Advertisement
Advertisement

दशैं–छुसक अवसरमा दक्षिण कोरियामा ब्याडमिन्टन च्याम्पियनशिप हुँदै 

Advertisement
Advertisement

दक्षिण कोरियामा दशैं र छुसकको संयुक्त अवसर पारेर भव्य ब्याडमिन्टन च्याम्पियनशिप आयोजना हुने भएको छ। खेलकुद सामाग्रीको बिक्री र वितरणमा संलग्न संस्था Aks Sports Collection को आयोजनामा आउँदो अक्टोबर ५ तारिख बिहान ८ बजेदेखि 경기 화성시 정남면 발안로 1191-8 (민턴랩 배드민턴 아카데मी) मा प्रतियोगिता सुरु हुने जनाइएको छ। “Two Nations, One Celebration” भन्ने मूल नारासहित आयोजना हुने यस प्रतियोगिता नेपाली नागरिकहरूका लागि मात्र खुला रहनेछ।

पुरुष डबल्समा मात्र सञ्चालन हुने यो प्रतियोगिता तीन क्याटेगोरी—A, B, र C—मा हुने व्यवस्था गरिएको छ। हरेक क्याटेगोरीमा विजेताले ४ लाख १ सय ११ वोन नगद, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले २ लाख ५१ हजार १११ वोनसहित ट्रफि, मेडल र प्रमाणपत्र, र तेस्रो स्थान हासिल गर्ने दुई टिमले १ लाख १ हजार १११ वोनसहित मेडल र प्रमाणपत्र पाउनेछन्। नामदर्ता शुल्क ८० हजार वोन तोकिएको छ भने, SentBe Remittance मार्फत नयाँ साइन अप गर्ने टिमलाई अधिकतम २० हजार वोनसम्म छुटको सुविधा पनि दिइनेछ।

प्रतियोगिता विवरण:

 • मिति: 05 Oct, 2025

 • समय: बिहान 08:00 बजे

 • स्थान: 경기 화성시 정남면 발안로 1191-8 (민턴랩 배드민턴 아카데मी)

 • क्याटेगोरी: A, B, C (Men’s Double Only)

 • प्रवेश शुल्क: 80,000 वोन

 • नामदर्ता अन्तिम मिति: 28 September, 2025

पुरस्कार विवरण (समान सबै क्याटेगोरीमा):

 • Winner: ₩401,111 + ट्रफि + मेडल + प्रमाणपत्र

 • Runner-up: ₩251,111 + ट्रफि + मेडल + प्रमाणपत्र

 • 3rd Place (2 Teams): ₩101,111 + मेडल + प्रमाणपत्र

यदि कुनै क्याटेगोरीमा १५ टिमभन्दा कम भएमा, पुरस्कार व्यवस्थापन तथा अन्य निर्णयहरू आपसी छलफलबाट तय गरिनेछ।

विशेष छुट

प्रतिभागीहरूले आयोजकको कोड प्रयोग गरी SentBe Remittance मा साइन अप गरेमा:

 • व्यक्तिगत रूपमा 10,000 वोन छुट

 • टिमका लागि अधिकतम 20,000 वोन छुट प्राप्त गर्न सक्नेछन्।

यस प्रतियोगितामा भेटघाट रेस्टुरेन्ट सुवन, कामना रेस्टुरेन्ट ओसन र छनान, दिल्ली ढावा सुवन लगायतका रेस्टुरेन्टहरू, Manita Manita (M&A Mobile), Nepal Mobile Usim Card 360, Subba Rohan (JB Bank Suwon), Roman Bania (Odyssey Intl), Himalaya Trip Travel, SentBe Remittance, र Hyundai Life Insurance South Korea प्रमुख प्रायोजक तथा साझेदारका रूपमा रहेका छन्। साथै, न्युज केन्द्रविन्दु, कोरिया अपडेट र विशाल आवाज मिडिया पार्टनरका रूपमा संलग्न भएका छन्।

नामदर्ताको अन्तिम मिति सेप्टेम्बर २८, २०२५ राखिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले थप जानकारीका लागि आयोजक Khim KC (०१०-९८१९-५३९९) वा Prakash Shrestha (०१०-४७४४-९०३४) लाई सम्पर्क गर्न सक्नेछन्। दशैं र छुसकको उल्लासपूर्ण वातावरणमा आयोजना हुने यो खेलकुद कार्यक्रमले कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमैत्री सम्बन्ध र आपसी सद्भावलाई अझ बलियो बनाउन मद्दत गर्ने आयोजकको विश्वास छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×