Advertisement
Advertisement

Breaking News

SentBe र कुमारी बैंकद्वारा नेपाल पुनःस्थापनामा सहयोग : रेमिट्यान्स शुल्कमा ५०% छुट, प्रत्येक कारोबारमा रु. २०० सहयोग

SentBe र कुमारी बैंकद्वारा नेपाल पुनःस्थापनामा सहयोग : रेमिट्यान्स शुल्कमा ५०% छुट, प्रत्येक कारोबारमा रु. २०० सहयोग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
हालै सम्पन्न GenZ आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी, सर्वसाधारण तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, कोरियाबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा प्रदायक SentBe र कुमारी बैंकले नेपाल पुनःस्थापनाका लागि विशेष योजना घोषणा गरेका छन्। यस अभियान अन्तर्गत, २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म कोरियाबाट नेपाल पठाइने रकममा रेमिट्यान्स सेवा शुल्कमा ५०% छुट दिइनेछ। साथै, प्रत्येक कारोबारमा रु. २०० (NPR) नेपाल पुनःस्थापनाका लागि सहयोगस्वरूप जम्मा गरिनेछ। अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले सजिलै SentBe App डाउनलोड गरी कोरियाबाट नेपाल पैसा पठाउन सक्नेछन्। पैसा पठाएपछि आपसैमा सहयोग अभियानमा समावेश हुनेछन्। यसरी पठाइएको प्रत्येक कारोबारले व्यक्तिगत आवश्यकतासँगै सामूहिक पुनःस्थापनामा योगदान पुर्‍याउनेछ। यो योजना २०२५ सेप्टेम्बर १५ देखि अक्टोबर ३१ सम्म लागू हुनेछ।...
उत्तर कोरियाले दक्षिण कोरियाको ‘बुल्डाक रामेन’ नक्कल उत्पादन चीनमा बिक्री सुरु 

उत्तर कोरियाले दक्षिण कोरियाको ‘बुल्डाक रामेन’ नक्कल उत्पादन चीनमा बिक्री सुरु 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाली खाद्य कम्पनी साम्याङ फुड्सको विश्वप्रसिद्ध ‘बुल्डाक रामेन’लाई उत्तर कोरियाले नक्कल गरी चीनको बजारमा उतारेको तथ्य सार्वजनिक भएको छ। डोङ–ए विश्वविद्यालयका प्राध्यापक काङ डोङ–वानले मंगलबार आफ्नो युट्युब च्यानलमार्फत यो नुडल्स देखाउँदै आफूले चीनबाट ल्याएको जानकारी दिएका हुन्। ‘स्पाइसी किम्ची बिबिम खुक्सु’ नाम दिइएको उक्त नुडल्स पाँच प्याकको सेटमा बिक्री भइरहेको छ, जसको प्याकेजिङ साम्याङको उत्पादनसँग अत्यन्तै मिल्दोजुल्दो छ। प्याकेटमा कालो पृष्ठभूमि, रातो र सेतो अक्षरको संयोजन, साथै आगो फ्याँकिरहेको कुखुराको कार्टुन पात्र प्रयोग गरिएको छ, जुन साम्याङको आधिकारिक मस्कट ‘होची’सँग झण्डै उस्तै देखिन्छ। प्याकेजिङको पछाडिपट्टि उत्पादन कम्पनीलाई ‘रासोन र्योङ्सोन जोइन्ट भेन्चर कम्पनी’ भनेर उल्लेख गरिएको छ भने उत्पत्तिस्थानमा ‘डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरिया’ अर्थात् उत्तर कोरिया...
नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन सेप्टेम्बर २८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन सेप्टेम्बर २८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौं अधिवेशन २०२५ आगामी सेप्टेम्बर २८ आइतबारका दिन गर्ने भएको छ। “मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरुको संरक्षण गर्दै आत्मसम्मान, सहअस्तित्व र पहिचान प्राप्तिको लागि गोलबद्ध बनौँ” भन्ने मूल नारासहित स्थापना भएको यो महासंघले आदिवासी जनजातिहरुको साझा पहिचान, अधिकार र ऐक्यबद्धताका लागि यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ। अधिवेशन न्यू लिटल इण्डियाको सभाहल, किम्हे (경상남도 김해시 서상동 27-31) मा दिउँसो १२ बजे सुरु हुनेछ। आयोजकहरूले सम्पूर्ण महानुभाव, संघसंस्था, अग्रज, साथीभाइ र शुभेच्छुकहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेका छन्। यस अधिवेशनमार्फत संस्थाको आगामी कार्ययोजना, नेतृत्व चयन तथा समुदायबीचको आपसी सहयोग र एकतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।...
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजबाट खुलेको हो। कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ। कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ। पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको छ।...
बहुप्रतिक्षित चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा

बहुप्रतिक्षित चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा

Breaking News, जानकारी, भर्खरै, समाचार
  पछिल्लो समयमा अत्याधिक चर्चामा आएको एक्शन स्टार समीर भट्ट अभिनित नेपाली कथानक चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा, अन्याङ नेपाली समाज दक्षिण कोरियाको आयोजनामा हुने भएको छ। संस्थाले यस चलचित्रको प्रदर्शनबाट सङ्कलित मुनाफा रकमको केही प्रतिशत नेपाल फुटबल महासंघ दक्षिण कोरियाको आपतकालीन खेलाडी राहत कोषमा सहयोग गर्ने जनाएको छ। साथै चलचित्रको प्रदर्शनले नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको छ। संस्थाका अध्यक्ष भुवन राक्क्ष्य का अनुसार, चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) हल मा हुने तयारीमा छ। सन्तोष सेनद्धारा निर्देशित चलचित्रमा देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खल्बलिएको समाज र देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथा समेटिएको छ। यसले देशभक्ति र एक्शनले भरिपूर्ण मनोरञ्जन दिने बताइएको छ। संस्थाका सचिव रञ्जन ल...
एनआरएनए कोरियाद्वारा सेप्टेम्बर २० मा निशुल्क स्वास्थ्य सेवा दिदै 

एनआरएनए कोरियाद्वारा सेप्टेम्बर २० मा निशुल्क स्वास्थ्य सेवा दिदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरिया र कोरियन मेडिकल विभागको संयुक्त पहलमा कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ। आयोजकले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम २०२५ सेप्टेम्बर २०, शनिबार का दिन सउलस्थित 서울점프정형외과 (Seoul Jump Orthopedic Hospital) मा हुने छ। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आवश्यक परामर्श, बृहत स्वास्थ्य जाँच लगायतका सेवा निशुल्क रुपमा प्रदान गरिनेछ। एनआरएनए कोरियाका अध्यक्ष पार्वती तामाङका अनुसार कोरियामा कार्यरत नेपाली श्रमिक, विद्यार्थी तथा आप्रवासीहरूको स्वास्थ्य पहुँच सहज बनाउन यो पहल गरिएको हो। उहाँले सबै नेपाली समुदायलाई उक्त दिन उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ। सम्पर्क व्यक्ति:  • पार्वती तामाङ : 010-8535-8860  • तारा पुन मगर : 010-7342-0412  • मिलन गुरुङ : 010...
खिम्हे–बुसानमा नेपाली चलचित्र ‘बलिदान’ प्रदर्शन हुने

खिम्हे–बुसानमा नेपाली चलचित्र ‘बलिदान’ प्रदर्शन हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको हामान नेपाली समाजले आगामी महान चाड छुसकको अवसर पारेर नेपाली कथानक चलचित्र ‘बलिदान’ को प्रदर्शन गर्ने भएको छ। यसअघि सफलतापूर्वक ‘१२ गाउँ’ प्रदर्शन गरिसकेको समाजले दोस्रो पटक चलचित्र प्रदर्शन गर्ने तयारी गरेको हो। समीर भट्टद्वारा अभिनीत, सन्तोष सेनद्वारा निर्देशित चलचित्र ‘बलिदान’ आगामी अक्टोबर ५ (आईतबार) का दिन खिम्हे–बुसान क्षेत्रमा सार्वजनिक प्रदर्शनमा आउँदैछ। कार्यक्रम 김해시 활철로 294 (은석문화회) मा दिउँसो १:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ। चलचित्र हेर्नको लागि टिकट मूल्य २५,००० वोन तोकिएको छ। चलचित्र तोकिएको समयमा नै सुरु हुने भएकाले दर्शक महानुभावहरूलाई समयमै उपस्थित रहन आयोजकले अनुरोध गरेको छ। हामान नेपाली समाज दक्षिण कोरियाले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई नेपाली चलचित्रलाई माया र साथ दिन आग्रह गर्दै यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हार्दिक निमन्त्रणाक...
मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल

मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल

Breaking News, जानकारी, भर्खरै, समाचार
मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप २०२५ भव्य रुपमा सम्पन्न भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा Jeanjup Nepalese CC विजेता बनेको छ। फाइनलमा उसले Himalayan Tiger CC लाई ३७ रनले पराजित गर्दै कप उचाल्न सफल भएको हो। फाइनल खेलमा Jeanjup Nepalese CC ले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको Himalayan Tiger CC ले राम्रो सुरुवात गर्न सकेन र १० विकेट गुमाउँदै जम्मा ४८ रनमै समेटियो। यससँगै Jeanjup Nepalese CC ले ३७ रनको स्पष्ट जित हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। यस वर्षको MCC कपमा आठ टोलीहरूको सहभागिता थियो। Mokpo CC Red, Mokpo CC B...
चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ। भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...
दक्षिण कोरियामा किरात राई यायोक्खाको १३ औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

दक्षिण कोरियामा किरात राई यायोक्खाको १३ औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३ औं महाधिवेशन राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा आज भव्यताका साथ सम्पन्न गरेको छ। महाधिवेशनमा कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतको उल्लेख्य उपस्थिति रहेको थियो। संस्थाले स्थापना कालदेखि नै प्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुका साथै विगत दुई वर्षको गतिविधिको समीक्षा, आगामी योजनामाथि छलफल, नयाँ नेतृत्व चयन र सांस्कृतिक प्रस्तुति गरिएको थियो। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सन्तोष राईलाई अध्यक्षमा निर्वाचित गरेको छ। नव–निर्वाचित कार्यसमितिको पदाधिकारी सूची यसप्रकार छः • अध्यक्ष – सन्तोष राई • वरिष्ठ उपाध्यक्ष – छत्र राई • उपाध्यक्षहरू – लरेन्स राई, प्रदीप रा...