Advertisement
Advertisement

Breaking News

नेपाली सम्पर्क समिती(NCC) ले सलनालमा हुने कार्यक्रमको बाडफाड नोभेम्बर २६ मा गर्ने

नेपाली सम्पर्क समिती(NCC) ले सलनालमा हुने कार्यक्रमको बाडफाड नोभेम्बर २६ मा गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
  बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको नया बर्ष( सलनाल) को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने नेपाली सांस्कृतिक कार्यक्रम बाडफाड गर्ने मिती तय गरेको छ। सन् 1993 मा स्थापना भई गौरबमय ईतिहास बोकेको नेपाली सम्पर्क समिती(NCC) लाई कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरूको छाता संस्थाका रूपमा मानिदै आएको छ। बिगतमा निकै राम्रो काम गरेको NCC ले सबै संघसंस्था को सहकार्य मा भगवान गौतम बुद्धको प्रतिमा समेत कोरिया स्थापना गरेक‍ो छ ।कोभिड तथा बिबिध कारणबस अलि सुस्ताएको NCC अहिले फेरि १८ औ कार्यसमिति निकै सकृयताका साथ लागि पर्नुका साथै अन्योलमा परेका संघसंस्था हरुले पनि NCC प्रति पुन आशा पलाएको बताउने गरेका छन । पहिले भन्दा फरक ढङ्गले विभिन्न बिभाग हरु गठन गरि संस्थालाई सेवामुलक संस्थाको रुपमा परिचित गराउदै ,भाषा समस्या ,स्वास्थ्य समस्या ,सास्कृतिक बिभाग लगायत...
गण्डकी प्रदेश समाजले अन्तरक्रिया कार्यक्रम गर्ने

गण्डकी प्रदेश समाजले अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
कमला केसी /बिशाल आवाज :गण्डकी प्रदेश समाज दक्षिण कोरियाले, पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका संघीय संसद साथै नेकपा एमालेका प्रमुख सचेतक माननीय पदम गिरी, नेपाली काग्रेशको केन्द्रिय सदस्य संघीय सासंद प्रदिप पौडेल र नेकपा माओवादीका केन्द्रिय सदस्य एबं पुर्व खानेपानी आपूर्ति मन्त्री तथा पूर्व संघीय संसद बिना मगरको प्रत्यक्ष उपस्थितिमा नोभेम्बर १८ तारिक शनिबार बेलुकी ८ बजे नेपाली थाई रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा "नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरिया आएका मौका पारेर कार्यक्रम गर्न लागिएको हो । यही अवसरमा "उद्यमशीलता , आत्मनिर्भरता र प्राबिधिक सिप आजको आवश्यकता !नीतिनिर्माण र कार्यान्वयनमा युवा नेतृत्वको भुमिका!! " बिषयमा कोरिया स्थि...
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, दुर्घटना
  रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...
दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति

दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति

Breaking News, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
  ‘दिमाग खराब’को प्रदर्शन नरोकिने, निर्माता र चलचित्र संघबीच शो बाँडफाँटमा सहमति काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ । चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ...
कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित

कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
कोरियामा रहेका नेपालीले यसरी मनाए भाइटिका/ देउसी भैलो फोटो फिचर सहित बिशाल आवाज :नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड तिहार को भाईटीका कोरियामा बसोबास गर्ने नेपालीहरुले पनि मनाएका छन् । कोरियाको शुभ साइत अनुसार नोभेम्बर १५ बिहान ११:४२ मिनेटमा कोरियाका विभिन्न शहर हरुमा टिका लगाई मनएका छन । चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको सन् २०२३ अर्थात् बिस २०८० को भाइटीका हर्सौल्लास साथ सम्पन्न भएको छ । बुधबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका हुन ।कोरियामा दिदिबहिनी दाजुभाइ नहुनेहरु केही नेपाल गएका छन् भने कोरियामा आफ्नै दाजु भाई दिदिबहिनी नहुने हरुले पनि आफ्नो कला रितिरिवाजलाई जोगाइरहन निधार खाली नगर्न कोरियामै दाजुभाइ दिदिबहिनी बनाएर हर्षोल्लासका साथमा टिका लगाएका छन् । कोरियामा रहेका ने...
दिमाग खराब’को अडानलाई साथ दिने निर्माता संघको निर्णय

दिमाग खराब’को अडानलाई साथ दिने निर्माता संघको निर्णय

Breaking News, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन
  काठमाडौं । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले लिएको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएको छ । आज बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्‍याउँदै साथ दिने निर्णय लिएको हो । दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्त अघि सारेका छन् । शर्त पूरा नभएको खण्डमा चलचित्र हलबाट उतार्ने उनीहरुको चेतावनी छ । 'दर्शकको फ्लोअनुसार शो र आम्दानीको ५० प्रतिशत हिस्सा नेपाली चलचित्रले पाउनैपर्छ यसै विषयमा छलफल गर्न आज निर्माता संघको बैठक बसेको थियो । बैठकमा ‘दिमाग खराब’का निर्माता निर्देशक पनि उपस्थित थिए । बैठकले ‘दिमाग खराब’ का तर्फबाट प्रस्तुत गरिएको माग समग्र निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता-कलाकार दीपकराज गिरीले बताए । ‘आम्दानीको ५० ...
एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय
  𝐀𝐆𝐄𝐍𝐂𝐘:सोल । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् । उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ”, अध्य...
प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।

प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
  प्रवेश परिक्षाको लागि हवाई उडान नै बन्द गर्दै कोरिया। आज कोरियामा देशभर राष्ट्रिय विश्वविध्यालहरूमा प्रवेशको लागी Entrance Exam हुदैॅ छ। परिक्षामा देशभरका ५ लाख बन्दा बढी बिध्यार्थीहरू सामेल हुॅदैछन्।यो परिक्षाबाट आफ्नो रूचि अनुसार देशको टप युनिभर्सिटीहरूमा उच्च शिक्षा हासिल गर्न सकिने र आफ्नो करिअरको समेत एक महत्वपुर्ण परिक्षा भएकोले देशब्यापी रूपमा निकै महत्वका साथ हेर्ने गरिन्छ। प्रवेश परिक्षाको लागि देशको सरकारी संयन्त्र समेत निकै संवेदशिल भएको देखिन्छ। जसको लागी परिक्षामा कुनै डिस्टब नहोस् भनेर सबै हवाई उडान,अवतरण बन्द गरिएको छ।आकस्मिक उडान समेत ३ कि.मि भन्दा माथिको Altitude मा हुनुपर्ने भनेको छ। पब्लिक ट्रेन,बसहरू नियमित भन्दा १ घन्टा अघिदेखि नै सुचारू गरिएको छ। सरकारी कार्यालयहरू शुरू हुने समय १ घन्टा पछाडी सारिएको छ। कोभिड १९ संक्रमित वा लक्षण देखिएकाहरूको छु...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालमा बृहत ल्होछार कार्यक्रम गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालमा बृहत ल्होछार कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
  विशाल आवाज: मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार सलनालको पहिलो दिनमा विविध सास्कृतिक तथा सांगितिक कार्यक्रम गर्ने भएको छ। तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई  गरेर डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र  सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎति...
कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको “Billiards Snooker Tournament” को उपाधी

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद
  कृष्ण क्षेत्रीले चुमे बीस लाख कोरियन वोन सहितको "Billiards Snooker Tournament" को उपाधी बोम्जन गुरुङ /बिशाल आवाज:कोरिया स्थित तमू धींले आयोजना गरेको "Billiards Snooker Tournament" को उपाधी कृष्ण क्षेत्रीले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी होम विष्टलाई फाईनलमा सिधा दुई सेटको स्थितिमा विष्टलाई पाखा लगाएका क्षेत्रीले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न होम विष्टले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सर्वाधिक स्कोर (लगातार ३६ अङ्क) गर्दै प्रथम स्थान हासिल गरेका कृष्ण क्षेत्रीले नै दुई लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । संस्थाका खेलकूद संयोजक ब्रो तमू (कृष्ण) को संयोजकत्वमा सञ्चालित उक्त प्रतियोगितामा जम्मा ६४ जनाले...