सरकारलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो
सोल,दक्षिण कोरिया-
ईपिएस प्रणाली मार्फत नेपाल
सरकारबाट श्रम स्विकृती लिई दक्षिण कोरियामा वैधानिक रुपमा बसोवास गरी रोजगार गरिरहेका नेपाली श्रमिकको कुनै कारणवस मृत्यु भएमा उक्त मृतकको शव नि:शुल्क स्वदेश फर्काउनु पर्ने माग राख्दै विभिन्न संघ-संस्था तथा कोरियामा रहेका नेपाली समुदायले नेपाल सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।
करीब डेढ महिना पहिले दक्षिण कोरियास्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएपनी त्यसको कुनै सुनुवाई नभएपछी फेरी दोस्रो ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो ।
एउटा मृत...
२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको टिप्पणी गरे । उनले नेकपा एमालेले आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्नेसमेत बताए ।
देशको राष्ट्रिय परिस्थिति दुषित रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको जिकिर गरे । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम...
२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२२८ माघ २०७९, शनिबार ०७:२२ by एलिनाNo Comments
एक जना भाइ जसको दुबै खुटा छैन एउटा सानो र एउटा छैन । तेह्र चौध बर्ष का भाइको अब्स्था एक दमै नाजुक रहेको छ । उनी को यो अबस्था देखेर जो कोहिको पनि आँखा मा आँसु आउन सक्छ। जस्को दुबै खुट्टा छैन जस्ले उन्को दैनिक कृयाकलाप मा अशर देखि जीवन जिउन नै निकै गार्हो पर्ने रहेको छ।
उनी को हालै बुबा आमा दुबै को देहान्त भयको जस्ले गर्दा आजभोली त उन लाई निकै नै गार्हो पर्ने गरेको उनिले बताएका छ्न । बुबा धेरै माधक पधार्थ पिउने गरेको र जस्को कारण ले गर्दा उनी जन्डिस भएर बितेको उनले बताए र आमा को पनि छ बर्ष को अन्तराल मा देहान्त भएको बताए।
उनि आजभोकी दुवै आमा बुबा बिते पछि उ आज भोलि आफ्नी सानी आमा सग बस्ने गरेको बताए र उनी चौथो कछा मा पढ्ने गरेको उनिले बताए पहिले आमा ले उनी लाई माग्न पनि पठाउने गरेको बताए । उनी भन्छ्न आमा बुबा को कहिले काहीँ मात्र याद आउने र अब सानीमा सगै बसेर उन्कै ...
२८ माघ २०७९, शनिबार ०७:१४२८ माघ २०७९, शनिबार ०७:१४२८ माघ २०७९, शनिबार ०७:१४ by एलिनाNo Comments
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।...
२८ माघ २०७९, शनिबार ०७:०९२८ माघ २०७९, शनिबार ०७:०९२८ माघ २०७९, शनिबार ०७:०९ by एलिनाNo Comments
सर्जरी सकेर घर हिँडेका डाक्टरमाथि प्रहरीको लाठीचार्ज
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ ।
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।
साइकलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने । नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनाको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीला...
२८ माघ २०७९, शनिबार ०४:०६२८ माघ २०७९, शनिबार ०४:०६२८ माघ २०७९, शनिबार ०४:०६ by विशाल श्रेष्ठNo Comments
२८ माघ, काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।
चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।...