Advertisement
Advertisement

दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

Advertisement
Advertisement

 

सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् ।

देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ ।

दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाको मूल्य निकै कम तोकिएको छ । जबकि कस्मेटिक सर्जरी लगायतको मूल्य निकै उच्च रहेको छ । यसले डाक्टरहरू ठुला सहरका आकर्षक स्थानमा काम गर्न आकर्षित बनेका छन् ।

यही कारणले ग्रामीण क्षेत्रमा डाक्टरहरूको कमी देखिएको छ । दक्षिण कोरियामा डाक्टरहरूलाई राम्रो तलब सुविधा दिए पनि काम गर्ने समयको तुलना गर्दा उनीहरूले न्यूनतम तलबभन्दा पनि कम आम्दानी गरिरहेको तर्क गर्छन् । 

२५ वर्षीय डाक्टर रायू ओके हाडाले आफूले हप्तामा १ सय घण्टाभन्दा बढी काम गर्ने गरेको सुनाए । उनका अनुसार कहिलेकाहीँ आफूले नसुती ४० घण्टासम्म काम गर्ने गरेको बताए ।

बीबीसी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×