विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।
कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो।
रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
११ मंसिर २०८१, मंगलवार १०:२३११ मंसिर २०८१, मंगलवार १०:२३११ मंसिर २०८१, मंगलवार १०:२३ by विशाल श्रेष्ठNo Comments
नेपालमा विवाह, व्रतबन्ध लगायत विभिन्न शुभ कार्यहरूमा नौमती बाजा घन्किएको हामीले देख्दै सुन्दै आइरहेकै हौ। यस्तै पछिल्लो समय दक्षिण कोरियाको छल्लानाम्दो प्रान्त स्थित मोक्पो क्षेत्रमा हुने विभिन्न साँस्कृतिक बिबिधता झल्किने कार्यक्रम लगायत नेपाली चाडपर्व तथा उत्सवहरुमा समेत नेपाली नौमती बाजा घन्किएको देख्न सकिन्छ। बुट्टा सहितको ढाकाको टोपी , ढाकाकै इस्टकोट, चट्ट नेपाली दाउरा सुरुवाल लगाएर युवा उमेर समूहका उनीहरू हातमा नर्सिङ्गा, सहनाई, दमाहा, झ्याली,ढोलक, ट्याम्को ,ढोलक,कर्नाल हातमा लिएर विभिन्न कार्यक्रमहरूमा घन्काइरहेका हुन्छन्।
पछिल्लो समय कोरियामा पनि यङ्आमगुन स्थित हुन्डाइ साम्हो सीप बिल्डिङ कम्पनीमा कार्यरत १० जना नेपालीहरुको जोसिलो टोलिले अत्यन्तै मेहनतका साथ नौमती बाजा सिकि विभिन्न कार्यक्रमहरूमा नौमती बाजा प्रस्तुत गर्दै आएका छन्। आफ्नो कार्यव्यस्तताको वावजुद पनि मेहनत गरि अभ...
११ मंसिर २०८१, मंगलवार ०७:०४११ मंसिर २०८१, मंगलवार ०७:०४११ मंसिर २०८१, मंगलवार ०७:०४ by विशाल श्रेष्ठNo Comments
वर्तमान समयमा मानिसहरू डिजिटल लतमा फसेका छन् । स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँस्सिइरहने बानीमा मानिसमा विभिन्न समस्याहरु पनि निम्त्याइरहेको छ । यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ । दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ ।
९० मिनेटसम्म आफैंसँग समय बिताउने
उक्त प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले ९० मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिंडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन् । उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ ।
स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनोट गरिन्छ । मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै...
११ मंसिर २०८१, मंगलवार ०२:५८११ मंसिर २०८१, मंगलवार ०२:५८११ मंसिर २०८१, मंगलवार ०२:५८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो
बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा
तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्ष...