Advertisement
Advertisement

Breaking News

प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा

प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट पहिलो प्रतियोगिता सान्दोङ्ग फुटबल क्लब किम्हे बुसानद्वारा आयोजना गरिएको प्रथम सान्दोङ्ग कप फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सीले चुम्न सफल भएको छ l "आपतकालिन राहत कोष स्थापनार्थ " भन्ने उद्धेश्यका साथ 2024/03 मार्च / 17 तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा 32 फुटबल टिमको सहभागिता रहेको थियो l पहिलो सेमीफाइनलबाट याङ्सान फुटबल क्लब लाई हिमालयन स्टार फुटबल क्लबले 1 गोलको बिरुद्ध 3 गोल गरि फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलमा फारन यूनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटबाट पराजित गरि सुवन फुटबल क्लबले फाइनलको भिड्न्त सुरक्षित गरेको थिय...
अप्रिल १३ मा कोरिया सुवनमा “बिक्रम सम्वत् नाईट डान्स पार्टी” हुने

अप्रिल १३ मा कोरिया सुवनमा “बिक्रम सम्वत् नाईट डान्स पार्टी” हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
    बोम्जन गुरुङ:कोरियाको प्रसिद्ध सुवन सहरमा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको आगमनको अवसरमा वन्जु मुन्माक मैत्री समाजले आउँदो अप्रिल १३ तारिक शनिबार "बिक्रम सम्वत् नाईट डान्स पार्टी" आयोजना गर्ने भएको छ । प्रवासमा रहेपनि नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुविधा सम्पन्न हल (경기 수원시 팔달구 매산로1가, 115-4 타워 콜라텍) मा उक्त कार्यक्रम आयोजना हुने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स गीतसंगीत बजाउन माहिर DJ CMAN को साथमा नयाँ दृश्य ब्याण्डको लाईभ प्रस्तुति रहने जानकारी आयोजक समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । गत छुसकमा नेपालका पप विधाका प्रख्यात गायक सबिन राईको सांगीतिक कार्यक्रम भएको बेला आफ्नो धमाकेदार प्रस्तुति दिएर वाहवाही बटुल्न सफल नवोदित नयाँ दृश्य ब्याण्डको म्यूजिकल लाईभ हुने भएकोले कार्यक्रम थ...
“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

“महाजात्रा” किम्हे सो मार्च ३१ मा हुने, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ। “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर म...
“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” सुवन सो मार्च ३१ मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: गण्डकी प्रदेशमा दक्षिण कोरियाको सहकार्यमा नवलपुर समाज दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख सुवनमा प्रदर्शन हुने भएको छ।   “आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो ११:३० देखि सुवनमा रहेको 경기도 수원시 팔달구 행궁로 88(나문로데오아트홀) प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा JRF रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प...
“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

“महाजात्रा” गजेदो सो मार्च ३० मा हुदै, प्रचार प्रसार व्यापक 

Breaking News, जानकारी, भर्खरै
 विशाल आवाज: हान्वा ओसन YMT Brothers को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३० तारिख गजेदोको गजे देहाक्योमा प्रदर्शन हुने भएको छ। “अनाथ आश्रम सञ्चालन सहयोगार्थ” हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, हान्वा ओसन तामाङ समाज गजेदो सँगको सहकार्यमा मार्च ३० तारिख बेलुकि ६:३० देखि ख्यङसाङनाम्दोको गजेदोमा रहेको 거제 대학교 경상남도 거제시 प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा जि मनि ट्रान्स रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महा...
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ  सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।...
अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

अप्रिल १४ मा 1st JNFC CUP  हुदै 

Breaking News, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नारा लिएर छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा “1st JNFC CUP  2024" यहि अप्रिल १४ तारिख आइतबार छल्ला बोक्दोमा रहेको 전라북도 정읍시 처우 대사리 875 (신태인 축구장) मा आयोजना हुने भएको छ। प्रतियोगितामा विजेता र उपविजेता र तृतीय हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख, २० लाख, ८ लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर , उत्कृष्ट मिडफिल्डर ,हाइ गोल स्कोरर, उत्कृष्ट प्रशिक्षक र  अनुशासित टिमलाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने साथै उत्कृष्ट खेलाडी MVP लाई भने ‌१लाख ५० हजार वन सहित मेडल ट्रफी र प्रमाणपत्र  दिने खेल संयोजक‌ निरज सारु मगर ले जानकारी दिनुभयो। छङ्ऊप नेपाली फुटबल क्लबको कप्तान निरज कार्कीका अनुसार टीम ...
विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

विश्वभर ४० देशको दुईसय ५० सहरमा रिलिज हुँदैछ ‘महाजात्रा’

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपाल झैँ विदेशमा पनि दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै यो नेपालसँगै प्रवासमा रहेका नेपालको लागि ४० देशको २ सय ५० बढी सहरमा प्रदर्शन हुँदैछ । यो अहिले सम्मकै ठूलो रिलिज हो । विदेशमा प्रदर्शनका लागि वितरण गरिरहेको एमएसएम इन्टरटेन्मेन्टस् र यसका साझेदार कम्पनीले यसलाई भव्य रिलिज गर्दैछन् । प्रवासमा रहेका नेपाली यो पारिवारिक फिल्म नेपाल झैँ रमाइलोसँग हेर्न पाउने छन् । उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशा...
इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

इपिएस श्रमिक देखि बुसान विश्वविद्यालयको प्रोफेसर सम्म सिर्जना नेपाली 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
 विशाल आवाज:इपिएस श्रमिक मा दक्षिण कोरिया प्रवेश गरेकी स्याङ्जा जिल्लाकि सिर्जना नेपाली नेकपा एमाले प्रवास संगठन को अध्यक्ष , कोरियन ब्युटिसियन हुँदै बुसान विश्वविद्यालयको प्राध्यापक सम्म बन्न सफल हुनु भएको छ। स्याङ्जा जिल्लाको एउटा निम्न मध्यम वर्गिय परिवारमा जन्मेर सोही ठाँउको श्रवण निम्न माध्यमिक बिद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेकी सृजना नेपालीले केयर नेपाल नामक संस्थाले छात्रवृत्तिका माध्यमबाट आफ्नो पढाई लाइ निरन्तरता दिदै कलिलो उमेरमै राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरि आफ्नो जीवनको एउटा नेतृत्वदायी क्षमताको परिचय दिइसक्नु भएको थियो।नेपाली वन विज्ञान अध्ययनको योजना बनाएकी नेपालीले प्रवेशिका परीक्षा पछि भने गणित मुल विषयमा प्लस टु उत्तिर्ण गर्दै पत्रकारितामा स्नातक गर्नु भएको थियो। सानै उमेर देखि हक्कि र सहयोगी भावनाका कारणले विद्यार्थी रा...
यसपालीको होलि आनसान सहरमा 

यसपालीको होलि आनसान सहरमा 

Breaking News, जानकारी, भर्खरै
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ । दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । प्रत्येक बर्ष भव्य रुपमा सम्पन्न हुने होलि कार्यक्रम यसपटक पनि मार्च २४ तारिख आइतवार दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क 경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट स्थान परिवर्तन भएको हो । दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동) हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाउँ परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ । महोत्सवमा नेपाली दाजुभाई दि...