Advertisement
Advertisement

कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट नयाँ कम्पनी छान्ने प्रक्रिया अन्योलमा

Advertisement
Advertisement

 

रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ ।

ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ ।

जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् ।

ईपीएस कोरिया शाखाले आह्वान गरेको टेण्डरमा पनि सस्तो दरमा श्रमिक कोरिया पुर्‍याउने गरी प्रस्ताव गरेको थियो । तर सोझौ उडानमार्फत लैजानुपर्ने भन्दै कोरियन एयरसँग माघ २०७९ मा एक वर्षका लागि प्रतिव्यक्ति ८९५ डलरको भाडादरमा लैजाने गरी सम्झौता गर्‍यो ।

महंगो भाडादरमा जान बाध्य पारेको भनेर त्यसबेला पनि प्रश्न उठेको थियो । तर ईपीएस कोरिया शाखाले बरु बढीमा एक वर्षसम्मका लागि भन्दै म्याद थप गरिदियो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले मन्त्री पदबाट बहिर्गमन हुने समयमा छिटो नयाँ टेन्डरको सूचना निकाल्न निर्देशन दिए । यसअनुसार भएको टेन्डरमा आधा दर्जन कम्पनी प्रतिस्पर्धामा आएका थिए ।

कोरियन एयरको नेपाली एजेन्ट युनिर्भसल टुर्स एन्ड ट्राभल्सले आगामी माघसम्म नै श्रमिकलाई अहिलेको मूल्यमै कोरिया लैजान पाइरहनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्यो । । १४ साउनमा सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुंगानाको इजलासले कम्पनी छनोटको प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश दियो ।

लगतै ईपीएएस कोरिया शाखाले न्तरिम आदेशसम्बन्धी छलफल भई मुद्दाको टुंगो नलागेसम्म बोलपत्र खोल्ने प्रक्रिया रोकिएको सूचना नै निकालेको छ ।

नेपाल एयरलाइन्स विकल्प हुनसक्छ

सरकारले नेपाल एयरलाइन्समार्फत सस्तोमा श्रमिक लैजानसक्ने विकल्पमा चासो नदिएको सांसदहरुको गुनासो छ । करिब ४००/५०० डलरमा एकतर्फी टिकट कायम गर्न सकिने भएपनि सरकारले चासो नदिएको उनीहरुले बताएका हुन् ।

२९ साउनमा कांग्रेसका सांसद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेलाई यसतर्फ ध्यानाकर्षण जनाउँदै कोरियासँग सम्वाद गरेर नेपाल एयरलाइन्समार्फत श्रमिक पठाउने व्यवस्था गर्न सुझाव दिएका थिए । श्रमिकले चर्को हवाई भाडा तिर्नु परिरहेको र नेपाल एयरलाइन्सले बजार नपाइरहेको अवस्थामा मन्त्रीको सानो प्रयासले नै राम्रो नतिजा दिनसक्ने उनको भनाइ थियो ।

शुक्रबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पूर्व श्रममन्त्री डीपी अर्यालले पनि कोरिया जाने श्रमिकबाट हवाई भाडामा नाममा वर्षमा एक अर्ब १५ करोडभन्दा बढी रुपैयाँ अपचलन भइरहेको दाबी गरेका थिए ।

श्रमिकलाई आफैं टिकट काटेर जान दिनुपर्ने भन्दै उनले भने, ‘यही एयरलाइन्सबाट सिधा उडानमा श्रमिक आउनुपर्छ भन्ने कोरियाको भनाइ छैन । विहान ११ बजेअघि श्रमिक त्यहाँ पुगिदिए हुन्थ्यो भन्ने छ, त्यो बाहेक अरु शर्त छैनन् ।’

समितिको बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीले पनि कोरियाका तर्फबाट एयरलाइन्सबारे कुनै शर्त नराखिएको बताएका छन् । तर अहिले टेन्डर प्रक्रिया रोक्न अदालतबाटै आदेश आएकाले तत्काल केही गर्न नसकिने उनको भनाइ थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डराज घिमिरे अदालतले दिने आदेशअनुसार प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘त्यतिबेला समयमै टेन्डर नभएका कारण म्याद थपिएको रहेछ,’ उनले भने, ‘अहिले हामीले गरेको टेन्डर सयममै खोल्न पाएको भए भदौदेखि नै श्रमिकहरु नयाँ शुल्कमा कोरिया जान पाउँथे ।’

via:online khabar

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×