Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ भदौ ८ गते आईतबार

आजको राशिफल: २०८२ भदौ ८ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास र जोश उच्च रहनेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध सुमधुर हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर प्रयोग गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो ...
नेपालमा बढ्दो ‘कोरिया क्रेज’

नेपालमा बढ्दो ‘कोरिया क्रेज’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पछिल्ला वर्षहरूमा नेपालमा ‘कोरिया क्रेज’ असाधारण रूपमा फैलिएको छ। यसको प्रभाव केवल मनोरञ्जन वा रोजगारीमै सीमित नभई, नेपाली युवाहरूको सोच, संस्कार र जीवनशैलीमा गहिरो रूपमा देखिन थालेको छ। कोरियाली मनोरञ्जन क्षेत्रको लोकप्रियता नेपाली युवाबीच चुलिँदो छ। K-pop, K-drama र कोरियन फिल्महरूले युवाको मन जितेका छन्। BTS, Blackpink, IU, Stray Kids जस्ता कलाकारका फ्यान क्लबहरू mushrooming भइरहेका छन्। काठमाडौंका गल्लीदेखि गाउँका चौतारासम्म कोरियाली गीत गुन्जिन थालेका छन्। केवल गीत–संगीत वा फिल्म मात्र होइन, कोरियन फेसन, मेकअप र खानपान—जस्तै ramen, kimchi, tteokbokki—समेत नेपाली समाजमा गहिरो गरी प्रवेश गरिसकेका छन्। युवाबीच बढ्दो आकर्षण केवल मनोरञ्जनमै सीमित छैन। प्रत्येक वर्ष हजारौं नेपाली EPS प्रणालीमार्फत रोजगारीका लागि कोरिया प्रस्थान गर्छन्। पठाइने विप्रेषणले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा...
आजको राशिफल: २०८२ भदौ ७ गते शनिबार

आजको राशिफल: २०८२ भदौ ७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। ...
Mt. Everest Restaurant मा तीज २०२५, सांस्कृतिक र दर खाने कार्यक्रम सहित उल्लासपूर्वक मनाइने

Mt. Everest Restaurant मा तीज २०२५, सांस्कृतिक र दर खाने कार्यक्रम सहित उल्लासपूर्वक मनाइने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको छेजुदोमा नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रमसहित मनाइने भएको छ। Mount Everest Restaurant Jeju को आयोजनामा शनिबार (अगस्ट २३, २०२५) साँझ ७:३० बजेदेखि सुरु हुने यो कार्यक्रममा तीजको रौनकता झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। आयोजकले जानकारी अनुसार, कार्यक्रममा तीज विशेष दर खाने कार्यक्रम, नेपाली सांस्कृतिक झलकसहितका र नेपाली परिकारहरूको स्वाद उपलब्ध गराइनेछ। समुद्रपारी बसाइमै पनि नेपालीपन झल्काउने र आपसी भेटघाट तथा मनोरञ्जन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। छेजुदोमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरिएको यस कार्यक्रममा इच्छुक सहभागीहरूले Mt. Everest Restaurant, Jeju मा उपस्थित भई सहभागिता जनाउन सक्नेछन्। 🗓️ मिति : अगस्ट २३, २०२५ (शनिबार) 🕢 समय : साँझ ७:३० बजेबाट 📍 स्थान : Mt. Evere...
इन्छनमा रहस्यमयी घटना : मृतकको शरीरमै हरायो २० तोला सुन, ५ जना प्रहरीको अनुसन्धानमा

इन्छनमा रहस्यमयी घटना : मृतकको शरीरमै हरायो २० तोला सुन, ५ जना प्रहरीको अनुसन्धानमा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ। अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो। तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ। नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन। यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...
आजको राशिफल: २०८२ भदौ ६ गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ ६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आर्थिक पक्षमा लाभ हुने संकेत छन्। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। पुरानो प्रयासको राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) काममा सहजता आउनेछ र आत्मविश्वास बढ्नेछ। नजिकका व्यक्तिसँगको संवादमा मधुरता रहनेछ। आर्थिक मामिलामा स्थिरता देखिन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ सोच र विचारहरूलाई अघि बढाउन अवसर मिल्नेछ। सम्बन्धमा आपसी विश्वास बढ्नेछ। दिनको अन्त्यमा मनमा सन्तोष रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उत्साह उच्च रहनेछ। पारिवारिक वातावरणमा खुसी र उमङ्ग बढ्नेछ। नयाँ अवसरलाई प्रयोग गर्न सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा पारिवारिक कार्यक्रममा सक्रियता बढ्नेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। आफ्नो क्षमताले काममा प्रगति गर...
कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख बढी ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै १ करोड ८ लाख बढी ठगी गर्ने महिला पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
वैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगी गर्ने एक महिला राजधानीबाट पक्राउ परेकी छिन्। ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ की ३८ वर्षीया साहारा सुव्वा (थेवे), हाल काठमाडौं महानगरपालिका–१ नक्साल बस्दै आएकी, बुधबार ललितपुरको हरिसिद्धिबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुव्वाले कोरिया पठाइदिन्छु भन्दै हालसम्म नौ जना व्यक्तिबाट झण्डै १ करोड ८ लाख ३० हजार रुपैयाँ असुलेकी थिइन्। प्रारम्भिक अनुसन्धानले उनले पीडितहरुलाई रोजगारीका नाममा प्रलोभन देखाएर रकम लिएको र पैसा उठाइसकेपछि सम्पर्कविहीन हुने गरेको तथ्य खुलाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै

किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै दक्षिण कोरियाको किम्हे आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२५ सेप्टेम्बर ७ तारिक आइतबार किम्हेमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा न्यू भिजन ग्रुप दक्षिण कोरियाको पहलमा किम्हेमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो। नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० हजार वोन, र कम्पनीमै पासपोर्ट पठाउन चाहेमा थप ३,०४० वोन लाग्नेछ।...
JB बैंकको एग्राधिकार तोड्दै अब कोरियामा विदेशीलाई पनि ऋण दिने तयारीमा ठूला बैंकहरू

JB बैंकको एग्राधिकार तोड्दै अब कोरियामा विदेशीलाई पनि ऋण दिने तयारीमा ठूला बैंकहरू

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा अब विदेशी नागरिकहरूले पनि सहजै बैंकबाट क्रेडिट ऋण (신용대출) लिन सक्ने भएका छन्। हालसम्म विदेशीप्रति कडाइ अपनाउने बैंकहरूले दीर्घकालीन ग्राहकको रूपमा आप्रवासी र श्रमिकलाई लक्षित गर्दै नयाँ योजना ल्याउने घोषणा गरेका हुन्। ८ अगस्टको तथ्यांकअनुसार, 하나 बैंक, एनएच नङ्ह्योप बैंक र शिनहान बैंकले विदेशीलाई लक्षित गर्दै छुट्टै क्रेडिट ऋण योजना ल्याउने तयारी गरिरहेका छन्।  • 하나 बैंकले यस महिनाभित्रै १० मिलियन वोन (करिब १ करोड रुपैयाँ) सम्मको ऋण दिने योजना सार्वजनिक गरिसकेको छ।  • एनएच नङ्ह्योप बैंकले ३० मिलियन वोन  • शिनहान बैंकले २० मिलियन वोन सम्मको क्रेडिट ऋण उपलब्ध गराउने तयारी गरिरहेका छन्। विदेशी श्रमिक वा आप्रवासीहरूले नियमित आय भए पनि सामान्य बैंकिङ सेवा वा ऋण सुविधा पाउन निकै कठिनाइ हुँदै आएको थियो। नयाँ योजनाले यस क्षेत्रमा ठूलो राहत दिलाउने अपेक्षा गरिएको छ। ...
रेल दुर्घटनापछि KORAIL का सीईओ हानको तत्काल राजीनामा 

रेल दुर्घटनापछि KORAIL का सीईओ हानको तत्काल राजीनामा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको उत्तर ग्यङ्साङ प्रान्तस्थित छोङ्दोमा भएको रेल दुर्घटनाले देश हल्लिएको छ। मंगलबार बिहान करिब १०:५० बजे ट्र्याक मर्मतमा खटिएका सात कामदारमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। यस भयानक घटनापछि कोरिया रेलरोड (KORAIL) का प्रमुख कार्यकारी अधिकृत हानले नैतिक जिम्मेवारी लिँदै तुरुन्तै राजीनामा दिएका छन्। भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, दुर्घटनाको दिनमै उनले आफ्नो पदत्याग पत्र बुझाएका थिए। हान जुलाई २०२३ मा सीईओ बनेका थिए र उनको कार्यकाल जुलाई २०२६ सम्म रहने तय थियो। तर, दुर्घटनाप्रति जिम्मेवारी स्वीकार गर्दै उनले पद छाड्ने निर्णय गरेका हुन्। ट्र्याकमा मर्मत कार्य भइरहेका बेला अचानक आएको मुङुङ्वा रेलले कामदारहरुलाई ठक्कर दिँदा दुर्घटना भएको पुष्टि भएको छ। यो घटना केवल रेल सुरक्षा प्रणालीमाथि प्रश्न उठाउने मात्र होइन, सार्वजनिक ...