Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ कार्तिक १३ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक १३ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्‍याउनेछ। बोलचालमा संयमता आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप ...
आजको राशिफल: २०८२ कार्तिक १२ गते बुधबार

आजको राशिफल: २०८२ कार्तिक १२ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको उर्जा उच्च रहनेछ। नयाँ काम सुरु गर्न मन लाग्न सक्छ। तर योजना बिना कदम चाल्नाले बाधा आउन सक्छ । पहिले राम्रो योजना बनाई अघि बढ्नुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक मामिलामा सुधार आउने संकेत छ। तर अनावश्यक खर्चले घाटा गर्न सक्छ । महत्वपूर्ण खर्च मात्रै गर्नुहोस्। साथीहरू र परिवारसँगको सम्बन्धले मन प्रसन्न बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समय मिलाएर सामाजिक क्रियाकलापमा सहभागि हुनुहोस्। नयाँ मानिसहरू भेट्न सकिन्छ। तर शब्द चयनमा सावधानी गर्नुहोस् । केही कुरा अनायासै विवाद उत्पन्न गर्न सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारसँग मिलेर काम गर्नु लाभदायक हुनेछ। पुराना मतभेदहरू मिल्ने सम्भावना छ। स्वास्थ्यको ख्याल राख्नुहोस् । विश्राम र पोषण पर्याप्त लिनुहोस्। सिंह (मा, मि...
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाको ९औं महाधिवेशन नोभेम्बर ९ मा हुँदै

नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाको ९औं महाधिवेशन नोभेम्बर ९ मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाले आफ्नो ९ औं महाधिवेशन यही नोभेम्बर ९ (आईतवार) का दिन सौलमा गर्ने भएको छ। “रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ स्थापित सस्थाले नोभेम्बर ९ तारिक आईतवारका दिन महाधिवेशन आयोजना गर्न लागेको हो। मध्यान्ह १२:०० बजे देखि सुरु हुने यस् कार्यक्रम सौल स्थित 서울시 종로구 창신길51, 5층 MG 새마을금고 동대문역 EXIT No. 1 बाट २ सय मिटर अगाडि गर्ने निर्धारण गरिएको छ। कार्यक्रममा कोरियामा रहेका विभिन्न समुदाय, संघ–संस्था, तथा नेपाली जनसमुदायको सहभागिता रहने बताइएको छ। आयोजक नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरिया ले सबैलाई महाधिवेशनमा उपस्थित भई एकता, पहिचान र सांस्कृतिक गौरवका लागि सहकार्य गर्न हार्दिक निमन्त्रणा गरेको छ।...
आजको राशिफल: २०८२ कार्तिक ११ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक ११ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको उर्जा र जोश राम्रो रहनेछ। नयाँ योजनाहरु प्रारम्भ गर्न उत्तम समय छ। तर सबै कुरा तुरुन्त निर्णय गरेर अघि नबढ्नुहोस् — सोच-विचार गरेर कदम चाल्नोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्षमा सुधार आउनेछ। अनावश्यक खर्च कटौती गर्न मन लगाउनुहोस्। मित्र र परिवारसँगको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्यमा सानोतिनो समस्या आउन सक्छ — विशेषगरी पेट वा पाचन प्रणालीको ख्याल राख्नुपर्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक संवाद र मानिसहरूसँगको सम्बन्धमा सफलता मिल्नेछ। काममा सहयोगी मिल्नेछ। तर बोली र व्यवहारमा सावधानी अपनाउनुस् — अनावश्यक विवाद नबनोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर र परिवारमा सुखद वातावरण रहनेछ। पुराना मतभेद मिल्ने सम्भावना छ। कामका क्षेत्रमा ध्यान दिने हो भने राम्रो नतिजा मिल्न...
एनआरएन कोरियाको महासचिवमा नरेश शर्मा मनोनित

एनआरएन कोरियाको महासचिवमा नरेश शर्मा मनोनित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
लगातारको विवाद र पद रिक्ततापछि नयाँ नेतृत्वको आगमन बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC South Korea) को कार्यसमितिले नयाँ महासचिवको रूपमा नरेश शर्मालाई मनोनित गरेको छ। संघका तात्कालिन महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) नेपाल फर्किएपछि रिक्त बनेको पदमा शर्मा नियुक्त गरिएको हो। आइतबार दोङ्देमुनस्थित संघको कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार र संरक्षक सहितको बैठकले उक्त निर्णय गरेको हो। गत केही हप्तादेखि संघभित्र आन्तरिक विवाद तीव्र बनेको थियो।उक्त घटनाले संस्था नै विवादको केन्द्रमा परेपछि, नेतृत्वले महासचिवको पद रिक्त घोषणा गर्दै नयाँ अनुशासन र स्थायित्वका लागि नरेश शर्मालाई जिम्मेवारी दिएको हो। बैठकले सो अवसरमा खाली रहेका सचिवमा अनन्त आचार्य,युवा संयोजकमा खगेन्द्र जोशी र सदस्यमा सन्जिब जङ कार्की लाई पनि नयाँ मनोनयन गरेको छ। अध्यक्ष गुरुङले नयाँ...
पूर्वी नेपाल समाज, दक्षिण कोरियाद्वारा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पूर्वी नेपाल समाज, दक्षिण कोरियाद्वारा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ। “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ। कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए । पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएक...
कोरियास्थित इलामेली समाजद्वारा विपद् पीडितलाई आर्थिक सहयोग

कोरियास्थित इलामेली समाजद्वारा विपद् पीडितलाई आर्थिक सहयोग

Breaking News, जानकारी, भर्खरै, समाचार
हालै असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण इलाम जिल्लामा आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि, दक्षिण कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोगका हात अघि सारेका छन्। दक्षिण कोरियामा रहेका प्रवासी इलामेलीहरूद्वारा स्थापित इलामेली समाज, दक्षिण कोरिया ले बाढी–पहिरो पीडितका लागि सहयोगार्थ राहत संकलन गरी ९६ लाख २ हजार ६५० कोरियन वन (करिब रु. ९ लाख ४१ हजार ७००) रकम संकलन गरेको जनाएको छ। यस रकमबाट ३९ जना मृतक र १ जना वेपत्ता परिवार गरी ४० परिवारलाई जनही रु. १०,००० का दरले रु. ४ लाख राहत वितरण गरिएको छ। साथै, थप रु. ५ लाख ४१ हजार ७०० रकम जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। रकम हस्तान्तरणका अवसरमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, उपप्रमुख चित्रकला बराईली, जिल्ला समन्वय अधिकृत प्रेमकुमार काफ्ले, प्रशासन अधिकृत हरिकुमार थापा मगर, इलाम नगरपालिका प्...
२०औं MAMF–2025 मा सुदूरपश्चिम समाज बुसानद्वारा भव्य देउडा प्रस्तुति 

२०औं MAMF–2025 मा सुदूरपश्चिम समाज बुसानद्वारा भव्य देउडा प्रस्तुति 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ। देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे। कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए। उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो। सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।...
आजको राशिफल: २०८२ कार्तिक १० गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक १० गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । तारिफयोग्य काम गरेर दङ्गपर्ने दिन हो, तर आज चुनौती र सङ्घर्षका माझमा काम निकालेर इज्जत जोगाउन सकिने समय हो । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  प्रतिष्ठा र सम्मानमा अभिबृद्धि हुनेछ । कुनै धार्मिक÷ऐतिहासिक महत्त्वको क्षेत्रको भ्रमण पनि हुनसक्छ, तर सानातिना बिमारी र चोटपटकको सम्भावना छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुब...
आजको राशिफल: २०८२ कार्तिक ९ गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक ९ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्न...