तस्बिरको बायाँपट्टी हुनुहुन्छ - दिनेश बुढाथोकी । गणितमा बिएड सकेर २०७२ सालमा कोरियातर्फ लाग्नुभयो । करिब ५ वर्षको कोरिया बसाइपछि २०७७ सालमा नेपाल फर्किनुभयो र शिक्षक सेवा आयोगको तयारीमा लाग्नुभयो । २०७९ सालमा पहिलो प्रयासमै मोरङबाट प्राथमिक तृतीयमा सिफारिस हुनुभयो । हालै गत महिना माध्यमिक तह तृतीय तह गणित विषयमा कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस हुनुभएको छ ।
उहाँको श्रीमती बबिता पराजुली पनि मोरङको बिराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।...
५ माघ २०८०, शुक्रबार ०२:३६५ माघ २०८०, शुक्रबार ०२:३६५ माघ २०८०, शुक्रबार ०२:३६ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ । गीतमा स्वर इन्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन् । गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए । ‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।’कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन् । सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ । विशाल गुरुङको निर्देशन रहेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय छ ।
https://www.youtube.com/watch?v=QcGwev3V_a4...
४ माघ २०८०, बिहीबार १३:१०४ माघ २०८०, बिहीबार १३:१०४ माघ २०८०, बिहीबार १३:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८०(थारु सम्बत् २६४७) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम साथै चौथो अधिवेशन फेब्रुअरी १० तारिकका दिन सउलमा गर्ने भएको छ।
“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले नेपालको चर्चित लोकप्रिय कलाकार अनु चौधरी, समीक्षा चौधरी, राज कुश्मिको संगै स्थानिय कलाकारहरु आरती चौधरी,रेश्मा चौधरी,अनील चौधरी,मसुर लाल चौधरी, चौधरी बाबा, राजेश चौधरी साथमा माघी पर्व २०८० भब्यताका साथ मनाउने भएको हो। फेब्रुअरी १० तारिख 서울 뉴성라이 온스 클럽 서울특별시 성북구 도조문로20 나길47 Seoul metro line no4 성신 여대입구역 Gate no.1 मा हुने कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू खान समेत पाइने आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थाप...
४ माघ २०८०, बिहीबार ०६:५२४ माघ २०८०, बिहीबार ०६:५२४ माघ २०८०, बिहीबार ०६:५२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले विगत केही महिना देखी प्रत्यक हप्ता सन्चालन गर्दै आइरहेको 𝐒𝐎𝐍𝐒𝐈𝐊 𝐎𝐏𝐄𝐍 𝐅𝐎𝐑𝐔𝐌 नामक कार्यक्रममा यो हप्ता शनिबार जनवरी 20 तारिक कोरियन समय 8 बजेको लागी VISA सम्बन्धि बिशेष एपिसोड 𝐥𝐢𝐯𝐞 अन एयर हुने भएको छ।
भिसा सम्बन्धि जानकार ब्यक्ति Visa in Korea का संचालक 행정사 - 외국어번역 행정사 अथवा चर्चित कोरियन प्रशासक Mr. Jang Man Ik 장만익 का साथमा हुने उक्त भिसा सम्बन्धि संवादमा आफुलाइ बुझ्न मन लागेको कुनै बिषय छ भने 𝐬𝐨𝐧𝐬𝐢𝐤 ले अहिले नै doc.sonsik@gmail.com मा ईमेल गरि पठाईदिनु हुन् अनुरोध समेत गरेको छ। 𝐒𝐨𝐧𝐬𝐢𝐤 ले यहा हरुकै प्रश्न बमोजिमको जानकारी मुलक एपिसोडको तयारी गरिरहेको छ।
दक्षिण कोरियामा रहेका विद्यार्थीहरू Graduation पछि अरु कुन-कुन भिसामा कसरी जान सक्छन्? D-2 / D-4 / D-10 / F-2 आदि visa का बारेमा केही ब...
४ माघ २०८०, बिहीबार ०५:३१४ माघ २०८०, बिहीबार ०५:३१४ माघ २०८०, बिहीबार ०५:३१ by विशाल श्रेष्ठNo Comments
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन ११ वजे ऐतिहासिक दोस्रो अधिबेशन तोङदेमुन तीन नंबर गेट नजिकै रहेको निक ट्राभल को सभाहलमा हुने भएको छ।
अधिबेशन मा वक्ता हरुको रूपमा भर्चुअल लाइभ मार्फत जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजी शेर्पा ,पहिचानवादि प्रखर बिस्लेशक तथा सामन नेपालको संयोजक बुद्ध छिरिङ मोक्तान, नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुती को उपस्थिति रहने (जसपा)नेपाली समाजको अध्यक्ष पिएन शेर्पाले जानकारी दिनु भयो।बक्ता हरूले नेपालको मुलभुत अन्तरद्वन्द ,पहिचान को आन्दोलन र चुनौति बारे बिचार व्यक्त गर्नु आयोजकले जनाएको छ।
राष्ट्रिय स्वाधिनता भौगोलिक अखन्डताको रक्षा गर्दै हिमाल पहाड मधेस बहुराष्...
३ माघ २०८०, बुधबार ११:०२३ माघ २०८०, बुधबार ११:०२३ माघ २०८०, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज मल्टिमिडिया प्राइभेट लिमिटेड ले दक्षिण कोरिया प्रदर्शन अधिकार पाएको चलचित्र “दिमाग खराब” सो बाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नं ९ मा लगभग साडे पाच लाखको राहत सामग्री वितरण गरिएको छ।
निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ कोरियाको विभिन्न चार सहरहरुमा आयोजक हरुले भुकम्प पिडित सहयोगार्थ प्रदर्शन गरिएको थियो।DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार एकमुष्ट जम्मा गरि सो रकमको कात्तिक १७ गते जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्प बाट प्रभावित बारेकोट गाउँपालिका वार्ड नं ९ का करिब ३०५ घर परिवार लाइ १/१ थान बाक्लो कम्बल राहत स्वरुप बितर...
३ माघ २०८०, बुधबार ०९:५४३ माघ २०८०, बुधबार ०९:५४३ माघ २०८०, बुधबार ०९:५४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा Mrs.नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका क...
२ माघ २०८०, मंगलवार ०६:५४२ माघ २०८०, मंगलवार ०६:५४२ माघ २०८०, मंगलवार ०६:५४ by विशाल श्रेष्ठNo Comments
पछिल्लो समयको सफल फिल्म ‘जात्रा’ 'जात्रै जात्रा’ पछी तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर OSR को युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् ।
एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् ।
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । र...
१ माघ २०८०, सोमबार १४:२३१ माघ २०८०, सोमबार १४:२३१ माघ २०८०, सोमबार १४:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा भेटघाट तथा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने आयोजकले जनाएको छ।
दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारीको विषयमा जानकारी दिनको लागि गण्डकी प्रदेश समाजले आयोजना गरेको भेटघाट तथा पत्रकार सम्मेलनमा आफ्नो कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको र कार्यक्रम हुनु अगाडिनै आर्थिक रुपमा सुरक्षित भैसकेको कारण आयोजकको बाकि ध्या...
१ माघ २०८०, सोमबार ०९:१११ माघ २०८०, सोमबार ०९:१११ माघ २०८०, सोमबार ०९:११ by विशाल श्रेष्ठNo Comments
जनता समाजवादी पार्टी नेपाल प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउदो सलनालको अवसर पारेर फेब्रुअरी १२ तारिखका दिन अधिबेशन गर्ने भएको छ।
अधिबेशन मा जसपा नेपालको केन्द्रीय सल्लाहकार अमेरिका मिचेल युनिभर्सिटी को प्रोफेसर महेन्द्र लावति तथा जसपा नेपाल राजनीति समिति सदस्य तथा प्रवास ईन्चार्ज आङकाजि शेर्पा र नेपाल बैज्ञानिक समाजवादि पार्टी संयोजक आहुति को उपस्थिति रहने आयोजकले जनाएको छ।
दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण राष्ट्र प्रेमि प्रगतिशील, न्याय प्रेमि, जनसमुदायलाई गरिमामय उपस्थिति भएर अधिवेशन लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।...