विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ छल्लादो साखादक्षिण कोरियाले डिसेम्बर २९ तारिख मोक्पोमा “चासोक तङनाम” मनाउने भएको छ।
“जुन दिनसम्म हामीसँग हाम्रो मौलिकता रहन्छ,त्यस दिनसम्म मात्र हामी हाम्रो जीवनको मालिक रहन्छौ” भन्ने मूल नाराका साथ कि.या.चु छल्लादो साखा दक्षिण कोरियाले डिसेम्बर २९ तारिक आइतबार दिनको १२ बजेबाट मोक्पो स्थित 전라남도 영암군 삼호읍 신황로 135-53 (축성암 (영암) 도서관 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू स...
८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३८ पुष २०८१, सोमबार १३:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९ तारिख आयोजना हुन लागेको “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरण र पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका दिन हुने “खोटाङ हलेसी सांगीतिक सौगात भाग-५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।
आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका मिना राइ र युवा पुस्तामाझ लोकप्रिय गायक केहर सिङ लिम्बुको साथमा सामाजिक कल्याणकारी सहयोगार्थ कार्यक्रम आयोजना गर्न...
८ पुष २०८१, सोमबार १०:२८८ पुष २०८१, सोमबार १०:२८८ पुष २०८१, सोमबार १०:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा छुसकमा भएको “रारा सांगीतिक सौगात भाग १”को आर्थिक प्रतिवेदन आईतवारका दिन सउलमा एक कार्यक्रम सार्वजनिक गरिएको छ। सार्वजनिक आर्थिक प्रतिबेदन अनुसार कार्यक्रमको सबै खर्च कटाएर नाफा एक करोड बिस लाख माथि भएको र फोटो फ्रेम बनाइ कबुल गरेको रकम एक करोड पाच लाख उठ्नै बाँकी रहेको बताइएको छ।
कोरियाली महान चाड छुसक को अवसरमा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रमको आर्थिक प्रतिवेदन दोङदेमुन स्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा आइतबारका दिन एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो। नेपाली दूतावास सियोल, दक्षिण कोरियाका कार्यवाहक महामहिम राजदूत पुष्पराज भट्टराईज्यूको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष धर्मराज तिवारीले गर्नु भएको थियो । कोरियामा रहेका बिभिन्न नेपाली संघसंस्थाक...
८ पुष २०८१, सोमबार ०२:१३८ पुष २०८१, सोमबार ०२:१३८ पुष २०८१, सोमबार ०२:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ। प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा स...
७ पुष २०८१, आईतवार ११:३०७ पुष २०८१, आईतवार ११:३०७ पुष २०८१, आईतवार ११:३० by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।
‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ...
७ पुष २०८१, आईतवार ०२:४२७ पुष २०८१, आईतवार ०२:४२७ पुष २०८१, आईतवार ०२:४२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भविष्यका ल...
६ पुष २०८१, शनिबार ०४:३८६ पुष २०८१, शनिबार ०४:३८६ पुष २०८१, शनिबार ०४:३८ by विशाल श्रेष्ठNo Comments
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशन डिसेम्बर २९ मा कोरियाको राजधानी दोङ्गदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा हुने भएको छ।
“देश विकासमा हाम्रो योगदान एकताको सूत्रमा सम्बृद्धिको उठान” भन्ने मूल नाराका साथ बागमती प्रदेशका १३ जिल्लाहरूलाई समेटेर सन् २०१८ मा स्थापित सामाजिक संस्था बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको कार्यसमितिमा अहिले ११ जिल्लाका प्रतिनिधिहरु समावेश रहेको छ।
बागमती प्रदेश एकता समाज स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको छ।
यही आ...
६ पुष २०८१, शनिबार ०२:१९६ पुष २०८१, शनिबार ०२:१९६ पुष २०८१, शनिबार ०२:१९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन्
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारि साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा बिश्वासको वाताबरण झन कसिलो भएर...
५ पुष २०८१, शुक्रबार १२:४९५ पुष २०८१, शुक्रबार १२:४९५ पुष २०८१, शुक्रबार १२:४९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा सलनालको अवसरमा जनवरी २९ तारिख कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र Minky, DJ RX,DJ BIT साथमा 서울 서초구 반포동 650 번지 (FLOATING ISLAND) मा नेपकोर नाइट गर्ने भएको हो। सउलमा हुने यो सलनाल ग्राण्ड इभेन्टको ओपनिङ एक्ट कोरियामै रहेको र्यापर विक्रम लामा,TJAY,GM-JOON र अनलाइन र्याप कन्टेस्ट विनर र्यापर GEN-G ले गर्नेछन्।
जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म LAURE & BAD KOMPANY को साथमा हुने नेपकोर नाइटको प्रवेश शुल्क ५० हजार वन तोकिएको छ। यसैगरी इ...
५ पुष २०८१, शुक्रबार १२:०४५ पुष २०८१, शुक्रबार १२:०४५ पुष २०८१, शुक्रबार १२:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा निर्माण गरिएको ‘तिम्रै पीरले’ बोलको नेपाली गीतको म्युजिक भिडियो आगामी साता शनिबार अर्थात् डिसेम्बर २१ तारिखमा सार्वजनिक हुने भएको छ ।
नेपाली युवाहरूको विदेशीने वाध्यता र त्यही वाध्यताले उत्पन्न परिस्थिति लाइ मुख्य कथा वस्तु बनाइएको भिडियोको सबै भाग कोरियाको छुङ्जुमा छायांकन गरिएको छ । सनम परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमा सोनीप विक्रम शाही, प्रभा गुरुङ, सुरेन्द्र श्रेष्ठ को मुख्य भूमिका रहेको छ भने विष्णु शर्मा, बिनु भण्डारी, गणेश अर्याल, दिपेन्द्र कडेल, मुना घिमिरे कटुवाल, भूमिका भुसालको सहायक भूमिका रहेको छ ।
Atomy Nepal दिपेन्द्र कँडेलले उत्पादन गर्नुभएको म्युजिक भिडियोमा कथा,निर्देशन र छायाङ्कन सोनम पराजुलीले गर्नुभएको छ भने एडिट युजिना स्टुडियो र कलर सुजन कोइरालाले गर्नुभएको छ। गीत यही आउँदो शनिबार कोरियन समय अनुसार बेलुकी ८:४५ मा सार्वजनिक हुनेछ।...