दक्षिण कोरियाको जेजु प्रान्त स्थित माउण्ट एभरेष्ट रेस्टुरेन्टले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर ७ तारिक जेजुमा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्टमा “माउण्ट एभरेष्ट जेजु तीज धमाका” आयोजना गर्ने भएको छ ।
पछील्ल्लो समय कोरियाको जेजुदो प्रान्तमा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै माउण्ट एभरेष्ट रेस्टुरेन्टले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला, सस्कृति जोगाउन तीज बिशेष कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्ट संचालक सुरक्षा शर्माले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम , सेप्टेम्बर ७ तारिक (शनिबार) का दिन जेजुदोको 제주시 중앙로 7 길9 2 충 मा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्ट मा साझ ७:३० बजे देखि बिभिन्न सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकार र दरको परिकारको साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियाको जेजुदोमा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न तीज बिशेष कार्यक्रम मा कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।








