Advertisement
Advertisement

भर्खरै

चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
  काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान  गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।  चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् । सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘च...
आजको राशिफलः २०८१ माघ १ गते मंगलबार

आजको राशिफलः २०८१ माघ १ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन...
कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल भलिबल सङ्घ दक्षिण कोरियाले जनवरी २६ मा सन् २०२५ मा सङ्घको मातहतमा रहेर दक्षिण कोरियामा आयोजना गरिने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ स्थापित नेपाल भलिबल संघ दक्षिण कोरियाले यही आउँदो जनवरी २६ तारिख आइतबारका दिन‌ १२ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम आयोजना गर्ने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र दक्षिण कोरियामा रहेका खेलाडीहरूको खेलस्तर अभिवृद्धि गर्नका निम्ति नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर यसअघि २०२४ को सिजनमा ६ वटा प्रतियोगिता बाँडफाँड भएको थियो। यसपालि पनि संघ मातहत रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरूले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न भूभागमा आयोजना गर्न इच्छुक भए सो दिन...
“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

“पाँच-स” दक्षिण कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा जनवरी २६ मा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स’ ले आफ्नो आठौं अधिवेशन तथा साधारण सभा जनवरी २६ तारिखका दिन गर्ने भएको छ। पूर्वीय कला संस्कार, संस्कृति ,भेषभुषा ,चाडपर्व आदिले नेपाल राष्ट्रलाई विश्वभरि नै परिचय दिने कुरालाई आत्मसात गरी सन् २०१७ मा स्थापित संस्थाले जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १२ बजे आनसान स्थित आफ्नै नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हलमा उक्त कार्यक्रम गर्न लागेको हो। आठौँ महाधिवेशन कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनका आयोजकले कमल भण्डारीको संयोजकत्वमा अधिवेशन कार्यतालिका प्रस्तुत गर्दै उम्मेदवारी आह्वान समेत गरिसकेको छ। "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित संस्थाले परदेशमा रहेर पनि पूर्वीय कला,संस्कार साथै संस...
आजको राशिफलः २०८१ पुस २९ गते सोमबार

आजको राशिफलः २०८१ पुस २९ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम दोहोर्याउनुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनग्गे अर्थ लाभ पनि हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम राेकिन सक्छ, सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा ...
बुसानमा पनि राष्ट्रिय कलाकारहरूको साथमा  “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” हुने

बुसानमा पनि राष्ट्रिय कलाकारहरूको साथमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५” हुने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिखका दिन बुसानमा “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” हुने भएको छ।  “भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित  नेपाल तामाङ घेदुङ  दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९  तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा  सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ आयोजना हुने भएको हो।  नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु विश्व दोङ, सुरेश लामा, आस्मान लोप्चनको साथमा कोरियामा रहेका स्थानीय कलाकारहरूको  बेजोड प्रस्तुति सँगै हुने कार्यक्रम १२  बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।  आफ्नो धर्म,संस्कृति,कला,...
“सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” आयव्यय सार्वजनिक २७ लाख उठ्नै बाँकी

“सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” आयव्यय सार्वजनिक २७ लाख उठ्नै बाँकी

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा छुसकमा आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४” को आयव्यय सार्वजनिक भएको छ। कोरियन महान चाड छुसकको अवसर‌ पारि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center आयोजित “सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४’ को किम्हे स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्ट मा एक कार्यक्रम गरी आय व्यय सार्वजनिक सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार सहयोगदाताबाट संकलित रकम, स्पोन्सरबाट प्राप्त र टिकट बिक्रीबाट गरि जम्मा ३ करोड १३ लाख ५४ हजार ६०१ कोरियन वन आम्दानी भएको जनाइएको छ भने विभिन्न शीर्षकमा १ करोड ८५ लाख १३ हजार ६९३ कोरियन वन खर्च भई कुल बचत १ करोड २८ लाख ४० हजार ९०८ भएको बताइएको छ । यसैगरी सहयोगिदाताबाट २७ लाख ८२ हजार कोरियन वन भने उठ्नै बाँकी रहेको आयोजकले ...
जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो  जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको  ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन  तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के,  सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...
कोरियामा पनि भव्यताको साथ मनाइयो “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” फोटो फिचर सहित

कोरियामा पनि भव्यताको साथ मनाइयो “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” फोटो फिचर सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा पुष २७ गते अर्थात् जनवरी ११ तारिखका दिन कोरियाको सुवनमा भव्यताको साथ “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको छ। प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइएको हो। सुवन स्थित कामना रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन रूपक केसीले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष संगठनका अध्यक्ष हरिजंग शाह ठकुरीले गरेका थिए। वैदिक स्वस्तिवाचनको साथमा पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण ,पुष्प र अविर अर्पण गरी समुद्घाटन गरिएको कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न राजनीतिक संगठनका प्रतिनिधिहरू, विभि...
आजको राशिफलः २०८१ पुस २८ गते आईतबार

आजको राशिफलः २०८१ पुस २८ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ...