इलाम स्थित माई नगरपालिका–१ तिलटार स्थायि घर भइ हाल उल्सान विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। अध्ययनको सिलसिलामा फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो।
सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको र उनको शव नेपाल पठाउनका लागि दक्षिण कोरिया स्थित नेपाली समाजहरूले पहल गरिरहेको छ। शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको तर खर्च महंगो लाग्ने नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ।

यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली समुदायहरुमा सोनसिकले अनुरोध गरेको छ।
सहयोग गर्ने माध्यम : नेपाली विद्यार्थी समाज कोरियाको आधिकारक अकाउन्ट नम्बर ।
o Bank A/C NO: 1005-302-753564
• Bank: Woori Bank
• A/C Holder Name: SONSIK

३ महिना अघि वैदेशिक रोजगारीमै बितेका थिए बुवा
सोनु ६ महिनाअघि (फेब्रुअरी) विद्यार्थी भिसामा दक्षिण कोरिया आएकि हुन्। उनका बुवा लिलाकुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए।
मलेसियामा रहेका लिलाकुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो।

‘बुवाको पनि तीन महिनाअघिमात्रै मलेसियामा निधन भएपछि शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरिएको थियो,’ । एकपछि अर्को बज्रपात पर्दै गइरहेको सोनुका परिवारमा अन्य तीन सदस्य छन्, आमा, भाइ र बैनी। एउटी दिदीको भने बिहे भइसकेको छ।
४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ गाउँमै सामान्य खेतीपाती गर्छिन्। सोनुका भाइ कक्षा ७ मा र बैनी कक्षा १२ मा अध्ययन गर्छिन्।









