एनआरएनए दक्षिण कोरियाले सौलमा भोलि अर्थात् सेप्टेम्बर ८ तारिख हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) नवौं कार्यसमितिले सेप्टेम्बर ०८ तारिख आइतबार का दिन 서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor मा दिउसो ठिक १२:०० बजे NRNA दक्षिण कोरियाको वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो।
एनआरएनए दक्षिण कोरियाको वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थासंग आबद्द रहनु भएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, कोरियावासी पंजीकृत सदस्य तथा अधिवेशन प्रतिनिधिहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
...
२० भाद्र २०८१, बिहीबार ०७:५६२० भाद्र २०८१, बिहीबार ०७:५६२० भाद्र २०८१, बिहीबार ०७:५६ by विशाल श्रेष्ठNo Comments
Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका छैठौं विजेता चयन भएका छ ।
सोमबार कम्पनीको डिजिटल लक्की ड्र मार्फत धर्मराज गौतम बिजेता चयन भएका हुन। यस अघि पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ,तेश्रो हप्ता अर्जुन खड्का विजयी भएका थिए । त्यसपछि चौथो सातामा पवन खरेल र पाचौ सातामा राजभाई लामा र यो सोमबार छैठौ साताको विजेतामा गौतम चयन भएका हुन्। यो सोमबारबाट आईतबार सम्म पैसा पठाउनेमध्येबाट आगामी सोमबार सातौं विजेता चयन हुनेछ ।
Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ।
“Fonemoney साथमा, 1 Crore हातमा” य...
१९ भाद्र २०८१, बुधबार १३:३२१९ भाद्र २०८१, बुधबार १३:३२१९ भाद्र २०८१, बुधबार १३:३२ by विशाल श्रेष्ठNo Comments
छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २२ तारिकका दिन छन्जु बोङदोङमा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ आयोजना हुने भएको छ।
"प्रदेशमा सबैबीच आपसी सद्भाव सम्मान र एकता" भन्ने नाराका साथ स्थापित छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाले सेप्टेम्बर २२ तारिखका आइतबारका दिन 전복 완주군 영진읍 완주로 860 완주 국민체육센터 को दोस्रो तल्लामा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ खेलाइने भएको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर १४ तारिख शनिबार साँझ ५ बजेसम्म RIJAL TANK को Ibk bank मा रहेको खाता नम्बर 58203981201015 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट सेप्टेम्बर १५ तारिख आइतबार साँझ ४ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्र...
१९ भाद्र २०८१, बुधबार १२:४९१९ भाद्र २०८१, बुधबार १२:४९१९ भाद्र २०८१, बुधबार १२:४९ by विशाल श्रेष्ठNo Comments
‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ कार्यक्रमको पोस्टर, भिडियो फेसबुक र टिकटकमा पोस्ट गरी जसले धेरै भ्युज ल्याउन सफल हुन्छ उसलाई E-7 भिसाको सबै प्रक्रिया पूरा गरिदिने र E-7 भिसा बनाइदिने भएको छ।
कोरियन चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गर्न लागेको कार्यक्रमको पोस्टर र भिडियो फेसबुक र टिकटकमा पोस्ट गरी सबैभन्दा भ्युज आउने मध्य एकजनालाई लक्की ड्र मार्फत Uijeongbu Migrant workers center (TDNK office) बाट E-7 भिसाको सबै प्रक्रिया पूरा गरिदिने र E-7 भिसा बनाइदिने भएको हो।
“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구 बाट २५० मिटर अगाडि ह...
१९ भाद्र २०८१, बुधबार ०९:४०१९ भाद्र २०८१, बुधबार ०९:४०१९ भाद्र २०८१, बुधबार ०९:४० by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।
"प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिक सोमबारका दिन दोङ्देमुन ३ नम्बर गेट अगाडि रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा साझ ५ बजे आफ्नो नवौं अधिबेशन गर्ने भएको हो ।
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण गुल्मेलीहरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।
स्थायि बासस्थान गुल्मी जिल्ला भई...
१८ भाद्र २०८१, मंगलवार १३:२७१८ भाद्र २०८१, मंगलवार १३:२७१८ भाद्र २०८१, मंगलवार १३:२७ by विशाल श्रेष्ठNo Comments
कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाजले सेप्टेम्बर १५ तारिख सउलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १५ तारिख आइतबारका दिन साँझ ६ बजेदेखि सउलको होंदे स्थित यति रेस्टुरेन्टमा (서울 마포구 와우산으로 18길 20 홍대예티) मा डिनर सहितको भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नेभएको हो। कोरियन महान् चाड छुसकको अवसरमा सिन्धुपाल्चोक घर भई विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक अर्कासँग परिचित हुने र परिचित गराउने उद्देश्यका साथ भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष राजु लामाले बताउनुभएको छ ।
सिन्धुपाल्चोक समाज दक्षिण क...
१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ।
कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ।
सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्।
नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल,...
१८ भाद्र २०८१, मंगलवार १०:४५१८ भाद्र २०८१, मंगलवार १०:४५१८ भाद्र २०८१, मंगलवार १०:४५ by विशाल श्रेष्ठNo Comments
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभामा धारणा राख्दै उनले व्यवस्था परिवर्तनमा लागि भएको जनयुद्धको कमाण्ड गर्नुका साथै पछि शान्तिका लागि अथक प्रयास गरेकाले नोवेल पुरस्कार दिनुपर्ने बताएका हुन्।
‘जनयुद्ध गरेको पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा समावेशीताका लागि लड्नुभयो’, उनले भने, ‘त्यसकारण उहाँलाई जनक भनिनुपर्छ। र उहाँलाई नोवेल पुरस्कारको व्यवस्था गर्नुपर्छ।’
सत्ता समीकरण परिवर्तनपछि माओवादीप्रति आक्रामक देखिएको एमालेले जनयुद्धलाई हिंसा भन्दै आएको सन्दर्भमा उनले त्यस्तो बताएका हुन्। माओवादीले विगतमा भएका विभिन्न आन्दोलनको कुनै न कुनै रुपमा अहम् भूमिका रहेको र त्यसलाई आफूहरूले क्रान्ति बुझ्ने गरेको बताए।
...
१८ भाद्र २०८१, मंगलवार ०६:२८१८ भाद्र २०८१, मंगलवार ०६:२८१८ भाद्र २०८१, मंगलवार ०६:२८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।
बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।
उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।
एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।
सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआ...
१७ भाद्र २०८१, सोमबार १४:१०१७ भाद्र २०८१, सोमबार १४:१०१७ भाद्र २०८१, सोमबार १४:१० by विशाल श्रेष्ठNo Comments
कोरियन चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा सेप्टेम्बर १७ तारिख सउलमा पहिलो पटक ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ ।
“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구 बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्ने भएको हो।
आइतबार दोङ्गेमुन स्थित पूर्वी नेपालि समाजको सभा हलमा भएको पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरू निमा रुम्बा गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्य,गायक मुस्कान राइ लगायतको प्रस्तुतिको साथमा हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना...