अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ।
अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ।
डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।...
२५ मंसिर २०८१, मंगलवार ११:१९२५ मंसिर २०८१, मंगलवार ११:१९२५ मंसिर २०८१, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको ७ औ अधिबेशन डिसेम्वर १५ मा गर्ने भएको छ ।
किम्हे बुसान समितिको बैठक ले डिसेम्वर १५ तारिक आइतबारका दिन ठिक १२ बजे किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने लगायत सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,...
२५ मंसिर २०८१, मंगलवार ०६:०३२५ मंसिर २०८१, मंगलवार ०६:०३२५ मंसिर २०८१, मंगलवार ०६:०३ by विशाल श्रेष्ठNo Comments
घरमा काम गर्ने बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ
एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ ।
पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ
आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिक...
२४ मंसिर २०८१, सोमबार ०३:०१२४ मंसिर २०८१, सोमबार ०३:०१२४ मंसिर २०८१, सोमबार ०३:०१ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/कोरिया:दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष "तमू ल्होसार २०८१" मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो ।
गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै विगतमा झैं यसपटक पनि ल्होसारलाई थप उत्साहजनक र संगीतमय बनाउन नेपाली लोक तथा तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित कलाकार जालुमाया गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने बताउँदै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङ...
२३ मंसिर २०८१, आईतवार १२:५८२३ मंसिर २०८१, आईतवार १२:५८२३ मंसिर २०८१, आईतवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।
आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको समाजले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।
आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...
२० मंसिर २०८१, बिहीबार ११:२६२० मंसिर २०८१, बिहीबार ११:२६२० मंसिर २०८१, बिहीबार ११:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको खिम्जेमा पनि डिसेम्बर ७ र ८ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ हिमालयन रेस्टुरेन्टले खिम्जे स्थित 전북 김제시 거산동 1062-6 2 층 मा डिसेम्बर ७ र ८ तारिख शनिबार र आइतबारका दिन साझ ७ बजे प्रदर्शन गर्ने भएको हो।
खिम्जेमा आवास गृह स्थापनार्थ प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र १० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि NH BANK मा रहेको खाता नम्बर 3510755904513 मा १० हजार कोरियन वन जम्मा गर्नुपर्ने बताउँदै आयोजकले मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन खिम्जे वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ।
‘स्टारकास्ट’कै कारण ठूल...
१८ मंसिर २०८१, मंगलवार २३:४५१८ मंसिर २०८१, मंगलवार २३:४५१८ मंसिर २०८१, मंगलवार २३:४५ by विशाल श्रेष्ठNo Comments
राष्ट्रपति युन सुक येओलले कानून खारेज गर्ने राष्ट्रिय सभाको सर्वसम्मत प्रस्तावलाई प्रतिक्रिया दिँदै घोषणा गरेको करिब छ घन्टापछि बुधबार मार्शल ल हटाएका छन्। कानून खारेज गर्ने राष्ट्रिय सभाको सर्वसम्मत प्रस्तावलाई प्रतिक्रिया दिँदै राष्ट्रपति युन सुक येओलले यो घोषणा गरेको करिब छ घन्टापछि बुधबार मार्शल ल हटाएका हुन्। । संसदले प्रस्ताव पारित गरेको करिब साढे तीन घण्टापछि बिहान ४ बजेर २० मिनेटमा उनले उक्त निर्णय घोषणा गरेका हुन् ।
"राज्यको आवश्यक कार्यलाई पक्षाघात गर्ने र उदार लोकतन्त्रको संवैधानिक व्यवस्थालाई कमजोर पार्न खोज्ने राज्य विरोधी शक्तिहरूको जवाफमा राष्ट्र बचाउने दृढ संकल्पका साथ मैले हिजो राती आपतकालिन मार्शल लको घोषणा गरें। तर, राष्ट्रिय सभाको मागलाई पछ्याउँदै केही समयअघि मार्शल ल हटाएपछि, मैले मार्सल ल अपरेशनका लागि तैनाथ गरिएका सैन्य बलहरू फिर्ता लिएको छु,’ युनले सम...
१८ मंसिर २०८१, मंगलवार १५:४९१८ मंसिर २०८१, मंगलवार १५:४९१८ मंसिर २०८१, मंगलवार १५:४९ by विशाल श्रेष्ठNo Comments
राष्ट्रपति युन सुक येओलले आपतकालीन मार्शल ल घोषणा गरेपछि मङ्गलबार अमेरिकी डलरको तुलनामा दक्षिण कोरियाली मुद्रामा भारी गिरावट आएको छ । युनले मार्शल लको घोषणा गरेपछि, विपक्षी पक्षले संसदलाई नियन्त्रण गरेको र "राज्य विरोधी आचरण" गरेर सरकारलाई पक्षाघात गरेको आरोप लगाएपछि रातको व्यापारको क्रममा कोरियाली वोन प्रति डलर १,४३० वोनमा झरेको थियो।
यो अक्टोबर २६, २०२२ पछिको सबैभन्दा न्यून स्तर थियो, जब स्थानीय मुद्रा १,४३२.४ वोनमा झरेको थियो।...
१८ मंसिर २०८१, मंगलवार १४:५२१८ मंसिर २०८१, मंगलवार १४:५२१८ मंसिर २०८१, मंगलवार १४:५२ by विशाल श्रेष्ठNo Comments
सत्तारुढ पीपुल पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणाको आलोचना गर्दै उक्त निर्णयलाई "गलत" भनेका छन्। उनले राष्ट्रपतिको कदम "जनतासँगै" रोक्ने योजनामा रहेको समेत बताएका छन्।
सत्तारुढ पार्टीका प्रमुख हान डोङ-हुनले मंगलबार राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणा "गलत" भएको र जनतासँग मिलेर यसलाई "ब्लक" गर्ने बताएका छन्। पीपल पावर पार्टीका हानले युनले उत्तर कोरिया समर्थक सेनालाई उन्मूलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थाको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै मार्शल लको घोषणा गरे लगत्तै विज्ञप्ति जारी गरेका हुन्। (योनहाप)...
१८ मंसिर २०८१, मंगलवार १४:१५१८ मंसिर २०८१, मंगलवार १४:१५१८ मंसिर २०८१, मंगलवार १४:१५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपतकालीन मार्शल लको घोषणा गर्दै देशलाई "कम्युनिष्ट शक्तिहरू" बाट जोगाउन यो उपाय आवश्यक भएको बताएका छन।
राष्ट्रपति युन सुक येओलले विपक्षीलाई "राज्य विरोधी गतिविधिहरू र विद्रोहको योजना बनाएको" आरोप लगाउँदै मंगलबार आपतकालीन मार्शल लको घोषणा गरेका हुन्। युनले टेलिभिजन सम्बोधन गर्दै भने, "मार्शल लको उद्देश्य उत्तर कोरियाली समर्थक शक्तिहरूलाई उन्मूलन गर्ने र स्वतन्त्रताको संवैधानिक व्यवस्थाको रक्षा गर्नु हो।" भनेका छन्।
विपक्षी डेमोक्र्याटिक पार्टीले संसदीय बजेट समितिमा डाउनसाइज बजेट बिल रेलरोड गरेपछि र राज्य लेखा परीक्षक र मुख्य अभियोजक विरुद्ध महाभियोग प्रस्ताव पेश गरेपछि यो निर्णय आएको हो।
राष्ट्रपति होङ सियोक-योलले आपतकालिन घोषणा गरेको सन्दर्भमा प्रहरी प्रमुख जो जी-होले ४ तारिख मध्यरातमा आपतकालीन कार्यकारी बैठक बोलाएका छन्।
...