छुसकको पहिलो दिन सेप्टेम्बर २८ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ "काक्रेबिहार सांगीतिक साँझ २०२३" गर्ने भएको छ।
गत १८ तारिख सम्पन्न नेपाल सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजित कार्यक्रम वाडफाड कार्यक्रममा छूसकको पहिलो दिन सेप्टेम्बर २८ तारिक विहिबार कर्णाली प्रदेश अन्तर्गत सुर्खेत समाज दक्षिण कोरियाले कार्यक्रम गर्ने प्रस्ताव समाजको को अध्यक्ष पुष्कर बुढाथोकीले लानु भएपश्चात त्यहा वाट पारित भएर कार्यक्रम गर्ने अनुमति पाएको थियो। यसै अनुरुप आइतबार सु...
२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा
बासुदेव भट्ट/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत कार्यक्रम “सुनौ सिकौ” संचालनमा ल्याइएको छ। दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया बैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना तथा टिको अर्गनाइजेसनको व्यवस्थापकीय सहयोगमा उक्त कार्यक्रम संचालनमा आएको हो।
दक्षिण कोरिया राजदुतावास, सिओलले आफ्नो फेसबुक लाइभ मार्फत प्रतेक आइतबार कोरियाको समय अनुसार साझ ७:३० बजेदेखि ८:३० बजेका बिच कार्यक्रम “सुनौ सिकौ” प्रसारण गरिने जनाएको छ।
कार्यक्रम “सुनौ सिकौ” मा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको वैदेशिक रोजगारमा रहँदाका विविध शारीरिक, मानसिक, मनोसामाजिक समस्यालाई सम्बोधन गरिने छ। उक्त कार्यक्रममा विशेषत शारीरिक तथा मानसिक स्वास्...
२५ असार २०८०, सोमबार ०२:५५२५ असार २०८०, सोमबार ०२:५५२५ असार २०८०, सोमबार ०२:५५ by विशाल श्रेष्ठNo Comments
एन.आर.एन.ए दक्षिण कोरियाको नवौ अधि केन्द्रीय सदस्यमा यज्ञमान नायकको उम्मेदवारी
द.कोरिया–प्रवासी नेपालीहरुको छाता संस्था गैर-आवासीय नेपाली संघ(एन .आर. एन.ए )दक्षिण कोरियाको चुनावी मिति नजिकिदै गएसगै सक्षम सालिन सहयोगी र भद्र स्वभावका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय रहेका सुदुरपश्चिम समाज का निवर्तमान अध्यक्ष यज्ञमान नायकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ।
लामो समयदेखि समाज सेवा तथा विभिन्न संघसंस्थामा संलग्न भै काम गरि सकेका नायकले आगामी कार्यकाल २०२३ /२०२५ को लागि केन्द्रिय सदस्य पदको प्रत्याशी बन्दै उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नु भएको छ। २०१० मा कोरिया प्रवेश गरेका नायकको सुदुरपस्चिम स्थायी घर हो। उहाँ नेपाली श्रमिक र विद्यार्थीको बीच लोकप्रिय मात्र नभएर हरेक समस्या र चुनौतीको सामना गर्दै समस्या समाधानको लागि अग्रपंक्ति मा उभिदै आउनु भएको छ।
नायक स...
२५ असार २०८०, सोमबार ०१:०८२५ असार २०८०, सोमबार ०१:०८२५ असार २०८०, सोमबार ०१:०८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला, तर आफन्तबाट साथ र हौसला मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।...