विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने नेपकोर नाइट को सम्पूर्ण तयारी पूरा भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको “नेपकोर इन्टरटेन्मेन्ट”ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा नेपकोर नाइट गर्न लागेको हो। सउल स्थित 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) को भव्य भेन्युमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्।

जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प्रवेश शुल्क ५० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिने आयोजकले जनाएको छ।

युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छन्।









