Advertisement
Advertisement

राजनीति

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ। बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।” ...
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको हो । उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।...
एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

Breaking News, Breaking news 1, Breaking news 3, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले एक मिडिया सग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् । प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन्     ...
पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, राजनीति, स्थानीय खबर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा भएको बताए।   ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।     शाहको वक्तव्यमा मुलुक कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको आरोप लगाइएको छ। वक्तव्यमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने चेतावनी पनि दिइएको छ।   ओलीले भने शाहको चेतावनीको पनि प्रतिवाद गरेका छन्। ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्...
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री ७ फागुन, काठमाडौं। प्रधानमन्त्री तथा ७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। आइतबार बिहान टुंडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। सम्वोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो।   प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनको पूर्णपाठ:- फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक ...
सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ : देवप्रसाद गुरुङ

सबैले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्छ : देवप्रसाद गुरुङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, राजनीति, समाचार
७ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् । राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्तिकेन्द्र खेलिरहेको अवस्था छ । राष्ट्रियताको रक्षका लागि राष्ट्रपति साझा बनाउन पर्छ । त्यसो गर्न सकेनौं भने मुलुकको अस्मितामाथि गम्भीर संकट सिर्जना हुन्छ ।’ जुनसुकै दलले प्रस्ताव गरे पनि गणतन्त्र, संविधानको संरक्षक, परिवर्तनलाई आत्मसाथ गर्नसक्ने र सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने आफूहरुको अडान रहेको उनले बताए । उनले माओवादीले कुनै पात्र नभई अहिले वैचारिक र नीतिगत कुरा उठाएको ...
पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं

पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताव : राजनीतिक दल र राजसंस्था सहकार्य गरौं

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’ पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ । राज्य सत्ताको बागडोर ज-जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ । ब...
अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल निर्वाचित

Breaking News, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान भएको थियाे । महासिचवमा नरेश राेकाया निर्वाचित भएका छन् । अध्यक्ष र महासचिवमा ५–५ जनाको उमेदवारी परेको थियाे । । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोति बिक, वाङ्सु योञ्जन र लोकेस निरौला उमेदवार थिए । महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन शिवाकोटी उमेदवार थिए । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँ...
बालुवाटारमा प्रचण्ड र ओलीबीच २ घन्टा एक्लाएक्लै वार्ता

बालुवाटारमा प्रचण्ड र ओलीबीच २ घन्टा एक्लाएक्लै वार्ता

Breaking News, Breaking news 1, ट्रेन्डिङ, देश, भर्खरै, राजनीति, समाचार, स्थानीय खबर
  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै भेटवार्ता भएको हो। भावी राष्ट्रपतिबारे फरक-फरक कोणबाट चर्चा भइरहेका बेला सत्तारूढ दलका दुई शीर्ष नेता लामो छलफलमा जुटेका हुन्। एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ।  प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो। स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ। ...
बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

बालेन शाहसँग जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

Breaking News, जानकारी, देश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
   विशाल आवाज २०७९ फागुन ३ गते  काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग जरिवाना नअसुल्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना गर्ने भएपछि बालेन सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार आयोगका नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी भएको बताए । काठमाडौं महानगरका प्रमुख शाहले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानूनी व्...