दक्षिण कोरियाको मोक्फो शहरमा "जारी" मे २१ तारिखमा प्रदर्शन हुने ।
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARDESHI ENTERTAINMENT को आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने भएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि MOKPO SHOW मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङक...
२७ बैशाख २०८०, बुधबार १३:१६२७ बैशाख २०८०, बुधबार १३:१६२७ बैशाख २०८०, बुधबार १३:१६ by विशाल श्रेष्ठNo Comments
नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने
बोम्जन गुरुङ१० मे २०२३, कोरिया
कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २०तारिक शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष टेक पुन मगरले बताए । कोरियाभरि आफ्नो तीन शाखा विस्तार गरिसकेको यस संघले विगत लाम...
२६ बैशाख २०८०, मंगलवार १५:२९२६ बैशाख २०८०, मंगलवार १५:२९२६ बैशाख २०८०, मंगलवार १५:२९ by विशाल श्रेष्ठNo Comments
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
२६ वैशाख, काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।
१५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक...
२६ बैशाख २०८०, मंगलवार १४:४२२६ बैशाख २०८०, मंगलवार १४:४२२६ बैशाख २०८०, मंगलवार १४:४२ by विशाल श्रेष्ठNo Comments
कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका मानिसहरु !
कम उमेरमै धनि बन्छन् यी राशि भएका व्यक्ति यो सांसारिक जीवनमा सबै मानिस चाँडै धनी हुन चाहन्छन्। सबैजना द्रुत रूपमा सम्पत्ति कमाउन र सबै भौतिक आवश्यकताहरू पूरा गर्न चाहन्छन्। प्रायस् तपाईंले याद गर्नु भएको छ होला केहि व्यक्तिहरूले कम उमेरमा सफलता प्राप्त गर्दछन्। उनीहरू अरू भन्दा चाँडो धन र प्रसिद्धि प्राप्त गर्दछ।जबकि धेरै व्यक्तिहरुलाई यस्तो सफलता प्राप्त गर्न धेरै लामो समय लाग्छ। ज्योतिषका अनुसार यी चार राशिका मानिस छन् जसले सानै उमेरमा आर्थिक सफलता पाउँछन्। यी व्यक्ति परिश्रमी हुनुका साथै, भाग्यले पनि पूर्ण साथ दिन्छ।
वृष राशि : वृष राशिका व्यक्तिहरूले विलासी जीवनको लागि छिट्टै अवसरहरू फेला पार्दछन्। वास्तवमा, यस राशिका व्यक्तिहरू स्वभावले पनि सांसारिक सुखविलासलाई प्राथमिकता दिन्छन्। यो राशिको स्वामी शुक्र ग्रह हो, जुन सबै प...
२६ बैशाख २०८०, मंगलवार ००:२८२६ बैशाख २०८०, मंगलवार ००:२८२६ बैशाख २०८०, मंगलवार ००:२८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० बैशाख २६ गते (मंगलवार)
श्री शाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं.२०८० वैशाख २६ गते मंगलबार तद्अनुसार सन् २०२३ मे ९ तारिख ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि मूल नक्षत्र सिद्धि योग बब करण आनन्दादियोगमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः२१ बजे भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । मंगलचौथी व्रत, कानुनदिवस ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्...
२५ बैशाख २०८०, सोमबार ०२:२९२५ बैशाख २०८०, सोमबार ०२:२९२५ बैशाख २०८०, सोमबार ०२:२९ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० बैशाख २५ गते (सोमवार)
सोमवार, २५ वैशाख, २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घर परिवारमा झैझमेलाको अवस्था आउला । आर्थिक पक्ष पनि ...
२४ बैशाख २०८०, आईतवार १२:५०२४ बैशाख २०८०, आईतवार १२:५०२४ बैशाख २०८०, आईतवार १२:५० by विशाल श्रेष्ठNo Comments
गोकुल थोकर सोल फोनिज कोरिया — दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सानमा बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा मध्याह्न १२ बजेदेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारासहित सहर परिक्रमा गरिएको थियो ।
‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन । यस्ता कार्यक्रमले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ,’ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले भने ।
नेपाली राजदूतावास, नेपाल आदिवासी जनजाति महासंघ, गैरआवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगीत स...
२३ बैशाख २०८०, शनिबार १३:१२२३ बैशाख २०८०, शनिबार १३:१२२३ बैशाख २०८०, शनिबार १३:१२ by विशाल श्रेष्ठNo Comments
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र "जारी-सुवन शो" को सम्पूर्ण तयारी पूरा
बोम्जन गुरुङ
०६ मे २०२३, कोरिया
पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ ।
नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र "जारी सुवन शो "को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए ।
"कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई...
२१ बैशाख २०८०, बिहीबार १२:२३२१ बैशाख २०८०, बिहीबार १२:२३२१ बैशाख २०८०, बिहीबार १२:२३ by विशाल श्रेष्ठNo Comments
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।
दक्षिण कोरिया
दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो।
माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ।
कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्...
१९ बैशाख २०८०, मंगलवार १४:२९१९ बैशाख २०८०, मंगलवार १४:२९१९ बैशाख २०८०, मंगलवार १४:२९ by विशाल श्रेष्ठNo Comments
कोरियामा पनि साकेला उभौली भव्य मनाईने
विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।
किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...