Advertisement
Advertisement

Breaking News

नेपाली प्रवासि मञ्च (onf)किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन जुलाइ २८ मा हुने

नेपाली प्रवासि मञ्च (onf)किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन जुलाइ २८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा एमाले प्रबास संगठन प्रवासि नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको अधिबेशन २०२४ जुलाइ २८मा गर्ने भएको छ । किम्हे बुसान समितिको बैठक ले सातौ महिना अर्थात् जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ ...
दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

दक्षिण कोरियाको गुमिमा कम्पनी दुर्घटनामा एक नेपाली युबकको दु:खद निधन

Breaking News, जानकारी, भर्खरै
  बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो । दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे लगत्तै नेपाल राजदुतावास दक्षिण कोरिया र नेपाल घर परिवारलाइ पनि जानकारी गराइसकेको र कोरियाको बाँकी पुलिस रिपोर्ट आइसकेपछी दुतावासले आगामी प्रकृया अगाडि बढाउने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका आध्यक्ष राजु लामा (राज लोप्चनले) बताउनु भएको छ। कम्पनीमा काम गर्दा होस् या जुनसुकै बेला आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नुहोला कम्पनिको सेफ्टी पूर्ण मात्रामा प्रयोग गर्नुहोला ,गर्मी बढ्दो छ पानी धेरै पिउनुहोला पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य लाई दि...
भोजपुर परिवार दक्षिण कोरियाले “छुसक डान्स पार्टी २०२४” ‌ गर्ने

भोजपुर परिवार दक्षिण कोरियाले “छुसक डान्स पार्टी २०२४” ‌ गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ  सेप्टेम्बर १५ तारिखका दिन सउलमा “छुसक डान्स पार्टी २०२४”आयोजना गर्नेभएको छ।   भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले  पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रमुख शहर को 서울시  중구  퇴계로  217 충무로4가 (진양상가 2층)  मा आउँदो सेप्टेम्बर १५ तारिख साझ ७ बजेदेखी भोली बिहान ५ बजेसम्म ननस्टप डिजे डान्स पार्टी  गर्ने भएको हो।  कार्यक्रममा नेपालका चर्चित कलाकार डिजे AMU लाई आमन्त्रित गरी लोकल डिजे TSHERING को साथमा यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको तयारी भइरहेको समाजका अध्...
छुसकमा LAURE & BAD KOMPANY को साथमा “नेपकोर नाइट” हुने

छुसकमा LAURE & BAD KOMPANY को साथमा “नेपकोर नाइट” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ। कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्। युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु...
नोक्सान नेपाली युवा परिवार बुसान कोरियाको चौथो अधिवेशनबाट राजेन्द्र प्रसाद लामिछानेको नेतृत्वमा कार्यसमिति चयन

नोक्सान नेपाली युवा परिवार बुसान कोरियाको चौथो अधिवेशनबाट राजेन्द्र प्रसाद लामिछानेको नेतृत्वमा कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै
बोमजन गुरुङ:दक्षिण कोरिया बुसानमा रहेको चिरपरिचित नेपालीहरुको साझा संस्था नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन सम्पन्न भएको छ । नोक्सान पार्कमा भएको उक्त अधिवेशनबाट संस्थाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र सोही संस्थाका संरक्षक संगित अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्की, सुदुरपश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु, नोक्सान नेपाली युवा परिवारका संस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने, संस्थाका सल्लाहकारहरु दिल गाहा, शिबराम आचार्य, जनकराज पौडेल, मामा हर्क राई, पवन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । संस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव केशव रिमालले कार्यक्रम सन्चालन गरेका थिए । प्रमुख अतिथि अधिकारिले परदेशी नेपालीहरुको...
तीस लाख कोरियन वोन सहित प्रथम मगर संसार भलिबलको उपाधि बागलुङ समाज थेगु शाखा कोरियाको पोल्टामा

तीस लाख कोरियन वोन सहित प्रथम मगर संसार भलिबलको उपाधि बागलुङ समाज थेगु शाखा कोरियाको पोल्टामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प...
सुवन शो  “पुजार सार्की” को आय व्यय सार्वजानिक,७६ लाख वढि बचत

सुवन शो “पुजार सार्की” को आय व्यय सार्वजानिक,७६ लाख वढि बचत

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो । चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो । चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अ‍ोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो। संस्थ...
कांग्रेसभित्र फोहोर गर्नेहरू भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ: गगन थापा

कांग्रेसभित्र फोहोर गर्नेहरू भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ: गगन थापा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए। ‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने। उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।...
कोरियाको ह्वासङमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी

कोरियाको ह्वासङमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाको ह्वासङ स्थित एक ब्याट्री कम्पनी आगलागिमा परि हाल सम्म २२ जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ।  मृत्यु हुने २२ मध्ये २० विदेशी  त्यहाँ एक थप बेपत्ता व्यक्ति छन् जो सम्पर्क बाहिर छन्, त्यसैले मानवीय क्षतिको मात्र बढ्न सक्ने सम्भावना छ। मृतक २२ मध्ये २० जना विदेशी जसमा १८ चिनियाँ, १ लाओस  र १ अज्ञात। साथै अन्य दुई जना कोरियाली भएको पुष्टि भएको छ ।मृतकको व्यक्तिगत विवरण भने अहिलेसम्म पुष्टि भएको छैन । शरीर नराम्रो रूपमा क्षतिग्रस्त भएकोले कि लिंग मात्र पहिचान गर्न सकिने र मान्छे नै  सही पहिचान गर्नको लागि चाँही भविष्यमा डीएनए परीक्षण गर्नु पर्ने हुन सक्छ  । आगलागी हुँदा मृत्यु भएका सबै कामदार कारखानाको दोस्रो तल्लामा फेला परेका हुन। दमकल विभागका एक अधिकारीका अनुसार , "सबै शवहरू दोस्रो तल्लामा थिए। ती एकै ठाउँमा थिएनन्, तर धेरै ठाउँमा छरिएका थिए। उद्धारकर्मीहरूल...
आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध शक्ति प्रदर्शनका रूपमा अमेरिकी विमानवाहक पोत दक्षिण कोरियामा

Breaking News, जानकारी, भर्खरै
  रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न अमेरिकाले सैन्य तालिम बढाउँदै जापानलाई समावेश गर्ने तीनतर्फी युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुगेको छ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै साता भएको ठूलो सम्झौताको विरोधमा दक्षिण कोरियाले रुसी राजदूतलाई बोलाएको एक दिनपछि बुसानमा युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक समूहको आगमन भएको हो । उत्तर कोरिया र रुसबीच भएको सम्झौताले युद्धको अवस्थामा आपसी रक्षा सहयोग गर्ने वाचा गरेको छ ।  दक्षिण कोरियाले उक्त सम्झौता उसको सुरक्षाका लागि खतरा भएको बताएको छ । उसले प्रतिक्रियास्वरूप रुसी आक्रमणविरुद्ध लड्न सहयोग गर्नका लागि युक्रेनलाई हतियार पठाउनेबारे विचार गर्नसक्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको उक्त कदमले निश्चितरूपमा मस्कोसँगको सम्बन्ध ...