विशाल आवाज: नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा जुन १ तारिखमा नेपाली समुदायसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्नेभएको छ।
मे २७ देखि मे ३० सम्म हुने १५ औँ सुवन आइटिएस एसिया-प्यासिफिक फोरम २०२५ मा भाग लिनका लागि दक्षिण कोरिया पुग्नुहुने नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा कोरियामा रहेको एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले मन्त्रीज्यूसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको हो।
जुन १ तारिख आइतबारका दिन ठिक १२ बजे सउल स्थित 서울 종로구 창신길 51,종로중 앙세마을 금고 5th floor मा आयोजना हुने कार्यक्रममा कोरियावासी सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।









