Advertisement
Advertisement

भोलि हुँदै पहिलो सिन्धुपाल्चोक भलिबल कप–२०२५, विजेता अनुमान गरेर “सुजन चापागाईं LIVE in Seoul Concert” को टिकेट जित्ने मौका

Advertisement
Advertisement

कोरियामा रहेका नेपालीबीच खेलकुदमार्फत आपसी सम्बन्ध मजबुत बनाउन र समुदायबीच एकता तथा भाईचाराको सन्देश फैलाउनका लागि सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले आयोजना गरेको प्रथम सिन्धुपाल्चोक भलिबल कप–२०२५ भोलि आइतबार (सेप्टेम्बर २१, २०२५) का दिन हुन गइरहेको छ।

प्रतियोगिता सुवनस्थित Ajou University Volleyball Stadium मा हुने तय भएको छ। नेपाल भलिबल संघ, दक्षिण कोरियाको समन्वय बागमती एकता प्रदेश समाजको सहयोग तथा बागमती एकता प्रदेश समाज अनतर्गतको जिल्ला समाज हरुको सहाअयोजनामा सम्पन्न हुने यस कार्यक्रमको मुख्य प्रायोजक भेटघाट रेस्टुरेन्ट सुवन रहेको छ भने विभिन्न शैक्षिक, टेलिकम, रेमिट्यान्स, बैंकिङ तथा मिडिया पार्टनरहरूमार्फत कार्यक्रमलाई सहयोग गरिएको छ। आयोजकले तयारी पूरा भएको र कार्यक्रममा सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको जानकारी दिएको छ।

भलिबल कपलाई अझ रोचक बनाउन दर्शकका लागि विशेष आकर्षण समेत थपिएको छ। प्रतियोगिता हेर्न आउने दर्शकमध्ये “प्रथम सिन्धुपाल्चोक भलिबल कप–२०२५ को विजेता को बन्छ?” भन्ने प्रश्नको सही उत्तर दिने भाग्यशाली विजेताले आउँदो अक्टोबर ५ मा सउलस्थित 국기원 (Kukiwon) मा आयोजना हुने ‘सुजन चापागाईं एण्ड द इन्फिनिटी LIVE in Seoul Concert’ का दुईवटा निःशुल्क टिकट प्राप्त गर्नेछन्। सो कन्सर्टमा लोकप्रिय गायक सुजन चापागाईं को ब्याण्ड संगै गायिका श्रेया राई र गायक नगेन लिम्बु पनि प्रस्तुति दिने भएका छन्।

यस अवसरका लागि सहभागीले प्रत्यक्ष भलिबल कभर्ड हलमा उपस्थित हुनुपर्ने, अन्तिम खेल अर्थात् विजेता घोषणा हुने क्षणसम्म रहनुपर्ने र आफ्नो नाम, मोबाइल नम्बर सहित उत्तर पठाउनुपर्नेछ। भोलि आइतबार मध्यान्ह १२ः०० बजेसम्म ०१०४२४९४१८८ मा पठाइएका उत्तर मात्रै मान्य हुने आयोजकले जनाएको छ।

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले आयोजना गरेको यो भलिबल प्रतियोगिता नेपाली समुदायलाई खेलकुदसँगै सांगीतिक माहोलमा जोड्ने एउटा महत्वपूर्ण अवसरका रुपमा रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×