किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा लिम्बू समुदायको महान चाड ‘चासोक तङनाम’ (येले तङ्बे ५०८५ – उधौली पर्व) को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी डिसेम्बर ७, आइतबार का दिन सौलमा भव्य रूपमा आयोजना गरिने भएको छ।
आयोजकका अनुसार बिगतका वर्षहरूझै यस वर्ष पनि आफ्नै भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै यो पर्वलाई समुदायको एकता, पहिचान र सहकार्यको प्रतीकका रूपमा मनाइनेछ।
कार्यक्रममा चर्चित याक्थुङ गायक–गायिकाहरूको बेजोड प्रस्तुति, साथै मौलिक नृत्य यालाङ (धान नाच), च्याब्रुङ नाच (के–लाङ), र मौलिक परिकारहरू याङ्वेन, तोङ्बा लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू रहने बताइएको छ।
आयोजकले कोरियामा क्रियाशील विभिन्न संघ–संस्था, राजनीतिक दल, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विद्यार्थी, याक्थुङ तथा गैर–याक...
२ मंसिर २०८२, सोमबार १३:२०२ मंसिर २०८२, सोमबार १३:२०२ मंसिर २०८२, सोमबार १३:२० by विशाल श्रेष्ठNo Comments
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आफ्नो १९औँ साधारण सभा तथा अधिवेशनको तयारी अन्तर्गत साधारण तथा आजीवन सदस्यता दर्ता र नवीकरण प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। समाजको १८औँ कार्यसमितिको मिति २०२५/११/१५ मा बसेको बैठकको निर्णयअनुसार मिति २०२६/१/११ मा हुने अधिवेसन र साधारण सभालाई लक्षित गर्दै सदस्यता नवीकरण तथा नयाँ दर्ता सुरु गरिएको हो।
दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ–दिदीबहिनीलाई एकताबद्ध र संगठित बनाउने उद्देश्यले हरेक वर्ष झैँ यो वर्ष पनि सदस्यता प्रक्रिया सुचारु गरिएकोमा समाजले सबैलाई समयमै सहभागिता जनाइदिन हार्दिक अपिल गरेको छ। समाजको पहिचान, जिम्मेवारी र एकताको आधार बलियो बनाउन दर्ता तथा नवीकरण अत्यन्त महत्वपूर्ण रहेको जनाइएको छ।
सदस्यता शुल्क:
• आजीवन सदस्यता शुल्क: १ लाख वोन
• साधारण सदस्यता शुल्क: १० हजार वोन
• सदस्यता नवीकरण: १० हजार वोन
बैंक...
२ मंसिर २०८२, सोमबार १२:५२२ मंसिर २०८२, सोमबार १२:५२२ मंसिर २०८२, सोमबार १२:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय समुदायमूलक संस्था राप्ती समाज, दक्षिण कोरियाले आगामी नोभेम्बर ३० (आइतबार) का दिन सुवनमा भव्य भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ।
सन् २००६ मा स्थापना भएको संस्थाले “हामी जहाँ भए पनि हाम्रो एउटा विशेषता — विशुद्ध सामाजिक कार्यका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका हक–हितका लागि निरन्तर सामाजिक सेवा तथा आपतकालीन सहयोग गर्दै आएको छ।
समाजका अध्यक्ष किसन ओलीका अनुसार, कार्यक्रमको उद्देश्य कोरियाका विभिन्न स्थानमा बसोबास गरिरहेका राप्तीबासीबीच आपसी चिनजान, सम्बन्ध विस्तार तथा सामाजिक एकता मजबुत गर्नु रहेको छ। साथै, समाजको गतिविधिमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई प्रमाण–पत्र हस्तान्तरण पनि गरिने अध्यक्ष ओलीले बताउनुभयो।
कार्यक्रम आइतबार बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन...
२ मंसिर २०८२, सोमबार ०७:४३२ मंसिर २०८२, सोमबार ०७:४३२ मंसिर २०८२, सोमबार ०७:४३ by विशाल श्रेष्ठNo Comments
नेपाल तमाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन–२०२५ यही नोभेम्बर २३ (आइतबार)सउलको दोङ्देमुनस्थित सभाहलमा भव्य रूपमा हुने भएको छ। “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्दै संगठनको पहिचान र अस्तित्व मजबूत बनाउने” उद्देश्यसहित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि पाँच जना आकांक्षी दाबीका साथ अघि आएको बुझिएको छ। संगठनभित्र स्वस्थ प्रतिस्पर्धा र पारदर्शी प्रक्रियासहित नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।
अध्यक्ष पदका पाँच आकांक्षी :
1. रामबहादुर तामाङ – हालको वरिष्ठ उपाध्यक्ष
2. दावा फिन्जो तामाङ – हालका महासचिव
3. बुद्धिबहादुर तामाङ (BB Syangtan) – हालका उपाध्यक्ष
4. गणेश योंजन तामाङ – हालका उपाध्यक्ष
5. पूर्णमान तामाङ – हालका सह-कोषाध्यक्ष
कार्यक्रम नोभेम्बर २३ तारिक आईतवार मध्यान्ह ठिक १२:००...
१ मंसिर २०८२, आईतवार १०:२९१ मंसिर २०८२, आईतवार १०:२९१ मंसिर २०८२, आईतवार १०:२९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो।
अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सि...
२८ कार्तिक २०८२, बिहीबार ०९:४१२८ कार्तिक २०८२, बिहीबार ०९:४१२८ कार्तिक २०८२, बिहीबार ०९:४१ by विशाल श्रेष्ठNo Comments
प्रवासी श्रमिकहरूको हक अधिकारको सुनिश्चितताका लागि सक्रिय प्रवासी श्रमिक संगठन माइग्रेन्ट्स ट्रेड युनियन (MTU) ले नोभेम्बर १६, आइतबार का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ।
यस कार्यक्रममा श्रमिकहरूका लागि महत्वपूर्ण रहेका विषयहरू — श्रम कानून, ईपीएस प्रणाली, श्रम अनुमति प्रणाली (WPS) लगायतका विषयमा छलफल तथा जानकारी प्रदान गरिनेछ। साथै, श्रमिकहरूले सामना गर्ने समस्या र त्यसका सम्भावित समाधानका उपायबारे पनि विस्तृत अन्तरक्रिया हुने आयोजकहरूले जनाएका छन्।
कार्यक्रम दिउँसो १:३० बजे सुरु हुनेछ।
स्थान — Train Line No. 1, Suwon Station Gate No. 10 (경기도 수원시 팔달구 덕영대로 923-10, 108호)
कार्यक्रममा सबै प्रवासी नेपाली श्रमिकहरूलाई सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्।
सम्पर्क:
📞 उदय बहादुर राई – 010-6516-2091
📞 लालु सिंजाली – 010-3548-12...
२७ कार्तिक २०८२, बुधबार १८:११२७ कार्तिक २०८२, बुधबार १८:११२७ कार्तिक २०८२, बुधबार १८:११ by विशाल श्रेष्ठNo Comments
कोरियामा निधन भएका विद्यार्थी रोशन पाख्रिनको पार्थिव शरीर नेपाल पठाउन सहयोग अभियान सुरु
डोंग-ए विश्वविद्यालय, बुसानमा अध्ययनरत नेपाली विद्यार्थी रोशन बहादुर पाख्रिनको निधनपछि उनको पार्थिव शरीर नेपाल पठाउने तयारीका क्रममा आर्थिक संकलन अभियान सुरु गरिएको छ।
नेपाली विद्यार्थी समाज (SONSIK) को पहलमा तथा Nepalese Community in Busan (NCB) सँगको समन्वयमा सुरु गरिएको उक्त Fundraising Campaign मार्फत हाल आवश्यक खर्च करिब ₩14,000,000 (१ करोड ४० लाख कोरियन वोन) जुटाउने लक्ष्य राखिएको छ।
२०२५ नोभेम्बर ७ तारिखमा आत्महत्याको प्रयासपछि पाख्रिनलाई अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि नोभेम्बर १० तारिखमा उनको निधन भएको SONSIK ले जनाएको छ।
उनको उपचार खर्च, आवश्यक कागजी प्रक्रिया, र पार्थिव शरीर नेपाल पठाउने सम्पूर्ण व्यवस्थाका लागि ठूलो खर्च आवश्यक परेकोले सामूहिक रू...
२७ कार्तिक २०८२, बुधबार १०:२५२७ कार्तिक २०८२, बुधबार १०:२५२७ कार्तिक २०८२, बुधबार १०:२५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रोजगारीका सिलसिलामा रहेका खोटाङका युवा चन्द्र कुमार राई गम्भीर सवारी दुर्घटनामा परेपछि हाल अस्पतालमा संघर्ष गरिरहेका छन्।
राईको स्थायी ठेगाना खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी हो। उनी तीन महिना अघि मात्र कामदारका रूपमा छल्लानाम्दो मोक्पोको हेनाम्गुन क्षेत्रमा आएका थिए। गत नोभेम्बर २ (आइतबार) बिहान करिब ६ बजे कार्यस्थल जाँदै गर्दा दुर्घटनामा परेका राईको दुबै खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएको परिवारले जनाएको छ।
दुर्घटनापछि उनलाई क्रमशः 목포 한국병원, 광주 전남대학교병원, र अहिले 을지대학교병원 대전मा स्थानान्तरण गरी उपचार जारी राखिएको छ।
🔹 गम्भीर अवस्था
• देब्रे खुट्टा पूर्ण रूपमा क्षतिग्रस्त भई काट्नुपर्ने अवस्था आएको छ।
• दाहिने खुट्टा जोडिन्छ कि भन्ने आशामा उपचार भइरहेको छ।
दुर्घटनाको बेला उनको बिमा समेत साहुले नगरेको कारण उपचार खर्च अत्यधिक बढेको र परिवार आर्थ...
२७ कार्तिक २०८२, बुधबार ०८:४३२७ कार्तिक २०८२, बुधबार ०८:४३२७ कार्तिक २०८२, बुधबार ०८:४३ by विशाल श्रेष्ठNo Comments
२०२५ अक्टोबर २५ का दिन कोरियामा भएको छिगेछा दुर्घटनामा दुखद रूपमा ज्यान गुमाएका दोहोरि गायक केहर सिंह छन्त्यालको परिवारका लागि कोरियामा संकलित सहयोग रकम नेपालमा हस्तान्तरण गरिएको छ।
कोरियामा उही भाषा पढेका साथीहरूको पहल र सक्रियतामा संकलित उक्त रकम २०२५ नोभेम्बर ११ का दिन पोखरास्थित मृतकको अस्थायी निवासमा पुगेर उनकी जीवनसंगीनी पुनम छन्त्यालको हातमा र उहीकै NIC Asia बैंक खातामा जम्मा गरिएको हो।
कुल संकलित रकम ₩120,88,360 (नेपाली रूपैयाँ ११ लाख ७१ हजार ५००) रहेकोमा,
👉 रु. ३ लाख नगद रूपमा हस्तान्तरण गरिएको र
👉 बाँकी रु. ८ लाख ७१ हजार ५ सय बैंक खातामा डिपोजिट गरिएको बताइएको छ।
सहयोग संकलनमा विशेष भूमिका निभाउने साथीहरूमा
नरेन गुरुङ (लम्जुङ), विनोद पारियार (गोर्खा), राजु बिक (तनहु), रिसि श्रेष्ठ (तनहु), सुनिल गुरुङ (तनहु), जीवन जिसी (पोखरा), सुमन गुरुङ (पोखरा), केदार अधिकार (हेटौंडा...
२७ कार्तिक २०८२, बुधबार ०८:३२२७ कार्तिक २०८२, बुधबार ०८:३२२७ कार्तिक २०८२, बुधबार ०८:३२ by विशाल श्रेष्ठNo Comments
हालै दक्षिण कोरियामा सडक दुर्घटनामा परी निधन भएकी नेपाली विद्यार्थी मनिषा दाहालको घटनापछि सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रियाबारे झापाली समाज, कोरियाका अध्यक्ष अजय श्रेष्ठले सामाजिक सन्जाल फेसबुक मार्फत विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्।
श्रेष्ठका अनुसार, उक्त घटना सोमबार बिहान करिब ९ बजे जानकारी प्राप्त भएको थियो। त्यसबेला देखि नै सुजन उप्रेती लगायतका साथीहरू र स्वयं अध्यक्ष श्रेष्ठले मृतकको परिवार, नेपाल दूतावास, र कोरियाली प्रहरी प्रशासनसँग निरन्तर समन्वय गर्दै कानूनी प्रक्रिया अघि बढाउन प्रयास गरिरहेका थिए।
तर, उनले जनाएअनुसार कानूनी रूपमा कोरियाली प्रहरी र अस्पतालबाट आवश्यक लिखित प्रमाण प्राप्त नभएसम्म दूतावासले कुनै पनि औपचारिक प्रक्रिया अघि बढाउन नपाउने प्रावधान भएकाले केही ढिलाइ भएको थियो।
सो ढिलाइका कारण केही व्यक्तिहरूले दूतावासमाथि आरोप लगाएको भन्दै श्रेष्ठले ख...