विशाल श्रेष्ठ/दक्षिण कोरिया:नेपकोर इन्टरटेन्मेन्ट को आयोजनामा छुसक को अवसरमा सेप्टेम्बर १५ तारिख आइतबार का दिन कोरियाको सउलमा चर्चित र्यापर लाउरे एण्ड ब्याड कम्पनीको साथमा नेपकोर नाइट हुने भएको छ।
कोरियामा रहेका युवा हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "नेपकोर इन्टरटेन्मेन्ट"ले यसपाली कोरियन पर्व छुसक को अबसरमा यूवा पुस्तामाझ चर्चित र्यापर आशिष राना AKA लाउरे एण्ड ब्याड कम्पनी र BIKRAM LAMA ,GM-ZOON,TJAY,DJ RX,DJPUNK,DJ KWON YEONSU को साथमा BANPO FOUNTAIN BRIDGE नजिकै नेपकोर नाइट गर्ने भएको हो।सउलमा हुने यो छुसक ग्राण्ड इभेन्ट को होस्ट भने अनितले गर्नेछन्।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । झण्डै ३० जना युवाहरु...
१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७१२ असार २०८१, मंगलवार ११:०७ by विशाल श्रेष्ठNo Comments
बोमजन गुरुङ:दक्षिण कोरिया बुसानमा रहेको चिरपरिचित नेपालीहरुको साझा संस्था नोक्सान नेपाली युवा परिवारको चौथो अधिवेशन सम्पन्न भएको छ । नोक्सान पार्कमा भएको उक्त अधिवेशनबाट संस्थाका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र सोही संस्थाका संरक्षक संगित अधिकारीको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा नेपाल सम्पर्क समिति बुसानका अध्यक्ष चन्द्र कार्की, सुदुरपश्चिम समाज बुसानका अध्यक्ष देबराज बडु, नोक्सान नेपाली युवा परिवारका संस्थापक सदस्य तथा सल्लाहकार राजेन्द्र प्रसाद लामिछाने, संस्थाका सल्लाहकारहरु दिल गाहा, शिबराम आचार्य, जनकराज पौडेल, मामा हर्क राई, पवन पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
संस्थाका सदस्य आयुश खड्काको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका महासचिव केशव रिमालले कार्यक्रम सन्चालन गरेका थिए । प्रमुख अतिथि अधिकारिले परदेशी नेपालीहरुको...
१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८१२ असार २०८१, मंगलवार १०:२८ by विशाल श्रेष्ठNo Comments
अनलाईन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप/पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख कोरियन वोन सहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।
मगर संसार राहतकोष सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो पटक प...
१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५१२ असार २०८१, मंगलवार ०८:१५ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज द्दारा प्रदर्शित नेपाली कथानक चलचित्र ‘पुजार सार्की’ सुवन शोको आयब्यय सार्वजनिक गरिएको छ। आपतकालीन राहतकोष सहयोगार्थ जुन ९ तारिक प्रदर्शन गरिएको चलचित्रको आयब्यय सार्वजानिक भएको हो ।
चलचित्र प्रदर्शनवाट कुल १करोड ५ लाख ३६ हजार २ सय बत्तिस कोरियन वन आम्दानी भएको छ । आम्दानी मध्ये २८ लाख ६० हजार वन खर्च भएको छ भने ७६ लाख ७६ हजार २ सय बत्तिस कोरियन वन बचत भएको राप्ती समाजका अध्यक्ष अमृत के सीले जानकारी दिनुभयो ।
चलचित्र प्रदर्शनीका लागि टिकट स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा अोली एजुकेशनका संचालक ओमलाल ओलीले गर्नुभएको थियो भने पोष्टर स्पोन्सर राप्ती समाज दक्षिण कोरियाका विशेष सल्लाहकार तथा JB BANK सुवन शाखाका कर्मचारी कमला साउदले गर्नुभएको थियो। साथै रेष्टुरेण्ट पार्टनरमा सुवनको भेटघाट रेष्टुरेण्ट रहेको थियो भने रेमिटमा QS रेमिट रहेको थियो।
संस्थ...
११ असार २०८१, सोमबार ११:२५११ असार २०८१, सोमबार ११:२५११ असार २०८१, सोमबार ११:२५ by विशाल श्रेष्ठNo Comments
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र रहेको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा भएको नन्दप्रसाद शिवाकोटी स्मृति ग्रन्थ विमोचन समारोहमा बोल्दै थापाले कांग्रेसभित्र थोरै फोहोर रहे पनि सफा गर्नुपर्ने बताए।
‘कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ, फोहोर सफा गर्नका लागि ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन। कांग्रेसभित्र फोहोर थोरै छ, तर सफाको अंश धेरै छ। फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,’ थापाले भने।
उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित रहेको बताए। साथै उनले पार्टीलाई योगदान दिएका पात्रहरुलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए।...
११ असार २०८१, सोमबार ०९:१८११ असार २०८१, सोमबार ०९:१८११ असार २०८१, सोमबार ०९:१८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ह्वासङ स्थित एक ब्याट्री कम्पनी आगलागिमा परि हाल सम्म २२ जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ।
मृत्यु हुने २२ मध्ये २० विदेशी
त्यहाँ एक थप बेपत्ता व्यक्ति छन् जो सम्पर्क बाहिर छन्, त्यसैले मानवीय क्षतिको मात्र बढ्न सक्ने सम्भावना छ।
मृतक २२ मध्ये २० जना विदेशी जसमा १८ चिनियाँ, १ लाओस र १ अज्ञात। साथै अन्य दुई जना कोरियाली भएको पुष्टि भएको छ ।मृतकको व्यक्तिगत विवरण भने अहिलेसम्म पुष्टि भएको छैन । शरीर नराम्रो रूपमा क्षतिग्रस्त भएकोले कि लिंग मात्र पहिचान गर्न सकिने र मान्छे नै सही पहिचान गर्नको लागि चाँही भविष्यमा डीएनए परीक्षण गर्नु पर्ने हुन सक्छ ।
आगलागी हुँदा मृत्यु भएका सबै कामदार कारखानाको दोस्रो तल्लामा फेला परेका हुन। दमकल विभागका एक अधिकारीका अनुसार , "सबै शवहरू दोस्रो तल्लामा थिए। ती एकै ठाउँमा थिएनन्, तर धेरै ठाउँमा छरिएका थिए। उद्धारकर्मीहरूल...
११ असार २०८१, सोमबार ०२:३१११ असार २०८१, सोमबार ०२:३१११ असार २०८१, सोमबार ०२:३१ by विशाल श्रेष्ठNo Comments
रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न अमेरिकाले सैन्य तालिम बढाउँदै जापानलाई समावेश गर्ने तीनतर्फी युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुगेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै साता भएको ठूलो सम्झौताको विरोधमा दक्षिण कोरियाले रुसी राजदूतलाई बोलाएको एक दिनपछि बुसानमा युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक समूहको आगमन भएको हो ।
उत्तर कोरिया र रुसबीच भएको सम्झौताले युद्धको अवस्थामा आपसी रक्षा सहयोग गर्ने वाचा गरेको छ ।
दक्षिण कोरियाले उक्त सम्झौता उसको सुरक्षाका लागि खतरा भएको बताएको छ । उसले प्रतिक्रियास्वरूप रुसी आक्रमणविरुद्ध लड्न सहयोग गर्नका लागि युक्रेनलाई हतियार पठाउनेबारे विचार गर्नसक्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको उक्त कदमले निश्चितरूपमा मस्कोसँगको सम्बन्ध ...
१० असार २०८१, आईतवार १४:३३१० असार २०८१, आईतवार १४:३३१० असार २०८१, आईतवार १४:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: झापाली समाज दक्षिण कोरियाले कोरियन महान चाड छुसकको अवसर पारेर सेप्टेम्बर १५ तारिखका दिन सुवनमा नाइट डान्स पार्टी कार्यक्रम आयोजना गर्नेभएको छ।
झापा घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली हरु मिली स्थापना गरेको झापाली समाज दक्षिण कोरियाले सधैँ काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ छुसक को अवसर पारेर कोरियाको प्रख्यात सहर सुवनमा आउँदो सेप्टेम्बर १५ तारिख राति नाइट गर्ने भएको हो।
कार्यक्रममा नेपालका चर्चित कलाकार लाई आमन्त्रित गरी यसपालीको छुसक धमाका भव्य बनाउने योजनाका साथ कार्यक्रमको प्रारम्भिक तयारी भइरहेको समाजका अध्यक्ष अजय श्रेष्ठले विशाल आवाजलाई जानकारी गराउनुभएको छ।
साथै यसपालिको सुवनमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हातेमालो गरिदिनुहुन आयोजकले आह्वान समेत गर...
१० असार २०८१, आईतवार १०:२२१० असार २०८१, आईतवार १०:२२१० असार २०८१, आईतवार १०:२२ by एलिनाNo Comments
दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् ।
‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’, उनको विज्ञप्तिमा उल्लेख छ, ‘यसबिच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ...
१० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४११० असार २०८१, आईतवार ०६:४१ by विशाल श्रेष्ठNo Comments
विमल सिं लामा :दक्षिण कोरियामा रहेका काभ्रे जिल्लाबासीहरुका साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले आफ्नो जिल्लाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस बर्ष जिल्लाको ३ वटा स्थानीय निकायका ९ वटा सरकारी तथा सामुदायिक विद्यालयका "गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहयोग" कार्यक्रम सपन्न गरेको संस्थाका अध्यक्ष सुमन चौलागाईले बताएका हुन्।
यस सहयोग मार्फत महाभारत, खानिखोला र रोशी गाउँपालिका १३५ जना भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । "संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा कम्जोर आर्थिक स्थिति भएका विद्यार्थीहरुलाई संस्थाको लोगो अंकित स्कुल ब्याग, क्यालकुलेटर, जियोमेट्री बक्स, कापी, डट्पेन, पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको हो।" अध्यक्ष चौलागाईले बताए ।
संस्थाले शैक्षिक साम...