Advertisement
Advertisement

तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

Advertisement
Advertisement

बोम्जन गुरुङ/कोरिया:दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो ।

गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै विगतमा झैं यसपटक पनि ल्होसारलाई थप उत्साहजनक र संगीतमय बनाउन नेपाली लोक तथा तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित कलाकार जालुमाया गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने बताउँदै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिइन् ।

मौलिक तथा गाउँघरमा बोलिने, सुनिने शब्दहरुलाई टपक्क टिपेर गीतको भावमा उन्दै मन्त्रमुग्ध बनाउन माहिर कलाकार जालुमाया गुरुङको कोरिया सांगीतिक भ्रमण भने पहिलो पटक हो । पुर्खौली घर कास्की घान्द्रुक र रोल्पाको गुरुङ गाउँमा जन्मिनुभएकी कलाकार गुरुङ लोकप्रिय कार्यक्रम इन्द्रेणी “लन्ठु एपिसोड” मार्फत् चिरपरिचित हुँदै करीब एक दर्जन एल्बममा आफ्नो आवाज भरिसकेकी छिन् । आमन्त्रित कलाकार सँगै गुरुङ समुदायको मौलिकतामा आधारित विभिन्न बाजागाजाको तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी ल्होसारको तयारीमा जुटिरहेको संस्थाका साँस्कृतिक विभाग संयोजक रामचन्द्र गुरुङले (RC) बताए । सुविधा सम्पन्न हलमा आयोजना हुने सो ल्होसार कार्यक्रममा सम्बन्धित तमू (गुरुङ) व्यक्तिहरुलाई रिपा लगाई स्याई स्याई त्हें गरिने र स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था समेत गरिने संस्थाका केन्द्रीय महासचिव वाईबि गुरुङले स्पष्ट पारे ।

तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त “तमू ल्होसार २०८१” लाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×