Advertisement
Advertisement

नेपालमा बढ्दो ‘कोरिया क्रेज’

Advertisement
Advertisement

पछिल्ला वर्षहरूमा नेपालमा ‘कोरिया क्रेज’ असाधारण रूपमा फैलिएको छ। यसको प्रभाव केवल मनोरञ्जन वा रोजगारीमै सीमित नभई, नेपाली युवाहरूको सोच, संस्कार र जीवनशैलीमा गहिरो रूपमा देखिन थालेको छ।

कोरियाली मनोरञ्जन क्षेत्रको लोकप्रियता नेपाली युवाबीच चुलिँदो छ। K-pop, K-drama र कोरियन फिल्महरूले युवाको मन जितेका छन्। BTS, Blackpink, IU, Stray Kids जस्ता कलाकारका फ्यान क्लबहरू mushrooming भइरहेका छन्। काठमाडौंका गल्लीदेखि गाउँका चौतारासम्म कोरियाली गीत गुन्जिन थालेका छन्। केवल गीत–संगीत वा फिल्म मात्र होइन, कोरियन फेसन, मेकअप र खानपान—जस्तै ramen, kimchi, tteokbokki—समेत नेपाली समाजमा गहिरो गरी प्रवेश गरिसकेका छन्।

युवाबीच बढ्दो आकर्षण केवल मनोरञ्जनमै सीमित छैन। प्रत्येक वर्ष हजारौं नेपाली EPS प्रणालीमार्फत रोजगारीका लागि कोरिया प्रस्थान गर्छन्। पठाइने विप्रेषणले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा पुर्‍याएको छ। पछिल्लो समय कोरियामा पुगेका धेरै नेपालीहरूलाई E-7 भिसामा सजिलै रूपान्तरण गर्ने अवसर मिलिरहेको छ। यस भिसाले उनीहरूलाई दीर्घकालीन बसाइ मात्र होइन, परिवारलाई समेत कोरिया ल्याउने अवसर दिएको छ। यसले नेपाली समुदायलाई कोरियामा अझ स्थायी रूपमा स्थापित गर्दै लगेको छ, जसले गर्दा युवाको आकर्षण झन् बढ्दो छ।

सरकारले नयाँ पहल स्वरूप नेपालबाटनै Direct E-7 भिसा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यो प्रणाली कार्यान्वयन भएपछि दक्ष जनशक्तिलाई अब EPS मात्र होइन, Nepal Government–Approved Manpower Companies मार्फत नै E-7 भिसामा पठाउन सकिनेछ। यसले रोजगारीको दायरा बढाउने र दक्ष कामदारलाई अझ औपचारिक तरिकाले विदेश पठाउने अपेक्षा गरिएको छ।

तर अर्को पाटो भनेको, केही नेपालीहरू गैरकानूनी रूपमा कोरियामा बसिरहेका छन्। कामदार भिसा सकिए पनि अवैधानिक तरिकाले त्यहाँ रहिरहने, वा भिसा नै नलिएर ‘इलेगल’ रूपमा बसेका नेपालीहरूको संख्या थोरै छैन। यसरी बस्नेहरूले सामाजिक समस्या मात्र होइन, कानूनी जोखिम पनि बेहोर्नु परेको छ। साथै, कतिपयले आफ्नो आम्दानी आधिकारिक बैंकिङ प्रणालीमार्फत नपठाई ‘हुण्डी’ प्रयोग गर्ने गरेको गुनासो समेत सुन्न पाइन्छ। यसले व्यक्तिगत जोखिम मात्र होइन, नेपालको औपचारिक अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ।

यसबाहेक शिक्षाका लागि पनि कोरिया रोज्ने अर्को ठूलो कारण बनेको छ। कोरियाली विश्वविद्यालयहरूको उच्च शैक्षिक स्तर, तुलनात्मक रूपमा किफायती शुल्क, विभिन्न स्कालरशिप अवसर र पढाइपश्चात रोजगारी तथा स्थायी बसाइको सम्भावनाले गर्दा कोरिया अहिले नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बन्दै गएको छ। यस प्रवृत्तिले नेपालमै गुणस्तरीय शिक्षा र अवसरको कमीलाई उजागर गरेको छ।

विशेषज्ञहरूको भनाइमा, नेपालमा देखिएको ‘कोरिया क्रेज’ केवल एक आकर्षण होइन, एउटा जीवनशैली र भविष्यको योजना बनेको छ। यसलाई सकारात्मक ढंगले सदुपयोग गर्दै कोरियाबाट सिकिएको अनुशासन, प्रविधि र श्रम संस्कृतिलाई नेपालमा भित्र्याउन सकियो भने यो प्रवृत्ति सुनौलो अवसरमा बदलिन सक्छ। तर अर्को पाटो भनेको, यसले नेपालमै अवसर सिर्जना गर्न नसक्ने कमजोरीलाई पनि स्पष्ट पारिरहेको छ।

यसरी हेर्दा, नेपालमा बढ्दो ‘कोरिया क्रेज’ एकातिर सम्भावना र अवसरको नयाँ ढोका खोलिरहेको छ भने अर्कोतिर आत्मनिर्भरता र स्वदेशमै अवसर सिर्जनाबारे गम्भीर प्रश्न पनि खडा गरिरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×