वैदेशिक रोजगारीका नाममा ठूलो रकम ठगी गर्ने एक महिला राजधानीबाट पक्राउ परेकी छिन्।
ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ की ३८ वर्षीया साहारा सुव्वा (थेवे), हाल काठमाडौं महानगरपालिका–१ नक्साल बस्दै आएकी, बुधबार ललितपुरको हरिसिद्धिबाट पक्राउ परेकी हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सुव्वाले कोरिया पठाइदिन्छु भन्दै हालसम्म नौ जना व्यक्तिबाट झण्डै १ करोड ८ लाख ३० हजार रुपैयाँ असुलेकी थिइन्। प्रारम्भिक अनुसन्धानले उनले पीडितहरुलाई रोजगारीका नाममा प्रलोभन देखाएर रकम लिएको र पैसा उठाइसकेपछि सम्पर्कविहीन हुने गरेको तथ्य खुलाएको छ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post Views: 328









