Advertisement
Advertisement

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशनबाट प्रवेश गुरुङ नेतृत्वको कार्यसमिति चयन

Advertisement
Advertisement

बोम्जन गुरुङ:गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । किम्हे सहरमा २५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट प्रवेश गुरुङ अध्यक्ष रहने गरि चौथो कार्यसमिति गठन भएको हो ।

संस्थाका शाखा अध्यक्ष गितासिंह गुरुङ (बिक्रम)को सभाध्यक्ष र तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका उपाध्यक्ष प्रवेश गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका सचिव हेमन्त गुरुङले प्रगति विवरण र कोषाध्यक्ष जीवन गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका केन्द्रीय अध्यक्ष रुपा गुरुङले परदेशी भूमिमा आफ्नो जातीय अस्तित्व संरक्षण र सम्बर्द्धन गर्दै अपनत्व महसूस हुने गरि तमू धींले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतिको लागि एकता अपरिहार्यता रहेकाे तर्क अघि सारे । संस्थाले आयोजना गर्ने सामाजिक कार्य र तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा अधिवेशन अवधिसम्म टेवा पुर्याउने सहयोगी संघसंस्था र व्यक्तित्वहरुमा शाखा अध्यक्ष गितासिंह गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।

विशिष्ट अतिथिको रुपमा उपस्थित आयोजक संस्थाका संरक्षक गोपाल गुरुङ, केन्द्रीय सल्लाहकार विजय गुरुङ, संस्थाका केन्द्रीय निवर्तमान अध्यक्ष लेसन गुरुङ, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका वरिष्ठ उपाध्यक्ष सम्राट लामा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया बुसानका अध्यक्ष सुवोध राज भण्डारी, एनसिसी बुसानका अध्यक्ष चन्द्र कार्की, तमू धीं थेगु शाखाका अध्यक्ष मदन गुरुङ, लगायत अन्य व्यक्तित्वहरु उपस्थित थिए भने विशेष अतिथिहरुमा तमू धीं दक्षिण कोरिया केन्द्रीय महासचिव वाईबि गुरुङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका निवर्तमान वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राई र अतिथिहरुमा तमू धीं दक्षिण कोरियाका केन्द्रीय सदस्य रेशम गुरुङ, एनसीसी बुसान अध्यक्ष संगीत अधिकारी, लगायत ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित वक्ताहरुले संस्थाप्रतिको आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत गोपाल गुरुङको संयोजकत्वमा चिम गुरुङ र मोहन गुरुङ सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा प्रवेश गुरुङ उपाध्यक्षहरुमा सन्तोष गुरुङ, हेमन्त गुरुङ, सूर्य गुरुङ र महिला उपाध्यक्ष आशा गुरुङ चयन भएका छन् भने सचिवमा तेजन गुरुङ, सहसचिवहरुमा उमामी गुरुङ र विमेश गुरुङ साथै कोषाध्यक्ष जीवन गुरुङ, सहकोषाध्यक्ष सरीता गुरुङ चयन भएका छन् भने सदस्यहरुमा अञ्जु गुरुङ, लक्ष्मी गुरुङ, बिनिता गुरुङ, प्रगति गुरुङ, कुसुम गुरुङ, कृति गुरुङ, बिजय गुरुङ, साम गुरुङ, कबिन गुरुङ, अंकुल गुरुङ, सुनिल गुरुङ, राधा गुरुङ, रोजा गुरुङ, जिवन गुरुङ, पवन घले, राम कृष्ण गुरुङ, बिष्णु गुरुङ, किरण गुरुङ, मोति गुरुङ, प्रकाश गुरुङ, बिकास घले, कर्ण गुरुङ, अम्मर घले र बुद्धि गुरुङ चौथो कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा संस्थाका सचिव हेमन्त गुरुङ र बन्द सत्रमा केन्द्रीय महासचिव वाईबि गुरुङको विशेष सहजीकरणसँगै संस्थाका संरक्षक गोपाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत रुपा गुरुङ (तमू धीं केन्द्रीय अध्यक्ष) लेसन गुरुङ, (तमू धीं केन्द्रीय निवर्तमान अध्यक्ष), बिशाल आवाज (बिशाल श्रेष्ठ ) ,बोम्जन  गुरुङ (गोर्खाली रेडियो), मनी गुरुङ (थेगु शाखाका पूर्वाध्यक्ष), राम तामाङ (न्युज किनारा) लाई मायाको चिनो प्रदान गरिनुका साथै आयोजक शाखाका संरक्षक गोपाल गुरुङ, संस्थाका केन्द्रीय महासचिव वाईबि गुरुङ, आयोजक संस्थाका तेश्रो कार्यसमिति अध्यक्ष गीतासिंह गुरुङ, संस्थाका थेगु शाखा अध्यक्ष मदन गुरुङ र उपाध्यक्ष कृष्ण गुरुङ, NRNA बुसानका अध्यक्ष सुवोध राज भण्डारीलाई फेटा क्रेगी लगाएर सम्मान गरिएको थियो ।

अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर चौथो अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने संस्थाका केन्द्रीय समिति, थेगु शाखा, छेजुदो शाखाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×