Advertisement
Advertisement

Breaking News

सुदुरपश्चिम समाज बुसान द. कोरीयाले छुसकमा कार्यक्रम गर्ने

सुदुरपश्चिम समाज बुसान द. कोरीयाले छुसकमा कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यस वर्षको कोेरीयन महान चाड छुसकको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले आउदै गरेको कोरीयाली महान चाड छुसकको अवसर पारेर, कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १६ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो। सुदूरपश्चिमका ९ वटै जिल्लामा अवस्थित वाल आश्रममा अश्रित वालवालिकाको शैक्षिक जिवनस्तरमा केही राहत होस र बिदेशको सधै काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस भन्ने मुल उद्देस्यले उक्त कार्यक्रम गर्न लागिएको कुरा संस्थाका महासचिव प्रेम सिं विष्टले विशाल आवाजलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा नेपालका चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारल...
डिफेन्डिङ च्यम्पियन बागलुङ लाई हराउदै थेसो एनसीसी भलिबल कप चुम्न सफल,फोटो फिचर सहित

डिफेन्डिङ च्यम्पियन बागलुङ लाई हराउदै थेसो एनसीसी भलिबल कप चुम्न सफल,फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधि थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधि जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई  १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेकाे हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछि उपबिजेतामा चित्त बुझाए ।  ‘ए’ पोलबाट लगातार जित निकाल्दै फाइनलमा ‘बि’ पोलका विजेता बागलुङसँग भेट भएको हो । विजेताले नगद २५ लाख कोरियन वन र उपबिजेताले १५ लाख कोरियन वनसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।  प्रतियोगिताको सान्त्वना गुल्मी भलिबल क्लब र ताप्लेजुङ भलिबल क्लब भएका छन् । सान्त्वनाले नगद पाँच(पाँच लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।  एनसीसी रनिङ ...
सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने

Breaking News, जानकारी, भर्खरै
जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग स...
मोक्पो साम्हो साझा‌ चौतारिको‌ सातौं अधिवेशन सम्पन्न

मोक्पो साम्हो साझा‌ चौतारिको‌ सातौं अधिवेशन सम्पन्न

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज/दक्षिण कोरिया: “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” मोक्पो साम्हो साझा‌ चौतारि नेपाल दक्षिण कोरियाको सातौं अधिवेशन आइतबारका दिन हुन्डाइ साम्हो पार्कमा सम्पन्न भएको छ। मोक्पो साम्हो साझा‌ चौतारिको‌ सम्पन्न सातौं अधिवेशन वाट रिक्कि गुरुङको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी, उपाध्यक्षमा सौगात रावल, सन्देश इजम लिम्बु यसैगरी महासचिवमा नवीन गैरे, सचिवमा कुशल गुरागाईं, सहसचिवमा टेकेन्द्र चेम्जोङ, कोषाध्यक्षमा सन्जु तामाङ र सदस्यहरूमा निशान्त आङदेम्बे लिम्बु,गोविन्द शाही, नवीन थापा मगर,विजय घिसिङ मनसुन खड्का, किरण रोकाया, कमल पौडेल, निशान राई ,प्रविण नेङ्बाङ, विश्वास सापकोटा, सुजन अर्याल, नुइन्द्र राई,भीम थापा मगर, अशोक भट्टराई चयन भएका छन्। सन् २०१३ सालमा दुई तीनजना साथीहरू कुरै कुरामा संस्था खोल्नुपर्छ कि भनेर स्थ...
गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै
गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ । ‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/embed/FNAdn7TKggA?si=ufM1MFGt--7bxZuI...
श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
भक्तपुर: भक्तपुर स्थित टिबुक्छे,चासुखेल वडा नं ५ स्थित श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मान पत्र वितरण कार्यक्रम शनिबारका दिन सूर्यविनायकमा सम्पन्न भएको छ। “संस्कृति जगेर्नाका लागि एक व्यक्ति एक कला” भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापित श्री एकान्त कुमारी संस्कृति खल: को उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा विशेष अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा दोस्रो आधुनिक बासुरी बाजा प्रशिक्षण बाट दीक्षित व्यक्तिहरूलाई सम्मानपत्र समेत वितरण गरेको थियो। संस्कृति खल को २८औं साधारण सभा तथा दशौं अधिवेशनबाट राधेश्याम माकको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन भएको छ। अध्यक्षमा राधेश्याम माक चयन गर्...
मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन २३ तारिखका दिन जोङ्गाक‌ स्थित जोगेसाको हलमा मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो प्रदर्शन हुने भएको छ ।   ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको ‌हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले वताउनुभयो । अनलाइन टिकट बुकिङ खुल्ला: ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट...
सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

सरकारले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रा•डा प्याकुरेल सहित सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो । मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...
हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिकाको महिला कार्य समिति गठन

हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिकाको महिला कार्य समिति गठन

Breaking News, जानकारी, भर्खरै
हिन्दू परिषद नेपाल द्वारा प्रसौनी गाउँ पालिका का अध्यक्ष अरबिन्द कुमारको विशेष पहलमा २१ सदस्यीय महिला कार्य समिति गठन एवम् बिस्तार भएको छ । आज २०८१ ज्येष्ठ २३ गते हिन्दू परिषद नेपाल परसौनी गांव पालिका का महिला कार्य समिति गठन एवम् बिस्तार जसमा हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संजय कुमार सर्राफ ज्यू को प्रमुख आतिथ्यमा तथा केन्द्रिय उपाध्यक्ष सुरेश साह कानू , कोषाध्यक्ष बन्दना शर्मा, सदस्य पंडित सचिता नन्द दुबे, अजिता देवि पटेल, पर्सा जिल्ला महिला कमिटिका अध्यक्ष संगीता गुप्ता, वरिष्ठ उपाध्यक्ष किरण रौनियार उपाध्यक्ष चन्दनी शर्मा सचिव गुड़ी कुमारी साह, स सचिव रुपसिला ज्यू तथा परसौनी गांव पालिका का अध्यक्ष अरविन्द कुमार मदनवाल एवम् पदाधिकारी तथा सदस्य ज्यूको उपस्थितीमा परसौनी गांव पालिका महिला कार्य समिति गठन गरियो l जसको अध्यक्ष रेनु गुप्ता, उपाध्यक्ष पूजा गुप्ता , शान्ति देवी, ...
किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा छुसकको अवसरमा 추석 Celebration Events डाण्स Party गर्ने

Breaking News, जानकारी, भर्खरै
यूहाङ चाम्स/द.कोरिया-:
 कोरियन नागरिकहरुको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेका नेपालीहरुको बिभिन्न संघ सस्थाले नेपालको ख्यातिप्राप्त राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्नै होडबाजी चलिरहँदा यसै मौकाको अवसरमा यहि मिती- 15 September-2024 सउलको 서울 동대문 को आसपासमा 추석 Celebration Events डाण्स Party किरात प्रगतिशील समाज द.कोरिया /KPS-FC द्वारा नेपालको चर्चित लेडिज DJ साथै कोरियामा रहनु भएका नेपालका ख्याति प्राप्त कलाकारको साथ कार्यक्रम गर्ने भएको छ ! कोरियाको प्रमुख चाड मध्य छुसक बिशेष भएकाले यसै चाडको अवसरमा कोरियावासी नेपालीहरुलाई मनोरञ्जन होस भन्ने उद्देश्यका साथै कोरियामा रहेका सम्पूर्ण फुटबल खेलाडीहरुलाई समेट्दे भोलीका दिनमा KIRAT P-FC एकेडेमीले अस्ट्रेलियन नेपाली क्ल्वले जस्तै नेपालको प्रतिभाशाली खेलाडीहरूलाई अवसर दिने कार्य योजनाको साथै कोरियावासी नेपालीमा आई पर्ने बिभिन्न आपत विप...