Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८१ भाद्र २८ गते (शुक्रवार)

आजको राशिफल : २०८१ भाद्र २८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिक...
नवलपुर समाजले छुसक मा वनभोज तथा रमाइलो साझ-२०२४ गर्दै

नवलपुर समाजले छुसक मा वनभोज तथा रमाइलो साझ-२०२४ गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नवलपुर समाज दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर १६/ १७ तारिख वनभोज तथा रमाइलो साँझ आयोजना गर्ने भएको छ। दक्षिण कोरियामा रहेको लोकदोहोरी कलाकारहरूको बेजोड संस्कृति प्रस्तुति सहित नवलपुर समाजले   सेप्टेम्बर १६ तारिख साँझ ५:३० बजेदेखि १७ तारिख आइतबार मध्यान्न १२ बजेसम्म  광북구 삼양로 181길 206(소귀골백운산장) मा  कार्यक्रम  आयोजना गर्नेभएको हो। ट्रेन लाइन नम्बर १ बाट 신설동역 बाट SUIN LINE चढेर 북한산 우이역 ओर्लेर एक नम्बर गेटबाट निस्की पैदल १० मिनेट (१किलोमिटर) अगाडि हुने कार्यक्रममा विभिन्न नेपाली परिकारको स्वाद संगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको मज्जा लिइ   पारिवारिक माहोलको साथमा रमाइलो गर्न सक्ने अध्यक्ष हरि कँडेलले विशाल आवाजलाई बताउनुभएको छ। कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन, महिलाको लागि ७० हजार वन र जोडीको लागि १५००००  वन प्रवेश शुल्क तोकिएको छ।  का...
आजको राशिफल : २०८१ भाद्र २७ गते (बिहीवार)

आजको राशिफल : २०८१ भाद्र २७ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व...
समीक्षाको ठाउँमा  निमा रुम्वा संग  अस्मिता अधिकारीले प्रस्तुति दिने “हिमालयन सांगीतिक धमाका”

समीक्षाको ठाउँमा निमा रुम्वा संग अस्मिता अधिकारीले प्रस्तुति दिने “हिमालयन सांगीतिक धमाका”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियन महान चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायतका ख्याति प्राप्त कलाकारहरूको साथमा  सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गर्न  लागेको  “हिमालयन सांगीतिक धमाका”  कार्यक्रममा आउने भनेकी कलाकार समीक्षा अधिकारी भिसा जटिलताको कारण कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले समीक्षाको ठाउँमा अस्मिता अधिकारी आउने भएकी छिन्।   “विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले  छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구  बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्दैछ। कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, पाल्मु शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे AP TENJING शेर्पा, मुस्कान राई लगायत स्थानीय कलाकार...
कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुदै

कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सउलमा कोरियामै पहिलोपटक डिजे नाइट सहित र्‍याप ब्याटल हुने भएको छ। नेपहप कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि  सउल स्थित 서울시 중구 총무로 22 호운빌딩 지하 1층 충무로역 Exit 7,CHUNGMURO. STATION EXIT 7 मा ननस्टप Dj C-Man को डिजे म्युजिकको साथमा first ever rap battle in Korea and dj night  हुने भएको हो। पछिल्लो समय नेपाली युवा पुस्ता माझ लोकप्रिय हुँदै आएको र्याप ब्याटल  कोरियामा रहेका स्थानीय र्यापरहरूलाई प्रोत्साहन गर्नका लागि neeszaal,B Boss, Cjur र kaal को साथमा दक्षिण कोरियामा पनि पहिलोपटक हुने भएको हो। सउलमा हुने कार्यक्रमको  प्रवेश शुल्क २५हजार वन तोकिएको छ ।सेप्टेम्बर १६ तारिख  राती ८ बजे देखि  हुने  first ever rap battle in Korea and dj night कार्यक्रममा सहभागि भएर रमाइलो गर्नक...
बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको प्रस्तुति रहने, सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर‌ पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो।  सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्।  कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा ...
आजको राशिफल : २०८१ भाद्र २६ गते (बुधवार)

आजको राशिफल : २०८१ भाद्र २६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। ...
एनआरएनए कोरियाको मनोनित सदस्यहरु तीन ठुला दलको पोल्टामा,को को परे त!

एनआरएनए कोरियाको मनोनित सदस्यहरु तीन ठुला दलको पोल्टामा,को को परे त!

Breaking News, जानकारी, भर्खरै
नेपालमा रहेको विभिन्न संवैधानिक निकायहरू तथा सङ्घसंस्थाहरूमा त राजनीतिक भागबण्डा हुने कुरा सुन्दै र देख्दै आइरहेका हौँ त्यस्तै घटनाक्रम देखिएको छ पछिल्लो समय दक्षिण कोरियामा रहेको एनआरएनए कोरियामा पनि।  तीन ठुला दलको भागमा प्रबक्ता सहित मनोनित सदस्य पर्दा रास्वपा  लगायत अन्य दलको हात खाली  नेपालको राष्ट्रिय तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १/१ जना गरि ३ जना नवौ कार्यसमितिको मनोनित सदस्यहरूमा चयन भई एनआरएनए कोरियामा पनि राजनितिक भागबण्डा भएको हो। नेपाली कांग्रेस बाट नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति समेत भइसकेका नेपाली कांग्रेस महासमिति सदस्य नवराज सिवाकोटी, नेकपा एमाले बाट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सल्लाहकार समेत रहेका दीपक क्षेत्री (केसी)र नेकपा माओवादी केन्द्र बाट नेपाली जनप्रगतिशील मञ्च कोरिया छनान फेन्थेकका अध्यक्ष तथा नेपाली...
छुसकमा  “सिन्बुक फुटबल टुर्नामेन्ट २०२४”  आयोजना हुँदै

छुसकमा “सिन्बुक फुटबल टुर्नामेन्ट २०२४” आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशमा भाइचारा, खेलकुदको सहारा अनुशासन स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ  छुसकको अवसर पारी यहि आउदो सेप्टेम्बर १५  तारिखका दिन पोछन् मा  SINBUK UNITED FC ले   “SINBUK FOOTBALL TOURNAMENT 2024” आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिमलाइ १० लाख कोरियन वोन र विशेष ट्रफी प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई  जनही ५०/५० हजार कोरियन वोन सहित  प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22142140102014 मा TAMANG ASHISH को खातामा सेप्टेम्बर १३  तारिख सम्ममा टीम दर्ता शुल्क : २ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। सिन्बुक युनाइटेड एफसि द्वारा आयोजना गरिने उक्त प्रतियोगिता  दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुला...
लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको “नेपकोर नाइट कोरिया” स्थगन ,अनलाइन टिकट लिनेको पैसा फिर्ता  हुने

लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको “नेपकोर नाइट कोरिया” स्थगन ,अनलाइन टिकट लिनेको पैसा फिर्ता हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपकोर इन्टरटेन्मेन्ट को  आयोजनामा छुसक को अवसरमा  सेप्टेम्बर १५ तारिख आइतबार का दिन  कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा हुने भनिएको नेपकोर नाइट स्थगन भएको छ । साथै Gmoney trans रेमिट्यान्सको माध्यमबाट अनलाइन  टिकट लिनुहुनेहरुको पनि पैसा फिर्ता हुने भएको छ ।    कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित  र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनीको  साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भनिएको थियो। तर भिसा जटिलताका कारण नेपालबाट आमन्त्रित कलाकार अर्थात् LAURE & BAD KOMPANY ले निर्धारित समय अनुसार NEPKOR NIGHT मा प्रस्तुति दिन नसक्ने जानकारी दिदैं कार्यक्रम स्थगन गरिएको आयोजकले  एक  सुचना निकाली जनाएको छ । आयोजकले सुचनाम...