दार्चुलाका शिक्षक अत्तरियाको एक होटलमा मृत फेला
प्रमोद गिरी । कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन ।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए । उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए ।
उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो । उनका दाइ कुन्दनसिंह कञ्चनप...

