बिशाल आवाज: स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ३ धुस्कुन हिले भइ हाल दक्षिण कोरियाको 경상북도 구미 भन्ने ठाउँमा होम पाइप बन्ने कम्पनिमा काम गर्ने प्रकाश भन्डारीको बुधवार बिहान ११ बजे कार्यस्थलमा काम गर्दा गर्दै दुर्घटनामा परि दु:खद निधन भएको हो ।
दक्षिण कोरिया प्रबेश गरेको १६ महिना मात्र भएको मृतकको घटना घटे लगत्तै नेपाल राजदुतावास दक्षिण कोरिया र नेपाल घर परिवारलाइ पनि जानकारी गराइसकेको र कोरियाको बाँकी पुलिस रिपोर्ट आइसकेपछी दुतावासले आगामी प्रकृया अगाडि बढाउने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका आध्यक्ष राजु लामा (राज लोप्चनले) बताउनु भएको छ।

कम्पनीमा काम गर्दा होस् या जुनसुकै बेला आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नुहोला कम्पनिको सेफ्टी पूर्ण मात्रामा प्रयोग गर्नुहोला ,गर्मी बढ्दो छ पानी धेरै पिउनुहोला पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य लाई दिनु होला









