दक्षिण कोरियाको जेजु प्रान्त स्थित माउण्ट एभरेष्ट रेस्टुरेन्टले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर ७ तारिक जेजुमा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्टमा “माउण्ट एभरेष्ट जेजु तीज धमाका" आयोजना गर्ने भएको छ ।
पछील्ल्लो समय कोरियाको जेजुदो प्रान्तमा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै माउण्ट एभरेष्ट रेस्टुरेन्टले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला, सस्कृति जोगाउन तीज बिशेष कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्ट संचालक सुरक्षा शर्माले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम , सेप्टेम्बर ७ तारिक (शनिबार) का दिन जेजुदोको 제주시 중앙로 7 길9 2 충 मा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्ट मा साझ ७:३० बजे देखि बिभिन्न सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकार र दरको परिकारको साथमा सन्चालन हुनेछ ।
...
४ भाद्र २०८१, मंगलवार १३:५१४ भाद्र २०८१, मंगलवार १३:५१४ भाद्र २०८१, मंगलवार १३:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट २५ तारिक आईतवार का दिन सउलको दोङ्देमुनमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” दोङ्देमुन स्थित 종로 구민회관 मा प्रदर्शन गर्न लागेको हो । अगस्ट २५ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल रेल लाइन १ र ४ नम्बर दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट निस्केर सिधा ३०० मिटर अगाडि निक नेपाल ट्राभल छेउको हल रहेको छ ।
नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन...
४ भाद्र २०८१, मंगलवार १२:२३४ भाद्र २०८१, मंगलवार १२:२३४ भाद्र २०८१, मंगलवार १२:२३ by विशाल श्रेष्ठNo Comments
इलाम स्थित माई नगरपालिका–१ तिलटार स्थायि घर भइ हाल उल्सान विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो।
सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको र उनको शव नेपाल पठाउनका लागि दक्षिण कोरिया स्थित नेपाली समाजहरूले पहल गरिरहेको छ। शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको तर खर्च महंगो लाग्ने नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ।
यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण ...
३ भाद्र २०८१, सोमबार १२:१७३ भाद्र २०८१, सोमबार १२:१७३ भाद्र २०८१, सोमबार १२:१७ by विशाल श्रेष्ठNo Comments
इलाम स्थित माइ नगरपालिका १,स्थायि घर भइ हाल उल्सान विश्वविद्यालयमा अध्ययनरत एक नेपाली छात्राको असमाहिक रुपमा दुखद निधन भएको छ। । यसैबर्षको फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो।
हाल कोरियाको उल्सानस्थित अस्पतालमा राखेर शव पोस्टमार्टम भैसकेको र अब धेरै समय अस्पतालमा राख्न पनि नसकिने अस्पतालले जनाएको छ। यसैकारण परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको छ नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ।
यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली समुदायहरुमा सोनसिकले अनुरोध गरेको छ।
सहयोग गर्ने माध्यम :...
२ भाद्र २०८१, आईतवार १३:२८२ भाद्र २०८१, आईतवार १३:२८२ भाद्र २०८१, आईतवार १३:२८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया अध्ययनका लागि गोल्डेन इमिनेन्टद्धारा भदौ ४ गतेदेखि शैक्षिक मेला शुरु
चितवन, भदौ २ गते । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।
शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि य...
२ भाद्र २०८१, आईतवार ११:५१२ भाद्र २०८१, आईतवार ११:५१२ भाद्र २०८१, आईतवार ११:५१ by विशाल श्रेष्ठNo Comments
रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ ।
ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ ।
जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् ।
ईपीएस कोरिया शाख...
३१ श्रावण २०८१, बिहीबार १३:३७३१ श्रावण २०८१, बिहीबार १३:३७३१ श्रावण २०८१, बिहीबार १३:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले दोङ्देमुन स्थित पुर्वि नेपाल दक्षिण कोरियाको सभा हलमा सेप्टेम्बर १५ तारिख आइतबारका दिन ११औ अधिवेशन गर्ने भएको छ। छुसकको पहिलो दिन अर्थातआइतबार १ बजे पुर्वि नेपाल दक्षिणको कोरियाको सभा हलमा ११औ अधिवेशन गर्ने जनाएको छ ।
“सोलुखुम्बु शिर सगरमाथा हाम्रो शान, प्रवासी सहकार्यतामा सामाजिक अभियान ” भने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको संस्थाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सहयोग गर्दै आइरहेको छ। सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत सलनालको अबसरमा कोरियामा रहदा भैपरी आउने समस्यालाई समाधान गर्ने उदेश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ "सबिन राई & फारोह ब्याण्डका" साथ नेपालका चर्चित कलाकारहरुको सहितको बृहत ऐतिहाँसिक "चोमोलोङ्मा सांगीतिक सौगात भाग-४ कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो ।
...
३१ श्रावण २०८१, बिहीबार १०:१५३१ श्रावण २०८१, बिहीबार १०:१५३१ श्रावण २०८१, बिहीबार १०:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रस्तुतिमा सेप्टेम्बर १६ तारिख बेलुकि ८ बजेबाट हुने याक्थुम रैथाने मेलोडी नाइटमा अहिलेको युवा पुस्ताको चर्चित गायक छेवाङ लामा देखि लाइभ डिजेले माहोल तताउने भएको छ।
चुम्लुङ हिम/सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसक को अवसर पारि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로 217 충무로 4가 (진양상가 2 층) Seoul metro lino no.4 충무로역 Exit 8 सौलमा “याक्थुम रैथाने मेलोडी नाइट” आयोजना गर्ने भएको हो।
कि.या.चु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई सहयोग गर्दै आइरहेको छ । यहि शेल्टर लाई निरन्तरता दिन हरेक महिनाको शेल्टरक...
३१ श्रावण २०८१, बिहीबार ०६:३५३१ श्रावण २०८१, बिहीबार ०६:३५३१ श्रावण २०८१, बिहीबार ०६:३५ by एलिनाNo Comments
दक्षिण कोरिया:Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका तीन विजेता चयन भएका छन् । पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ पछि सोमबार अर्जुन खड्का विजयी भएका छन्।
Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ।
“Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत पैसा पठाउने मध्येबाट १ जनालाई बम्पर उपहारको रुपमा १ करोड वन (Won) दिने र जारी समयमा हरेक हप्ता १ जनालाई पैसा डबल हुने Fonemoney ले जानकारी दिएको छ।
१ करोड वन (Won) सहित घरको उपहार पनि संचालनमा रहेको छ। घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मा...
३० श्रावण २०८१, बुधबार ०९:५७३० श्रावण २०८१, बुधबार ०९:५७३० श्रावण २०८१, बुधबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: प्राय;नेपाली चलचित्र नाईट शो हुने जिन्छन मेगा बक्समा यसपाली दयाहाङ् राई र मिरुना मगर द्वारा अभिनित सुपरहिट चलचित्र “घरज्वाई” अगस्ट १८ तारिक आईतवार का दिन दिउसो ३ बजे नै प्रदर्शन हुने भएको छ। सधैं नाईट शो हेरेर दिक्क हुनुभएको दर्शक हरुको लागि पनि भनेर नेपाली कथानक चलचित्र “घरज्वाईं” दिउसो नै प्रदर्शन गर्न लागेको र प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले ,कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै चलचित्र “घरज्वाईं” कोरियाको जिन्छन शहरको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा पनि प्रदर्शन हुन लागेको हो । अगस्ट १८ तारिक आईतवार दिउसो ३ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल 진천 TERMINAL म...