विशाल आवाज:प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको बालाजी रेष्टुरेन्टको सभा हल ,बानोल्दाङ्ग थेगुमा आइतबार सम्पन भएको पाचौ अधिवेशन वाट प्रदिप रोकायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा ज्युको प्रमुख आतिथ्यमा तथा प्रवासि नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य डा सन्जु पौडेल , प्रवासि नेपाली मञ्च द कोरिया अध्यक्ष सिर्जना नेपाली , एनआरएनए कोरियाको पुर्व वरिष्ठ उपाध्यक्ष एवंम प्रवासि नेपाली मञ्च द कोरिया सल्लाहकार सन्जिब राई बिशेष अतिथि साथै बिभिन्न थेगुमा रहेको संघ सस्थाको अध्यक्ष एबम प्रतिनिधिहरुको आतिथ्यतामा थेगु शाखा कमिटिको पाचौं अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो।

प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु शाखाकि पाचौं अधिबेशन बाट प्रदिप रोकायाको नेतृत्वमा उपाध्यक्षमा पासाङ शेर्पा,सचिवमा छोनम लामा उप-सचिवमा बिक्रम थापा,मिलन राना र सदस्य हरुमा मिङमा लामा,ब्रेन्जल राई,सागर न्यौपाने,गणेश कंडेल,सुरज पुरी, सामु गिरी,गणेश रानाभाट १३ सदस्यीय सहित एक महिला उपाध्यक्ष मनोनित गर्ने गरि नयाँ कार्यसमिति निर्वाचित भएको हो।










