Advertisement
Advertisement

Breaking News

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा एकताका राम्रो मार्केट‌ लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ। रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...
तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ। सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो। प्रमुख दल माओवादी र एमालेसहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्। सेयरबजार मैत्री मानिने विष्णु पौडेलको अर्थमन्त्रीमा चर्चा चलेसँगै सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन्।  सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ। त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।...
नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्...
नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्गोल यसैगरी मिडिय...
दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् । देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ । दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

Breaking News, जानकारी, भर्खरै
  १६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।...
दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी 𝐒𝐔𝐍𝐈 𝐀𝐍𝐃 𝐓𝐇𝐄 𝐒𝐄𝐕𝐄𝐍 𝐏𝐑𝐈𝐍𝐂𝐄𝐒𝐒𝐄𝐒 नाम गरेको एउटा र्‍याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो । तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई  चिनेका छन् । ...
प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको अध्यक्षमा प्रदिप रोकाया

प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको अध्यक्षमा प्रदिप रोकाया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको बालाजी रेष्टुरेन्टको सभा हल ,बानोल्दाङ्ग थेगुमा आइतबार सम्पन भएको पाचौ अधिवेशन वाट प्रदिप रोकायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा ज्युको प्रमुख आतिथ्यमा तथा प्रवासि नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य डा सन्जु पौडेल , प्रवासि नेपाली मञ्च द कोरिया अध्यक्ष सिर्जना नेपाली , एनआरएनए कोरियाको पुर्व वरिष्ठ उपाध्यक्ष एवंम प्रवासि नेपाली मञ्च द कोरिया सल्लाहकार सन्जिब राई बिशेष अतिथि साथै बिभिन्न थेगुमा रहेको संघ सस्थाको अध्यक्ष एबम प्रतिनिधिहरुको आतिथ्यतामा थेगु शाखा कमिटिको पाचौं अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो। प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु शाखाकि पाचौं अधिबेशन बाट प्रदिप रोकायाको नेतृत्वमा उपाध्यक्षमा पासाङ शेर्पा,सचिवमा छोनम लामा...
प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: आपतकालीन राहतकोष स्थापनार्थ दक्षिण कोरियाको किम्हेमा मार्च १७ तारिखका दिन कोरियाव्यापि प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने भएको छ। साङ्दोङ् फुटबल क्लब दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 경상남도 김해시 김해대로 1798 청은 풋살 파크) मा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा यहि आउदो मार्च १७ तारिखका दिन फुटसल टुर्नामेन्ट हुन लागेको आयोजक क्लबका सचिव दामोदर उप्रेतीले विशाल आवाजलाई बताए। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ। प्रतियोगिताका व्यबस्थापक का अनुसार टीम दर्ता गर्न IBK को खाता नम्बर 22139348702011 मा ADHIKARI NARA...
नागरिक उड्डयन प्राधिकरणको जालझेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

नागरिक उड्डयन प्राधिकरणको जालझेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

Breaking News, जानकारी, भर्खरै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) ले काठमाडौँ–सिओल उडानको अनुमति मागेको ६ वर्ष भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल–दक्षिण कोरिया उडान गर्दै आएको कोरियन एयरलाइन्सको एकाधिकार नतोडियोस् भनेर नेपाल एयरलाइन्सलाई अनुमति नदिने खेल खेलिरहेको पाइएको छ । नेपाल एयरलाइन्सको सिओल उडान अनुमतिका लागि २०७४ सालदेखि नै प्रक्रिया अगाडि बढेको हो । कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत रहेको फ्लाइट स्ट्याण्डर्ड डिभिजन र (क्यान) का फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख राजु श्रेष्ठबिच भएको पटकपटकको पत्राचारले एनएसीले अझै अनुमति पाएको छैन । श्रेष्ठले अवकाश लिइसक्दा पनि उनको योजना बमोजिम नै अनुमति रोकिएको छ । कोरियाले पनि निगमको जहाज सिओल उडानका लागि सेफ्टी अडिटको सर्त तेर्स्याइरहेको छ । साइट निरीक्षण गरेर अडिट गरेपछि उडान अनुमति दिने प्रस्ताव अगाडि...