किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजनामा लिम्बू समुदायको महान चाड ‘चासोक तङनाम’ (येले तङ्बे ५०८५ – उधौली पर्व) को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आगामी डिसेम्बर ७, आइतबार का दिन सौलमा भव्य रूपमा आयोजना गरिने भएको छ।
आयोजकका अनुसार बिगतका वर्षहरूझै यस वर्ष पनि आफ्नै भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै यो पर्वलाई समुदायको एकता, पहिचान र सहकार्यको प्रतीकका रूपमा मनाइनेछ।
कार्यक्रममा चर्चित याक्थुङ गायक–गायिकाहरूको बेजोड प्रस्तुति, साथै मौलिक नृत्य यालाङ (धान नाच), च्याब्रुङ नाच (के–लाङ), र मौलिक परिकारहरू याङ्वेन, तोङ्बा लगायतका विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू रहने बताइएको छ।

आयोजकले कोरियामा क्रियाशील विभिन्न संघ–संस्था, राजनीतिक दल, बुद्धिजीवी, व्यवसायी, पत्रकार, विद्यार्थी, याक्थुङ तथा गैर–याक्थुङ सबै महानुभावहरूलाई उक्त कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
📍 कार्यक्रम स्थल:
서울특별시 동대문구 청량리동 774 번지 (완산로 37길 27) 현대코아 서관 B1층
🚆 Seoul Metro Line No.1, 청량리역 Exit 2 बाट ५० मिटर हिँड्दा पुगिन्छ।
🚎 बस मार्ग: 동대문역 (Gate 4) बाट 261, 270, 271, 420, 720, 2233, 201, 105 मध्ये कुनै पनि बसमा चढी 청량리수산시장, 청량리역환승센터 वा 현대코아मा झर्न सकिन्छ।
📞 सम्पर्क व्यक्तिहरू:
• बिनोद सौदेन – 010-7617-4915
• बिरेन लिङदेन – 010-5879-3556
• हर्क चेम्जोङ – 010-6672-3303
• डी.बी. योङहाङ – 010-5575-2210









