Advertisement
Advertisement

रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

Advertisement
Advertisement

 


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।

बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।

उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।

एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।



सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ ।

उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

मेयर साहका यी दुवै स्टाटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् । तर, अघिल्लो स्टाटस भने एकाएक उनको टाइमलाइनबाट गायब भएको छ । प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्टाटस किन र कसरी डिलिट भयो त ?

बालेन निकट स्रोतका अनुसार यो स्टाटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो ।

स्रोतले भन्यो, ‘एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको हो ।’

बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका दुई–तीनवटा स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो ।

डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए ।

पोस्ट  बालेनको इन्स्टाग्राममा भने यथावत नै छ 

अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए । डिलिट भएको स्टाटस यस्तो थियोः

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×