सेलो गीत सोमबार सार्वजनिक भएको छ । आइतबार लाबा मिडिया युट्युब च्यानल मार्फत गीतको अफिसियल अडियो सार्वजनिक गरिएको हो । लाबा ग्रुपको प्रस्तुतीमा तयार भएको गीतको एरेञ्ज जोगलाल लामाले गर्नुका साथै रेकर्ड र मिक्सिङ भने अर्पन थिङले गरेका हुन् । प्रतिज्ञा लामा र निर योञ्जनको सयुक्त लगानिमा बनेको उक्त गीतको अफिसियल भिडियो भने आउदो अप्रिलमा खिच्ने योजना रहेको बताएका छन् । गीतको पोस्ट प्रोडक्सन भने लाबा मिडियाले गरेका हुन् । https://youtu.be/Y4nbRVXj_Gk?si=AvoFgKxLUZ_afNPa...
जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी २६ मा सुवनको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको तेस्रो ठूलो सहर सुवनमा पनि यही आउँदो जनवरी २६ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी २६ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो १२:३० बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने १० ओटा टिकट लिदा १ ओटा सित्तैमा पाउने समेत आयोजकले जनाएको छ।।अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको बताउदै समयमै सिट बुकिङ गर्न आयोजकले अनुरोध समेत गरेको छ। सउलको पहिलो सो सम्पन्न पश्चात् सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा आइतबार प्रदर्शन हुने चलचित्र हेर...
नेपाल गोरखा परिवार दक्षिण कोरियाको “गोरखाली भेटघाट तथा वार्षिक साधारण सभा” यही जनवरी २९ मा हुने

नेपाल गोरखा परिवार दक्षिण कोरियाको “गोरखाली भेटघाट तथा वार्षिक साधारण सभा” यही जनवरी २९ मा हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ;कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले यही जनवरी २९ तारिक गोरखाली भेटघाट तथा वार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । संस्थाको बाह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । "प्रवासी भूमीमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारा सहित सन् २००२ मा स्थापना भएको गोरखा परिवार दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ उल्लेख गर्दै परिवारका अध्यक्ष दिपक श्रेष्ठले बताए । कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका ग...
किम्हेमा जनवरी २८ तारिक “सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५” हुने

किम्हेमा जनवरी २८ तारिक “सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरियाको किम्हेमा जनवरी २८ तारिक कोरियन नयाँ वर्षको अवसरमा "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू धीं सेल्टर व्यवस्थापन सहयोगार्थ तथा गुरुङ भाषा अक्षयकोष सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमा अत्यन्त चर्चित डिजे DJ SBD को साथमा नवोदित र्‍यापरहरु दिनेश गुरुङ, प्रकाश गिरी र सुनिल लगायतको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह जानकारी दिए । प्रवेश शुल्क २० हजार कोरियन वोन निर्धारण गरिएको सो "सलनाल डान्स पार्टी म्यूजिकल नाईट इभेन्ट २०२५" मा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रमाउन सकिनेछ भने किम्हेको लिटिल इण्डिया रेष्टुरेन्ट अगाडिको चोकबाट कार्यक्रम हलसम्म जान नि:शुल्क बसको...