विशाल आवाज:एनआरएनए दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा भएको छ भने उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्नेछन्।
दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको सम्पुर्ण तयारी भएको हो भने प्रतियोगितामा आयोजक सहित २० टिम ट्रफिका लागि भिड्नेछन्।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २० लाख कोरियन वोन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेर...
१६ चैत्र २०८१, आईतवार १३:४२१६ चैत्र २०८१, आईतवार १३:४२१६ चैत्र २०८१, आईतवार १३:४२ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:"स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया बुसान/किम्हे शाखाको पाँचौ अधिवेशन यही यही अप्रिल २० तारिक किम्हे स्थित न्यू लिटिल इण्डिया रेष्टुरेन्टको हलमा हुने भएको छ ।
चौथो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।
स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन् १९९७ मा स्थापित स्याङ्जा परिवारको पहिलो शाखाको रुपमा विस्तार भएको यस शाखा संस्था सन् २०१६ मा स्थापित भएको हो ।
उक्त पाँ...
१२ चैत्र २०८१, बुधबार ०९:५२१२ चैत्र २०८१, बुधबार ०९:५२१२ चैत्र २०८१, बुधबार ०९:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले नयाँ वर्ष २०८२ को पावन अवसर पारी अप्रिल १९ र २० तारिखका दिन रमाइलो वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन भन्ने नारासहित दक्षिण कोरियामा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखाले अप्रिल १९ र २० तारिख शनिबार आइतबारका दिन 무릉도원 펜션 मा नयाँ वर्ष २०८२ को अवसर पारी रमाइलो तथा सांस्कृतिक कार्यक्रम २०२५ आयोजना गर्ने भएको हो।
विभिन्न नेपाली परिकार , नयाँ वर्षको शुभकामना आदानप्रदान तथा प्रत्यक्ष लाइभ मौलिक बाजासँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन सधैँ जोडीम...
११ चैत्र २०८१, मंगलवार १३:३१११ चैत्र २०८१, मंगलवार १३:३१११ चैत्र २०८१, मंगलवार १३:३१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा “कोरिया सन्देश” नामक जर्नल विमोचन गर्दै प्रवास संगठनमै नेपाली जनप्रगतिशील मञ्च पहिलो जर्नल निकाल्न सफल भएको छ।
समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमै लगानी मैत्री वातावरण भन्ने मूल नाराका साथ दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा संगठनले कोरिया सन्देश नामक जर्नल आइतबारका दिन विमोचन गरेको हो।
संगठनका अध्यक्ष जीवन खतिवडाको सभाध्यक्ष तथा संगठनका सचिव चरित्र शाहीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए दक्षिण कोरिया लगायत, एनसिसी , विभिन्न राजनीतिक दलका प्रवास संगठन, दक्षिण कोरियामा रहेका रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रह...
१० चैत्र २०८१, सोमबार १४:४८१० चैत्र २०८१, सोमबार १४:४८१० चैत्र २०८१, सोमबार १४:४८ by विशाल श्रेष्ठNo Comments
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।...
४ चैत्र २०८१, मंगलवार १३:३०४ चैत्र २०८१, मंगलवार १३:३०४ चैत्र २०८१, मंगलवार १३:३० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले दशौं एकता महाधिवेशन लाइ मध्यनजर गर्दै मार्च २२ तारिख भर्चुअल माध्यम जुम मार्फत एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता भन्दै विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले यहि अप्रिल ६(चैत २४) मा सउलको दोङ्देमुन स्थित खुमिनह्वेग्वानमा एकता महाधिवेशन २०२५ गर्दैछ। सोही एकता महाधिवेशनलाई मध्यनजर गर्दै मार्च २२ तारिख शनिबारका दिन बेलुकी ८:४५ बजे भर्चुअल माध्यम जुम मार्फत अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जुम आइडी 82097839556 र पासकोड NRNA राखिएको अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहर...
३ चैत्र २०८१, सोमबार ११:०२३ चैत्र २०८१, सोमबार ११:०२३ चैत्र २०८१, सोमबार ११:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था स्याङ्जा समाज दक्षिण कोरियाले बर्सिनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ।
आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा सम्पर्क समिती दक्षिण कोरियाले मे ३ र ४ तारिख 별빛펜션 (태안군 원북면 신두해변길 201-26 번지 태안मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो।
बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि स्याङ्जाली लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष सुशील गुरुङले विशाल आवाजलाई बताउनुभयो।
विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा ...
२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२ by विशाल श्रेष्ठNo Comments
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ।
...
२९ फाल्गुन २०८१, बिहीबार १३:१९२९ फाल्गुन २०८१, बिहीबार १३:१९२९ फाल्गुन २०८१, बिहीबार १३:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आइरहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियाको ह्वासङमा पनि मार्च २३ तारिख प्रदर्शन हुने भएको छ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजनामा मार्च २३ तारिख आइतबारका दिन ह्वासङसीमा प्रदर्शन हुने भएको हो। ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहजीकरणमा ह्वासङसीमा रहेको फारान स्थित साराङ फाङमा मा मध्यान्ह १२ बजे च्यारिटी शोको रूपमा प्रदर्शन गरिने चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप १५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ।
नेपाल ल...
२७ फाल्गुन २०८१, मंगलवार १४:५२२७ फाल्गुन २०८१, मंगलवार १४:५२२७ फाल्गुन २०८१, मंगलवार १४:५२ by विशाल श्रेष्ठNo Comments
धराने इभेन्ट्स कोरिया आयोजनामा मार्च ३० तारिख कोरियाको सउलमा हुने “PURNA राई and दाजुभाइहरू लाइभ इन कोरिया”मा ब्यान्डले सौल तताउने पक्का भएको छ।
कोरियामा रहेका नेपाली हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "धराने इभेन्ट्स कोरिया" ले अहिलेको यूवा पुस्तामाझ चर्चित PURNA राई and दाजुभाइहरूको साथमा सउलको HW 건밴션 센터मा लाइभ कन्सर्ट गर्ने भएको हो। 서울특별시 종로구 지하문로225(부암동 162-3) मा हुने यो ग्राण्ड इभेन्टमा कोरियामै रहेको फुल्याङ ब्याण्ड र नया दृश्य ब्यान्डको साथमा DJ RX को special performance रहनेछ भने कार्यक्रम सञ्चालन रेश्मा राईले गर्ने आयोजकले जनाएको छ।
मार्च ३० तारिख आइतबार का दिन दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिनेछ।
युवा पुस्ताको गीत संगीत प्रति...