विशाल आवाज:संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रका लागि तरेली संगीत कुञ्जको प्रस्तुतिमा रेशम सापकोटा र स्नेहा क्षेत्रीको स्वरमा रहेको "आत्मदाह" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।
एकदमै गहन बिषयमा उत्थान भएको न्यायको खोजीमा तड्पिएका आत्माहरूको कारुणिक क्रन्दनको रुपमा रेशम सापकोटाको शब्द, संगीत र निर्देशनमा स्नेहा क्षेत्री र रेशम सापकोटाकै को सुमधुर श्वरमा रेकर्डिङ भएको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् । स्नेहा र रेशमलाई ग्रुप भोकलमा राजन पौडेल,यमन माझी, रुपी सिन्जाली, प्रेमा रानाले साथ दिएका छन्।
1DB रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट बिमल चिनाल र विनोद परियारले रेकर्ड गरेको “आत्मदाह” गितको मिक्सिङ HBN KISMAT ले गरेका हुन् भने अडियो भिडियो तरेली संगीतकुञ्जले बनाएको हो।
भगवान भण्डारी, सीता सुनुवार, आकाश कुँवर, सरिता धनकुटी, रोहित लामा, अनुप अर्याल, धनकुमारी मगर, पुनम सुन...
२७ चैत्र २०८०, मंगलवार १३:३९२७ चैत्र २०८०, मंगलवार १३:३९२७ चैत्र २०८०, मंगलवार १३:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको ओन्याङ ओन्छन् सहरको 중남 아산시 온천대로 1538 아산 시내 파크 5 충 मा रहेको कोरियाकै एक सुविधा सम्पन्न CGV हलमा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।
नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर आपतकालीन राहतकोष स्थापना सहयोगार्थ धनकुटा सेवा समाज दक्षिण कोरिया द्वारा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न हलमै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको अध्यक्ष परदेश राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङको लागि परदेश राई 01049994184,कुमार भट्टराई 01021185295,01072514184,थर्क लि...
२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको जिन्छन्को बस टर्मिनल नजिकको कोरियाकै एक सुविधा सम्पन्न हल मेगाबक्समा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।
नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको सहकार्यमा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न मेगाबक्समै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको तेज गुरुङले बताएको छ।
छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्...
२६ चैत्र २०८०, सोमबार १३:५७२६ चैत्र २०८०, सोमबार १३:५७२६ चैत्र २०८०, सोमबार १३:५७ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउतको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख हामी नेपाली ग्लोबल,युएइले बृहत सांस्कृतिक कार्यक्रम गर्नुभएको छ।
विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०२१ सालको पाउन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकार आस्था राउतको साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्चालन निर्मला गोले, रमेश छितिज,शंकर श्रेष्ठ,सन्ध्या सुस्केराल...
२५ चैत्र २०८०, आईतवार १३:४४२५ चैत्र २०८०, आईतवार १३:४४२५ चैत्र २०८०, आईतवार १३:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय कमिटीको अप्रिल ७ तारिक आइतबार दोङ्देमुन स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा सम्पन्न तेश्रो अधिबेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
सउल क्षेत्रीय अध्यक्ष केदार निरौलाको सभापतित्वमा कोरियाको केन्द्रीय अध्यक्ष इश्वर कठायतको प्रमुख आतिथ्यतामा सम्पन तेश्रो अधिवेशनवाट हर्क हाङसारुम्बाको नेतृत्वमा १५ सदस्यिय कार्यसमिती चयन गरिएको छ।नया कार्यसमितिको उपाध्यक्षमा दिपेश कार्की, रोशन बम ठकुरी, सचिवमा सागर राई, कोषाध्यक्षमा राधा घिमिरे यसैगरी सदस्यहरूमा सबिना अधिकारी, प्रकाश आचार्य, गिरबहादुर बुढामगर, बेगम खड्का, एलोन खड्का रणबहादुर राउत, गोविन्द कटुवाल, पूर्ण थापा, डबल सुब्बा, नवीन रेग्मी चयन भएको छ।
दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्...
२४ चैत्र २०८०, शनिबार १२:०२२४ चैत्र २०८०, शनिबार १२:०२२४ चैत्र २०८०, शनिबार १२:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया ‘सउल’क्षेत्रीय तेश्रो अधिबेशन भोलि अर्थात् अप्रिल ७ तारिख आइतबार का दिन दोङ्देमुन स्थित नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा दिउसो १२ बजे हुने भएको छ।
दक्षिण कोरियामा रहेको जनप्रगतिशील मञ्च को शाखा हरु मध्य ३ ओटा साखाको अधिबेशन सफलताका साथ सम्पन्न भइसकेको छ। नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया केन्द्र लगायत सवै शाखा हरुले कोरियामा रहेको प्रगतिशील विचार बोकेका अथवा माओवादीमा आस्थावान ब्यक्तिहरुलाई एकताबद्ध गोलबद्ध गर्दै कोरियामा भएको नेपाली समाजहरूसँग हातेमालो गर्दै हरेक सामाजिक क्रियाकलापमा अगाडि बढ्ने वाचा सहित अघि वढिरहेको छ।
अप्रिल ७ तारिखमा हुन गैरहेको नेपाली जनप्रगतिशिल मन्च (सउल ) तेस्रो क्षेत्रीय अधिवेशनमा प्रगतिशील बिचार र आस्था भएको जनयुद्द र माओवादिको इतिहासलाई सम्मान गर्...
२४ चैत्र २०८०, शनिबार ११:४६२४ चैत्र २०८०, शनिबार ११:४६२४ चैत्र २०८०, शनिबार ११:४६ by विशाल श्रेष्ठNo Comments
नेपाली नयाँ बर्ष २०८१ को अवसर पारी दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
वैशाख १ अर्थात् अप्रिल १३ तारिख शनिबार बेलुका ७ बजेदेखि कार्यक्रम नमस्ते नेपाल रेष्टुरेण्टमा कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन् । गायकहरू सिमोन जिएम, एरिक लिम्बु, अर्जुन सुब्बा, हेमन्त गुरुङ र र्यापर प्रकाश अर्थात् माइदेवले आफ्नो प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा विभिन्न नेपाली परिकारहरूको स्वाद समेत लिन सकिन्छ । नमस्ते नेपाल रेष्टुरेण्ट केही समय अगाडिदेखि छाङ्वनमा संचालनमा रहेको छ।...
२४ चैत्र २०८०, शनिबार ०६:२५२४ चैत्र २०८०, शनिबार ०६:२५२४ चैत्र २०८०, शनिबार ०६:२५ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित गण्डकी प्रदेश समाजले आउँदो मे १२ मा मैत्रीपूर्ण "गण्डकी कप भलिबल प्रतियोगिता २०२४" आयोजना गर्ने भएको छ । समाजले "स्वास्थ्यका लागि खेल, सद्भाव र समन्वयको मेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा आयोजना गरिएको समाजका अध्यक्ष प्रविण गिरीले बताए ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना दुई टिमलाई जनही ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयोजक श्रवण श्रेष्ठले जानकारी...
२३ चैत्र २०८०, शुक्रबार ०६:३१२३ चैत्र २०८०, शुक्रबार ०६:३१२३ चैत्र २०८०, शुक्रबार ०६:३१ by विशाल श्रेष्ठNo Comments
फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा दश करोड पन्ध्र लाख ग्रस कलेक्सन गरेको छ । पहिलोसाता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो ।
दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मले सम्पूर्ण परिवारलाई दर्शक बनाएर हलसम्म ल्याउन सफल भएको बताए ।
फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ । उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो । दर्शकलाई सन्त...
२१ चैत्र २०८०, बुधबार १३:२३२१ चैत्र २०८०, बुधबार १३:२३२१ चैत्र २०८०, बुधबार १३:२३ by विशाल श्रेष्ठNo Comments
नयाँ वर्ष २०८१ को अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको नोकझोंकपूर्ण प्रेम देख्न सकिन्छ । फिल्मले अन्तरजातीय प्रेमकथालाई पनि उठाएको संकेत गीतले गर्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई स्लोगन बनाइएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ ।
फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्...