Advertisement
Advertisement

कोरियामा ‘नेपालका उपकुलपतिहरूसँग शैक्षिक अन्तरक्रिया’, नेपाली शैक्षिक समुदायका लागि दुर्लभ अवसर कार्यक्रम गर्दै सोनसिक

Advertisement
Advertisement

 

सउल, दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी, शोधकर्ता, प्राध्यापक तथा शैक्षिक पेशामा संलग्न सम्पूर्ण बौद्धिक वर्गका लागि एक दुर्लभ अवसरका रूपमा नेपालका चार विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम यही आइतवार (मे २५) सउलमा आयोजना हुने भएको छ। Society of Nepalese Students in Korea (SONSIK) को आयोजनामा हुने उक्त कार्यक्रम “Bridging Academic Horizons: Interaction with Vice Chancellors from Nepal” शीर्षकमा हुने बताइएको छ।

कार्यक्रम सउलको 종로구 स्थित 창신길 ५१ मा दिउँसो १ बजे प्रारम्भ भई ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। कार्यक्रममा नेपालका चार प्रमुख विश्वविद्यालयका उपकुलपतिहरू — पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. बिजु कुमार थापालिया, सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. ध्रुव कुमार गौतम तथा नेपाल ओपन युनिभर्सिटीकी प्रा. डा. शिलु मनन्धर बज्राचार्य — को विशिष्ट उपस्थिति रहने छ।

कार्यक्रममा नेपाली विद्यार्थी, शोधकर्ता, प्राध्यापक तथा पोस्टडोक्टरल फेलोहरूलाई नेपालका विश्वविद्यालय प्रमुखहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरिनेछ। शैक्षिक सुधार, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान र छात्रवृत्तिका सम्भावना, भविष्यमा नेपाल फर्किएर गर्ने योगदान आदिजस्ता विषयमा विचार–विमर्श हुनेछ।

SONSIK का सचिव किरण सुवालका अनुसार, “नेपालका उपकुलपतिहरूसँग प्रत्यक्ष संवाद हुने मौका सामान्यतया विदेशमा अध्ययनरत नेपालीहरूका लागि दुर्लभ हुन्छ। यस कार्यक्रममार्फत हामी कोरियामा रहेका सम्पूर्ण बौद्धिक वर्गको आवाज नेपालसम्म पुर्‍याउन चाहन्छौं।” उनले थप भने, “यो अवसर प्रयोग गरेर विद्यार्थी तथा शोधकर्ताहरूले नेपालको शैक्षिक नीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्ने सम्भावना छ।”

कार्यक्रममा सहभागिताका लागि कोरियामा रहेका सम्पूर्ण नेपाली विद्यार्थी, पीएचडी तथा पोस्टडोक विद्यार्थीहरू, अनुसन्धानकर्ता र प्राध्यापकहरूलाई खुला निमन्त्रणा गरिएको छ। स्थान सीमित भएकोले समयमै उपस्थिति जनाउन आयोजकले अनुरोध गरेका छन्।

कार्यक्रमका SONSIK की कार्यवाहक सभापति गायत्री थापाले कोरियामा रहेका सम्पूर्ण नेपाली शैक्षिक समुदायलाई सहभागी भई शैक्षिक समृद्धिका लागि विचार साझा गर्न आग्रह गरेकी छन्।

कार्यक्रमबारे थप जानकारी तथा सहभागिता पुष्टि गर्न इच्छुकहरूले सचिव किरण सुवाल (010-9586-9603) वा कार्यवाहक सभापति गायत्री थापा (010-5832-6221) सँग सम्पर्क गर्न सक्नेछन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×