विदेशी नागरीकहरुलाइ E-9 भिसा प्रदान गरी बस चालकको रुपमा दक्षिण कोरिया ल्याउने प्रस्ताव कोरिया सरकारले अस्वीकृत गरिदिएको छ । बढ्दो चालक अभावको समस्या समाधान गर्न सउल महानगरपालिकाले केन्द्रीय सरकार समक्ष राखेको प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयले अस्वीकृत गरेको हो । मन्त्रालयले हाल विद्यमान भिसा कानुन, लाइसेन्सको प्रमाणीकरणको समस्या, र भाषा दक्षता लगायत कारण देखाउँदै सम्भव नरहेको बताएको हो ।
पहिलो कुरा त E-9 भिसाले काम गर्न पाउने कार्यक्षेत्रमा बस चालक छैन । दोस्रो कुरा महानगरले चालकको खोजी गरेका बसका लागी हेभि ड्राइभिङ लाइसेन्स आवश्यक पर्छ जसका लागी कोरियामा १ वर्षसम्म लाइट ड्राइभिङ् लाइसेन्स प्राप्त गरी ति सवारी चलाएको अनुभव हुनुपर्छ । साथै सवारी चालकको पेशाका निम्ति कोरियन भाषाको दक्षता उच्च चाहिन्छ । यात्रुहरुसंग राम्रोसँग बोल्न, नेभी एपहरु चलाउन तथा बसको सिस्टम पनि बुझ्नुप...
१८ मंसिर २०८१, मंगलवार १२:०३१८ मंसिर २०८१, मंगलवार १२:०३१८ मंसिर २०८१, मंगलवार १२:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर १५ तारिख सउलमा “चासोक तङनाम” मनाउने भएको छ।
“हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक होऔ” भन्ने मुल नाराका साथ कि.या.चु दक्षिण कोरियाले डिसेम्बर १५ तारिक आइतबार सउल स्थित 서울 성북구 보문로 168 성북구청 मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८४ (उधौली पर्व) को अवसरमा “चासोक तङनाम” बिशेष शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।
आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच 'यालाङ',च्याब्रुङ 'के लाङ’ सँगै लिम्बु चर्चित याक्थुङ गायक-गायिकाहरुको साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा,संस्कृतिक,कला र परम्पराको...
१७ मंसिर २०८१, सोमबार १३:२४१७ मंसिर २०८१, सोमबार १३:२४१७ मंसिर २०८१, सोमबार १३:२४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको छल्लाबोक्दोको छन्जु नजिकै वान्जुगुन सुयाङ्म्यनको एक बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गएको छ। बङ्गुरको मलमुत्र जम्मा गर्ने ट्याङ्की सफा गर्ने क्रममा एक कोरियन साहु सहित एक नेपालीको निशासिएर घटनास्थलमै मृत्यु भएको हो।
दुईजना नेपाली कार्यरत रहेको फार्ममा अर्को एक नेपाली चाहिँ छल्लाबोक्दोको ईक्सानको अस्पतालमा इमर्जेन्सीमा उपचार भइरहेको छ। अस्पतालमा राति कुरुवाको लागि छल्लाबोक्दोको कन्चनजङ्गा रेस्टुरेन्ट तथा सेल्टरका सञ्चालक राजन लिम्बु जानुभएकोछ र विस्तृत जानकारी बिरामी निको भएर बोल्न सक्ने भएपछि घटनाको बारेमा बाहिर आउने बताइएको छ।
दक्षिण कोरियामा रहनुहुने सम्पूर्णले आफ्ना स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । विशेषगरी बङ्गुर फार्ममा ट्याङ्की सफा गर्ने क्रममा निशासिएर मृत्यु भएको घटना यसअघि पनि आएको हुँदा सबैले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ।...
१७ मंसिर २०८१, सोमबार १२:४६१७ मंसिर २०८१, सोमबार १२:४६१७ मंसिर २०८१, सोमबार १२:४६ by विशाल श्रेष्ठNo Comments
मिन बि क/दक्षिण कोरिया:खिम्पोमा रहेर सामाजिक संस्थामा सक्रिय संस्था क्रियटिभ एम्बिशन नेपाल( क्यान)ले आज पाचौं अधिवेशन सम्पन्न गरेको छ।
खिम्पो आप्रवासी सहयोग केन्द्रको हलमा सम्पन्न अधिवेशनबाट अर्बिन थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकाछन् भने १४ सदस्यीय कार्यसमिति चयन गरेको छ।
अधिबेशनमा क्यानले खिम्पो स्थित सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थुप्रै कार्य गर्नुका साथसाथै नेपाली भाईचारा तथा एकतालाई मजबुत बनाउदै लागेको छ।
नबनिर्वाचित कार्यसमिति
अध्यक्ष : अर्बिन थापा
उपाध्यक्ष : रबिन राइ , अनिल अर्याल
सचिब : राजु अधिकारी
कोषाध्यक्ष : अमर बहादुर घले
सह कोषाध्यक्ष : दिलिप के सी
सदस्यहरु :
सुजन बस्याल
कपिल पोखरेल
सन्जिब खतिवडा
अमर भुजेल
सगर भुजेल
बिशाल क्षेत्री...
१७ मंसिर २०८१, सोमबार १२:३२१७ मंसिर २०८१, सोमबार १२:३२१७ मंसिर २०८१, सोमबार १२:३२ by विशाल श्रेष्ठNo Comments
मिन बि क/दक्षिण कोरिया:स्याङ्गजा परिवार दक्षिण कोरियाले मे ३ र ४ मा बनभोज कार्यक्रम गर्ने निर्णय गरि कार्यसमितिको दोस्रो नियमित भौतिक बैठकलाइ सम्पन्न गरेको छ ।
केन्द्रिय अध्यक्ष सुशील गुरुङको अध्यक्षता तथा प्रमुख संरक्षक कुमार थापाको प्रमुख आतिथ्यतामा कोरियाको राजधानी दोङ्गदेमुन स्थित सम्झना रेस्टुरेण्टमा बैठक सम्पन्न गरिएको थियो। १३ औं कार्यसमितिले मनोनयन पत्र प्रदान गर्नु को साथै निवर्तमान कार्यसमितिका पदाधिकारीहरु,विभिन्न विभागीय प्रमुखहरू तथा संस्थालाई योगदान दिनुहुने व्यक्तित्वहरूलाई सम्मान पत्र द्वारा सम्मानित गरेको थियो।
बैठकले २०२५ को बार्षिक कार्ययोजनाहरु समेत तर्जुमा गर्दै संस्थाका सामाजिक गतिबिधीहरु थप प्रभावकारी हिसाबले संचालन गर्ने र संस्थाको गरिमालाई थप उचाईमा पुर्याउने तथा कोरियामा रहेका स्याङ्गजाली साथीहरुलाई गोलबद्द गर्नको निमित्त १३ औं कार्यसमितिले २०२५ को मे महिनाको ...
१७ मंसिर २०८१, सोमबार १२:१६१७ मंसिर २०८१, सोमबार १२:१६१७ मंसिर २०८१, सोमबार १२:१६ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सुवन स्थित क्लबमा दर्जनौं विदेशीहरू लागुऔषधसहित पक्राउ परेका छन्। जसमा भिसा नभएकाहरू मुख्य रूपमा भियतनामी नागरिकहरू धेरै परेका छन्।घटनास्थलमा लागुऔषध प्रयोगको रिपोर्ट आएपछि प्रहरीले आइतबार सुवन, ग्याङगीमा मुख्य रूपमा भियतनामी नागरिकहरू आउने गरेको क्लबमा छापा मारेको थियो।
सुवन सेओबु प्रहरी परिसर र सुवोन अध्यागमन कार्यालयले सोमबार राति १ः२० बजे सुवन स्टेशन नजिकैको एक क्लबमा दुई घण्टा छापा मारि पक्राउ गरेका थिए।
आइतबारको अपरेसनमा प्रहरी र अध्यागमन कार्यालयका २५५ जना अधिकारी भइ छापा मारेको हो।
जम्मा ९६ जना क्लब भित्र रहेका मध्ये ३९ जना जम्मा भएका थिए । पक्राउ परेका ३९ मध्ये १२ जनालाई औषधि परीक्षणमा पोजेटिभ देखिएकाले लागुऔषध नियन्त्रण ऐन उल्लङ्घन गरेको अभियोगमा आकस्मिक हिरासतमा राखिएको छ ।
२० देखि ३० वर्षका १२ जना मध्य ११ भियतनामी जना नागरिक र एक अंगीकृत कोरियाली थिए। उ...
१७ मंसिर २०८१, सोमबार १०:५४१७ मंसिर २०८१, सोमबार १०:५४१७ मंसिर २०८१, सोमबार १०:५४ by विशाल श्रेष्ठNo Comments
लुगा कपडा धुनका लागि वाशिङ मेसिनको प्रयोग त गर्नु भएकै होला । तर कुनैबेला मानिसलाई नै धुने वाशिङ मेसिन पनि आउला भन्ने कल्पना चाहिं गर्नुभएको थिएन सायद। तपाईंले सोच्दै नसोचेको यही मेसिन जापानले तयार गरेको छ ।
बाथरुमका सामान उत्पादन गर्ने जापानको एक कम्पनीले मानिस धुने वाशिङ मेसिन निर्माण गरेको छ। यो एउटा यस्तो भाँडो हो जसले केवल १५ मिनेटमै मानिसलाई धोएर सफा गराइदिन्छ ।
यो मानव वाशिङ मेसिन भविष्यको प्रविधिमा आधारित छ र अहिले केवल प्रोटोटाइप चरण्मा मात्र रहेको छ । निकट भविष्यमा यसलाई व्यवसायिक रुपमा उत्पादन गरेर घर तथा आतिथ्य क्षेत्रहरुका लागि लञ्च गर्ने योजना कम्पनीको छ ।
जापानी सञ्चार माध्यम द असाही शिम्बुनका अनुसार यो मेसिन सन् १९७० को जापान वर्ल्ड एक्सपोजिसनमा प्रदर्शित एउटा मिल्दोजुल्दो मेसिनबाट प्रेरित भएर तयार गरिएको छ । त्यसबेला सान्यो इलेक्ट्रिक कम्पनी (जुन अहिले प...
१७ मंसिर २०८१, सोमबार ०२:५४१७ मंसिर २०८१, सोमबार ०२:५४१७ मंसिर २०८१, सोमबार ०२:५४ by विशाल श्रेष्ठNo Comments
नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे।
गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय कृष्ण घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भ...
१६ मंसिर २०८१, आईतवार १२:३९१६ मंसिर २०८१, आईतवार १२:३९१६ मंसिर २०८१, आईतवार १२:३९ by विशाल श्रेष्ठNo Comments
गायक प्रमोद खरेलको स्वर तथा दक्षिण कोरियामा रहेका राम शर्माको लेखनमा बनेको मर्म स्पर्शी गीत "किन रुन हुन्न मर्दले" सार्वजनिक भएको छ।
मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ भएको सो गीतमा रोशन सिंहको संगीत रहेको छ भने एरेन्ज भने विशाल निरौलाले गरेका छन्। कुमार रानाले मिक्स मास्टरिङको गरेको गितमा रेकर्ड भने रेकर्डिस्ट सुमन राना र खुमन रानाले गरेका हुन्।
भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीले मुख्य अभिनय गरेका छन्। यसैगरी शिवु पाण्डे, दिनेश गोर्खाली र बालकलाकार अबिन तामाङको समेत अभिनय रहेको छ।विवाहित जोडीको कथा देखाइएको भिडिओको कथा र निर्देशन विक्रम चौहानले गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने सञ्चारकर्मी समेत रहेका लक्ष्मण शर्मानै भिडिओका निर्माता समेत हुन्।
https://youtu.be/tI00XR9pNCI?si=_HQ74ag02D4nbdKt
...
१६ मंसिर २०८१, आईतवार ०८:४२१६ मंसिर २०८१, आईतवार ०८:४२१६ मंसिर २०८१, आईतवार ०८:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: युवा पुस्तामाझ लोकप्रिय ब्यान्ड 1974 AD सलनालमा कोरियामा पनि घन्किने भएको छ। कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा जनवरी २८ तारिखका दिन सउलमा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा हुने “माछापुछ्रे सांगीतिक सौगात भाग ४” मा 1974 AD घन्किने भएको हो।
आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहलमा एक कार्यक्रम गरी माछापुछ्रे सांगीतिक सौगात भाग-४ को कलाकारसहितको पोस्टर सार्वजनिक गरि आयोजकले यो सलनालमा 1974 AD ब्यान्ड कोरिया ल्याउने जनाएको हो। यो मन त मेरो नेपाली हो , सम्बोधन तिमिलाइ, धेरै धेरै आउछ,पहिलो जुनीमा, परेलीमा लुकाइ राखन, गुराँसै फुल्यो बनैमा, सम्झी बस्छु,छुँदैन तिम्रो मायाले, वरपरी गाउँभरि हल्ला छ लगायत दर्जनौं हिट गित दिन सफल आफ्नो स्थापनाको ३० औ वार्षिकोत्सव मनाइरहेको 1974 AD ब्यान्डले कोरियाको सउलमा पनि सलनालमा लाइभ प्रस्तुति दिने भएको हो।
नेपाली...