Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले  सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै  यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला  मनाइने भएको छ।   “पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।   किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने "रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए । संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेय...
नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

नेपाल तामाङ घेदुङ जेजुदो शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विमल तामाङ चयन

जानकारी, भर्खरै, समाचार
नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया जेजुदो शाखाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले विमल तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रतिज्ञा लामा, उपाध्यक्षमा गंगा ब्लोन तामाङ, महिला उपाध्यक्षमा ऋचा ब्लोन चयन भएका छन् । महासचिवमा प्रतिक तामाङ, सचिवहरूमा सानुमाय तामाङ र विमान सिं तामाङ, कोषाध्यक्षमा विन्दर ब्लोन तामाङ तथा सह–कोषाध्यक्षमा युन्मी तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सञ्जय कुमार लामा, सुनिल कुमार वाइबा, वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, गोबिन तामाङ, सबिता तामाङ र पुजा ब्लोन रहेका छन् । तत्कालिन अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव शुभराज भोम्जनको...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशनबाट प्रवेश गुरुङ नेतृत्वको कार्यसमिति चयन

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशनबाट प्रवेश गुरुङ नेतृत्वको कार्यसमिति चयन

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा २५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट प्रवेश गुरुङ अध्यक्ष रहने गरि चौथो कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष प्रवेश गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव हेमन्त गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष रुपा गुरुङले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै अपनत्व महसूस हुने गरि तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ ...
कोरियामा ‘नेपालका उपकुलपतिहरूसँग शैक्षिक अन्तरक्रिया’, नेपाली शैक्षिक समुदायका लागि दुर्लभ अवसर कार्यक्रम गर्दै सोनसिक

कोरियामा ‘नेपालका उपकुलपतिहरूसँग शैक्षिक अन्तरक्रिया’, नेपाली शैक्षिक समुदायका लागि दुर्लभ अवसर कार्यक्रम गर्दै सोनसिक

जानकारी, भर्खरै, समाचार
  सउल, दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी, शोधकर्ता, प्राध्यापक तथा शैक्षिक पेशामा संलग्न सम्पूर्ण बौद्धिक वर्गका लागि एक दुर्लभ अवसरका रूपमा नेपालका चार विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम यही आइतवार (मे २५) सउलमा आयोजना हुने भएको छ। Society of Nepalese Students in Korea (SONSIK) को आयोजनामा हुने उक्त कार्यक्रम “Bridging Academic Horizons: Interaction with Vice Chancellors from Nepal” शीर्षकमा हुने बताइएको छ। कार्यक्रम सउलको 종로구 स्थित 창신길 ५१ मा दिउँसो १ बजे प्रारम्भ भई ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। कार्यक्रममा नेपालका चार प्रमुख विश्वविद्यालयका उपकुलपतिहरू — पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. बिजु कुमार थापालिया, सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. ध्रुव कुमार गौतम त...
ONF कोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेटघाट तथा चियापान कार्यक्रम गर्दै

ONF कोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेटघाट तथा चियापान कार्यक्रम गर्दै

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा जुन १ तारिखमा नेपाली समुदायसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्नेभएको छ। मे २७ देखि मे ३० सम्म हुने १५ औँ सुवन आइटिएस एसिया-प्यासिफिक फोरम २०२५ मा भाग लिनका लागि दक्षिण कोरिया पुग्नुहुने नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा कोरियामा रहेको एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले मन्त्रीज्यूसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको हो।   जुन १ तारिख आइतबारका दिन ठिक १२ बजे सउल स्थित 서울 종로구 창신길 51,종로중 앙세마을 금고 5th floor मा आयोजना हुने कार्यक्रममा कोरियावासी सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत ...
श्रेष्ठ नेतृत्वको एनआरएनएलाई पराराष्ट्र मन्त्रालयले दियो आधिकारिकता

श्रेष्ठ नेतृत्वको एनआरएनएलाई पराराष्ट्र मन्त्रालयले दियो आधिकारिकता

जानकारी, भर्खरै, समाचार
पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिँदै विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो । यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारिक रूपमा आफ्ना गतिविधिहरू सञ्चालन गरिसकेको भन्दै संसारभरका एनसीसीलाई कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ । श्रेष्ठ नेतृत्वको एनआरएनएसँग सहकार्य गर्नका लागि संसारभरका कूटनीतिक नियोगलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरेकोमा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सचिव...
सुवनको सुबिधासम्पन्न मेगाबक्स हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

सुवनको सुबिधासम्पन्न मेगाबक्स हलमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर सुवनमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउल र किम्हेमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’  पाँचथर जिल्लाको पर्यटन प्रवर्द्धनको निम्ति पाँचथर सेवा समाज दक्षिण कोरियाले  यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  सुवनको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाका प्रदर्शन अधिकार पाएको पाँचथर सेवा समाज दक्षिण कोरियाले  सुवन स्थित 경기도 수원시 팔달구 행궁로 71(팔달로 3가) 16261 मेगाबक्समा प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको सुवन सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित ...
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठग्ने एक जना पक्राउ

Breaking News, जानकारी, भर्खरै, समाचार
  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । रमेशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ । 𝘀𝗼𝘂𝗿𝗰𝗲:𝗛𝗶𝗺𝗮𝗹 𝘁𝗶𝗺𝗲𝘀...
कोरियामा हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुँदै

कोरियामा हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुँदै

जानकारी, भर्खरै, समाचार
कोरियाको गुमीमा मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन सम्म हुने गुमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिपमा नेपालका ५ खेलाडी सहभागि हुने भएको छ। गूमी एसियाली एथ्लेटिक्स च्याम्पीयनसिप मे २७ देखि मे ३१ तारिक सम्म पाँचदिन दक्षीण कोरियाको सांस्कृतिक तथा पर्यटकीय सहर गुमी (구미시) मा आयोजना हुदैछ ।  जस्मा नेपालबाट ५ खेलाडि सँगै एक पदाधीकारीले नेपाललाई प्रतिनिधित्व गर्नेछन् सहभागि हुन कोच उषाकुमारी चौधरिको नेतृत्वमा ज्याभलिन थ्रो की चन्द्रकला लामगादे, १५००m रनीङकी फुलमाया राना, लङ‌जम्पका सलिम खान, १००मिटर रनिङमा शिवराज पार्की साथै १५०० मि र ५००० मिटर रनिङमा मुकेश पाल ले नेपाललाई प्रतिनिधित्व गर्नुहुनेछ । यो खेल एसियालि एथ्लेटिक्सकै सबैभन्दा प्रतिष्ठित साथै ठुलो खेलको रुपमा लिइन्छ ! गुमी खेलमा एसियाली ४५ देशका १२०० वढि खेलाडीले सहभागि जनाउने छन् । यो खेललाई टोक्यो ओलम्पिक २०२६ को छनौटखेलको रुपमा लिईन्छ...