Advertisement
Advertisement

भर्खरै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली श्रमिकको मृत्यु, घटना शंकास्पद

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली श्रमिकको मृत्यु, घटना शंकास्पद

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ। मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए। घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए। घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन। यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ। गायन र वाद्...
आजको राशिफल: २०८२ कार्तिक ८ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक ८ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । विशेष काम गर्ने परिस्थितिमा दुविधा वा दोधारको अवस्थामा निर्णय नलिनु नै बेस हुनेछ, बरु जानकार व्यक्तिको सल्लाह लिएरमात्र काम थाल्नु होला । कामधन्दाबाट हिजोअस्ति झैं नै...
नुवाकोट समाज, दक्षिण कोरियाको १२औं वार्षिक साधारण सभा तथा अधिवेशन नोभेम्बर १६ मा हुने

नुवाकोट समाज, दक्षिण कोरियाको १२औं वार्षिक साधारण सभा तथा अधिवेशन नोभेम्बर १६ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“सामाजिक एकता र समृद्ध नुवाकोट, हाम्रो अठोट” भन्ने नारासहित नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो १२औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम आगामी नोभेम्बर १६, २०२५ (बिहान १२ बजे) गर्ने भएको छ। कार्यक्रम राजधानी सउलको देदेमुन–३ नं गेटस्थित नेपाली थाई रेस्टुरेन्टमा हुने समाजले जनाएको छ। कोरियामा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न सबै नुवाकोटवासीलाई उक्त कार्यक्रममा सहभागी हुन समाजले हार्दिक स्वागत तथा निमन्त्रणा गरेको छ। नुवाकोट समाज दक्षिण कोरियाले विगतका वर्षहरूमा नुवाकोट जिल्लामा आपतबिपतका लागि सहयोग, सांस्कृतिक संरक्षण, र प्रवासी नेपालीबीच एकताको भावना विस्तार गर्ने उद्देश्यले निरन्तर रूपमा समाजसेवामूलक कार्य गर्दै आएको छ। कार्यक्रममा नयाँ कार्यसमिति चयन, वार्षिक प्रतिवेदन प्रस्तुतिकरण, सदस्यता नवीकरण तथा आगामी वर्षका योजनाबारे छलफल गरिने जनाइएको छ।...
पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन नोभेम्बर २३ मा हुने

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन नोभेम्बर २३ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:“आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, भूमिमा हाम्रो एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढिरहेको क्षेत्रीय संस्था पर्वत समाज दक्षिण कोरियाले आफ्नो पाँचौ अधिवेशन आगामी नोभेम्बर २३ (आइतबार) का दिन आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष दीपक केसीका अनुसार, चौथो कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भइसकेकाले नयाँ कार्यसमिति चयन गरी संस्थालाई अझ सशक्त र गतिशील बनाउने उद्देश्यका साथ यो अधिवेशन आयोजना गर्न लागिएको हो। सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले प्रवासी पर्वतेहरुलाई एकताको सूत्रमा बाँध्दै विभिन्न परोपकारी, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ। संस्थाका महासचिव डा. कमला केसीले अधिवेशनका सबै तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै, कार्यक्रम बिहान ११:०० बज...
आजको राशिफल: २०८२ कार्तिक ७ गते शुक्रबार

आजको राशिफल: २०८२ कार्तिक ७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । बढी महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नता...
कोरियाको सुवनमा गठन हुँदै ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया

कोरियाको सुवनमा गठन हुँदै ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, समाचार
  “एकता हाम्रो शक्ति, परिवर्तन हाम्रो लक्ष्य” भन्ने नारासहित नयाँ पुस्ताका नेपाली युवाहरूले दक्षिण कोरियामा ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया“ नामक संगठनको समिति गठन गर्ने भएका छन्। उक्त कार्यक्रम यही अक्टोबर २६, आइतबार बिहान १० बजे सुवनस्थित Woori Himalayan Restaurant मा आयोजना हुँदैछ। यो अभियानले “हटेर होइन, डटेर — फुटेर होइन, जुटेर” भन्ने नारा बोकेर देशमा फैलिएको बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध सचेतना जगाउने तथा वैदेशिक भूमिबाटै राष्ट्रिय परिवर्तनमा युवाको भूमिका सशक्त बनाउने लक्ष्य लिएको छ। आयोजकहरूका अनुसार, कोरियामा रहेका युवा पुस्ताबीच राष्ट्रप्रेम, जिम्मेवारी र सहकार्यको भावना जागृत गर्न यो अभियानले विशेष योगदान दिने अपेक्षा गरिएको छ। उनीहरूले भने, “हामी हट्ने होइन, डट्ने हो। फुट्ने होइन, जुट्ने हो। देश बदल्ने हाम्रो पुस्ता हो।” ‘Gen-Z United परिवर्तन’ ले क...
कोरियामा महिनाको १ करोड वोन तलब खाने मेहनती नेपाली : राजन श्रेष्ठको प्रेरणादायी यात्रा

कोरियामा महिनाको १ करोड वोन तलब खाने मेहनती नेपाली : राजन श्रेष्ठको प्रेरणादायी यात्रा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
परिश्रम, अनुशासन र आत्मविश्वासले जे पनि सम्भव हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् — राजन श्रेष्ठ। ईपीएस (E-9) कार्यक्रमअन्तर्गत सामान्य श्रमिकको रूपमा दक्षिण कोरिया आएका उनले आज महिनाको १ करोड वोनभन्दा बढी तलब पाउने स्तरमा पुगेर सम्पूर्ण प्रवासी नेपाली समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्। सुरुवातमा साधारण श्रमिकका रूपमा काम थालेका श्रेष्ठले कठिनाइ, अपमान र चिसो–तातो मौसमको पर्वाह नगरी आफ्नो काममा निरन्तरता दिए। उनका नजिकका साथीहरू भन्छन् — “७:५५ मा उठेर पनि मुख नधोई काममा पुग्ने, र दिनभर घाम–पानीको पर्वाह नगरी काममा तल्लिन रहने राजन दाइजस्तो समर्पण विरलै देखिन्छ।” श्रेष्ठको दैनिकीमा विलास छैन — तर उद्देश्य छ। उनी भन्छन्, “म कमजोर छु भनेर कहिले हरेस खानु हुँदैन। कोरियनले गाली गर्‍यो भनेर डराउने होइन, बरु उसकै काम खोस्ने गरी राम्रो गर्नुपर्छ।” यही आत्मबल र लगनका कारण आ...
स्याङ्जा परिवार दक्षिण कोरियाको नाम परिवर्तन, अब ‘स्याङ्जा समाज दक्षिण कोरिया’

स्याङ्जा परिवार दक्षिण कोरियाको नाम परिवर्तन, अब ‘स्याङ्जा समाज दक्षिण कोरिया’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरी २९ औ बसन्तमा प्रवेश गरेको स्याङ्जा परिवार दक्षिण कोरियाले अब आफ्नो नाम परिवर्तन गरी ‘स्याङ्जा समाज दक्षिण कोरिया’ राख्ने निर्णय गरेको छ। संस्थाले “स्याङ्जाली एकता उपकारी मन, सद्भाव संगै बिताऔं परदेशी जीवन” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै एकीकृत, सशक्त र व्यवस्थित संरचना बनाउने उद्देश्यले संस्थाको नाम आधिकारिक रूपमा परिवर्तन गरेको हो। संस्थाका अध्यक्ष सुशिल गुरुङ र सचिव टोजिन्द्र गुरुङले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ — “संस्थाको विगतका कार्य, संरचना र उद्देश्यलाई निरन्तरता दिँदै अब सबै गतिविधि ‘स्याङ्जा समाज दक्षिण कोरिया’ नामबाट सञ्चालन गरिनेछ।” यससँगै संस्थाका शाखा — स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखा र किम्हे/बुसान शाखा — पनि नयाँ नाम स्याङ्जा समाज दक्षिण कोरिया अन्तर्गत रहनेछन्। २९ वर्षदेखि दक...
आजको राशिफल: २०८२ कार्तिक ६ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक ६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवा...
प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन

प्रधानमन्त्री सुशीला कार्कीको गिरफ्तारी माग गर्दै जेन्जी आन्दोलनको निवेदन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
जेन्जी आन्दोलन, नेपालका तर्फबाट रवि किरण हमालले नेपाल प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध औपचारिक निवेदन दर्ता गरेका छन्। निवेदनमा कार्कीमाथि "सत्ता कु गरेर अवैधानिक रूपमा प्रधानमन्त्री पदमा आसिन भएको" र "जेन्जी विद्रोहका क्रममा युवामाथि भएको हिंसा र बलिदानको अपमान गरेको" आरोप लगाइएको छ। निवेदनमा भनिएको छ, “प्रधानमन्त्री कार्कीले देशका युवाको रगत माथि सत्ता कब्जा गरेर राष्ट्रको गरिमा, गोपनीयता र मर्यादाविपरीत गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गर्नुभएको छ।” रवि किरण हमालले आफ्नो निवेदनमार्फत प्रधानमन्त्री कार्की र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई “भ्रष्टाचार, राष्ट्रविरोधी गतिविधि र बलिदानीहरूको अपमानमा संलग्न भएको” आरोप लगाउँदै तत्काल पक्राउ गरी निष्पक्ष कानुनी छानबिन गर्न माग गरेका छन्। निवेदनमा उल्लेख गरिएको छ कि कार्कीको नेतृत्वमा बनेको सरकारले जेन्जी विद्रो...