Advertisement
Advertisement

कोरियामा घन्किदै नेपाली नौमति बाजा

Advertisement
Advertisement

नेपालमा विवाह, व्रतबन्ध लगायत विभिन्न शुभ कार्यहरूमा नौमती बाजा घन्किएको हामीले देख्दै सुन्दै आइरहेकै हौ। यस्तै पछिल्लो समय दक्षिण कोरियाको  छल्लानाम्दो प्रान्त स्थित मोक्पो क्षेत्रमा हुने विभिन्न साँस्कृतिक बिबिधता झल्किने कार्यक्रम लगायत  नेपाली चाडपर्व तथा उत्सवहरुमा समेत नेपाली नौमती बाजा घन्किएको देख्न सकिन्छ। बुट्टा सहितको ढाकाको टोपी , ढाकाकै इस्टकोट, चट्ट नेपाली दाउरा सुरुवाल लगाएर युवा उमेर समूहका उनीहरू हातमा नर्सिङ्गा, सहनाई, दमाहा, झ्याली,ढोलक, ट्याम्को ,ढोलक,कर्नाल हातमा लिएर विभिन्न कार्यक्रमहरूमा घन्काइरहेका हुन्छन्।

पछिल्लो समय कोरियामा पनि यङ्आमगुन स्थित हुन्डाइ साम्हो सीप बिल्डिङ कम्पनीमा कार्यरत १० जना नेपालीहरुको जोसिलो टोलिले अत्यन्तै मेहनतका साथ नौमती बाजा सिकि विभिन्न कार्यक्रमहरूमा नौमती बाजा प्रस्तुत गर्दै आएका छन्। आफ्नो कार्यव्यस्तताको  वावजुद पनि मेहनत गरि अभ्यास गरेकोले  बाजा भित्र्याएको केही समयमा नै  पारंगत बनेका उनिहरु कोरियाका अन्य ठाउँबाट प्रस्तुतिको लागि आग्रह आए स्विकार्न सकिने कार्यक्रम  संयोजक एन्जि शेर्पा बताउँछन् ।

करिब १५०० को हाराहारिमा नेपाली समुदाय वसोवास गर्ने उक्त क्षेत्रमा सबै नेपालीको साझा संस्था मोक्पो साम्हो साझा चौतारीले बाजा संरक्षण तथा ब्यवस्थापन गर्दै आएकोमा नौमती बाजाले आफ्नो क्षेत्रमा कोरियन तथा अन्य समुदायको बिचमा छुट्टै पहिचान बनाएकोमा गौरव महसुस गर्ने गरिरहेको संस्था अध्यक्ष रिक्की गुरुङ बताउनुहुन्छ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो ।यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×