कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाजले सेप्टेम्बर १५ तारिख सउलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १५ तारिख आइतबारका दिन साँझ ६ बजेदेखि सउलको होंदे स्थित यति रेस्टुरेन्टमा (서울 마포구 와우산으로 18길 20 홍대예티) मा डिनर सहितको भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नेभएको हो। कोरियन महान् चाड छुसकको अवसरमा सिन्धुपाल्चोक घर भई विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक अर्कासँग परिचित हुने र परिचित गराउने उद्देश्यका साथ भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष राजु लामाले बताउनुभएको छ ।
सिन्धुपाल्चोक समाज दक्षिण क...
१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ।
कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ।
सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्।
नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल,...
१८ भाद्र २०८१, मंगलवार १०:४५१८ भाद्र २०८१, मंगलवार १०:४५१८ भाद्र २०८१, मंगलवार १०:४५ by विशाल श्रेष्ठNo Comments
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभामा धारणा राख्दै उनले व्यवस्था परिवर्तनमा लागि भएको जनयुद्धको कमाण्ड गर्नुका साथै पछि शान्तिका लागि अथक प्रयास गरेकाले नोवेल पुरस्कार दिनुपर्ने बताएका हुन्।
‘जनयुद्ध गरेको पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा समावेशीताका लागि लड्नुभयो’, उनले भने, ‘त्यसकारण उहाँलाई जनक भनिनुपर्छ। र उहाँलाई नोवेल पुरस्कारको व्यवस्था गर्नुपर्छ।’
सत्ता समीकरण परिवर्तनपछि माओवादीप्रति आक्रामक देखिएको एमालेले जनयुद्धलाई हिंसा भन्दै आएको सन्दर्भमा उनले त्यस्तो बताएका हुन्। माओवादीले विगतमा भएका विभिन्न आन्दोलनको कुनै न कुनै रुपमा अहम् भूमिका रहेको र त्यसलाई आफूहरूले क्रान्ति बुझ्ने गरेको बताए।
...
१८ भाद्र २०८१, मंगलवार ०६:२८१८ भाद्र २०८१, मंगलवार ०६:२८१८ भाद्र २०८१, मंगलवार ०६:२८ by विशाल श्रेष्ठNo Comments
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ ।
बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।
उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् ।
एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।
सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआ...
१८ भाद्र २०८१, मंगलवार ०१:४११८ भाद्र २०८१, मंगलवार ०१:४११८ भाद्र २०८१, मंगलवार ०१:४१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि...