Advertisement
Advertisement

नागरिक उड्डयन प्राधिकरणको जालझेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

Advertisement
Advertisement

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) ले काठमाडौँ–सिओल उडानको अनुमति मागेको ६ वर्ष भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल–दक्षिण कोरिया उडान गर्दै आएको कोरियन एयरलाइन्सको एकाधिकार नतोडियोस् भनेर नेपाल एयरलाइन्सलाई अनुमति नदिने खेल खेलिरहेको पाइएको छ ।

नेपाल एयरलाइन्सको सिओल उडान अनुमतिका लागि २०७४ सालदेखि नै प्रक्रिया अगाडि बढेको हो । कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत रहेको फ्लाइट स्ट्याण्डर्ड डिभिजन र (क्यान) का फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख राजु श्रेष्ठबिच भएको पटकपटकको पत्राचारले एनएसीले अझै अनुमति पाएको छैन । श्रेष्ठले अवकाश लिइसक्दा पनि उनको योजना बमोजिम नै अनुमति रोकिएको छ ।

कोरियाले पनि निगमको जहाज सिओल उडानका लागि सेफ्टी अडिटको सर्त तेर्स्याइरहेको छ । साइट निरीक्षण गरेर अडिट गरेपछि उडान अनुमति दिने प्रस्ताव अगाडि सारेको छ भने क्यानले चाहिँ नेपाल सार्वभौम मुलुक भएका कारण अडिट गर्न नदिने जवाफ फर्काएको छ । यही नेर क्यानको नियतमा शङ्का गर्दै उसले झेली गरिरहेको जानकारहरूको बुझाई छ ।

‘क्यानले चाहेको भए उहिल्यै नेपाली ध्वजावाहक जहाजले सिओलको नियमित उडान भरिसक्थ्यो । कतै न कतै कोरियन एयरलाइन्स पोस्ने र त्यसबापत आर्थिक फाइदा लिने मनसायले क्यानका जिम्मेवार अधिकृतहरूले अनेक बहानाबाजी गर्दै अनुमति दिएनन्’ निगमका एक उच्च अधिकृतले भने ।

निगमले आफ्नो कार्यविधि सच्याएर भए पनि सिओल उडान भर्न सकिए त्यहाँ कार्यरत नेपालीले सस्तोमा आवतजावत गर्न पाउने ठानेको छ । अहिले एक जना यात्रुले सिओल–काठमाडौँ एकतर्फी उडानका लागि एक लाख ४५ हजार रुपैयाँ बढी भाडा तिरिरहेको अवस्था छ । निगमको जहाज उडान भए त्यो खर्च ह्वात्तै हट्ने देखिन्छ । दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपिएस) परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरू त्यहाँ जान्छन् । प्रत्येक वर्ष कम्तीमा २० देखि २५ हजार नेपाली र विदेशी नागरिकको काठमाडौँ–सिओल उडान भर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हालै बसेको बैठकमा क्यान र निगमको बोर्डका सदस्यलाई मन्त्री सुदन किराँतीले निगमको जहाज सिओल उडानको चाँजोपाँजो मिलाउन निर्देशन दिएका थिए । जवाफमा क्यानका महानिर्देशक प्रदीप अधिकारी अडिट गर्ने कोरियन प्रस्ताव स्विकार्न नसकिने बताएको बैठकमा सहभागी एक अधिकृतले बताए ।

उडानबारे यस्तो पत्राचार
कोरियास्थित फ्लाइट स्ट्याण्डर्ड डिभिजनका उपनिर्देशक कुम अ यीसँग क्यानका अधिकारीहरूको नियमित सम्पर्क भइरहेको छ । गत साउन ११ मा क्यानका फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख श्रेष्ठलाई सम्बोधन गरी अ यीले लेखेको पत्रमा असोज १६–२० मा कोरियन टोली साइट निरीक्षणमा आउने उल्लेख छ । यसका लागि व्यवस्थापन गर्न क्यानलाई अनुरोध गरिएको छ ।

कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयले श्रेष्ठलाई नै सम्बोधन गर्दै गत असोज ४ मा लेखेको अर्को पत्रमा साइट निरीक्षणका लागि ध्यानाकर्षण गराउँदै भनिएको छ,‘ नेपाल इयूको हवाई सुरक्षा सूचीमा परेको छ, त्यसको कारण के थियो र कस्तो कार्ययोजना बनाइएको थियो भन्ने कुरा हामीलाई नेपाली टोलीले स्पष्ट पार्नुपर्छ ।’

पत्रमा भनिएको छ, ‘लेखापरीक्षण टोलीले कोरियामा उडान सेवाको लागि निगमको तयारी हेर्ने छ, र यस समयमा, हामी निगम सञ्चालनको सुपरिवेक्षण कसरी गर्न सक्छौँ भनेर पनि हेर्नेछौँ ।’

असोज ८ मा पत्रको जवाफ फर्काउँदै श्रेष्ठले ‘म तपाईंलाई जानकारी गराउन चाहन्छु कि क्यान नेपालले त्यहाँको अडिट टिमको कुनै पनि मूल्याङ्कन वा लेखा परीक्षणका गतिविधिलाई समर्थन गर्नेछ’ भनेका छन् । सार्वभौम मुलुक नेपालले कुनै पनि प्राधिकरणबाट कुनै लेखापरीक्षण नगर्ने पत्रमा उल्लेख छ ।

त्यसपछि कोरियाको फ्लाइट स्ट्याण्डर्ड डिभिजनका सहायक निर्देशक सङजुले कोरियास्थित नेपाली दूतावासका मिसन उपप्रमुख पुष्पराज भट्टराईलाई सम्बोधन गरेर अर्को पत्र लेखेका छन् । आफ्नो कार्यालयले नेपाल एयरलाइन्सको अनसाइट लेखापरीक्षण गर्ने तयारी गरेको र यसका लागि एयर अपरेटर प्रमाणपत्र (एओसी) जारी गर्ने भन्ने ब्यहोरा पत्रमा छ ।

प्राधिकरण र निगम दोहोरी
क्यानका प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलाले कोरियाले सार्वभौम मुलुक नेपालको हवाई संस्था क्यानलगायतको अडिट गर्ने विषयमा सहमत हुन नसकिएको बताए ।

‘कोरिया र नेपालबिच हवाई सम्झौता छ । कोरिया र नेपाल दुवै सार्वभौम मुलुक हो । हामीले बिना रोकतोक उसको जहाज नेपाल ल्याउन दिएका छौ’ उनले रातोपाटीसँग भने, ‘हाम्रो जहाज उता लैजान्छु भन्दा अडिट गर्छु भन्छ । त्यो मिल्दैन भनेर हामीले जवाफ दिइसकेका छौँ । बाँकी निगमसँगै बुझ्नुहोला ।’

निगमका प्रवक्ता एवं उपनिर्देशक रमेश पौडेल कोरियन सरकारसँग समन्वय भइरहेको बताउँछन् ।

‘उनीहरू साइट निरीक्षणका लागि आउने भनेका थिए, हामीले आऊ भनेका थियौँ । आएका छैनन् । हामी समन्वय गरिरहेका छौँ’ उनले रातोपाटीसँग भने ।

यस्तो छ कोरियाका लागि नेपाली राजदूत प्रा.डा ज्योति प्याकुरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गत असोजमा लखेको पत्र । 𝐯𝐢𝐚:𝐫𝐚𝐭𝐨𝐩𝐚𝐭𝐢

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×